काठमाडौं : चिकित्सा शिक्षा आयोगको निर्देशक पद नियुक्तिका लागि चार जनाकाे नाम सिफारिस भएकाे छ । सिफारिसमा पर्नेहरूमा प्राडा. गुरुप्रसाद खनाल, प्राडा. सुजनबाबु मरहट्टा, प्राडा. सुदीप आचार्य र डा. सरला श्रेष्ठ रहेका छन्। नाम सिफारिस गर्न गठित समितिले चार जनाको नाम सिफारिस गरेको हाे। चिकित्सा शिक्षा आयोगमा निर्देशकका ४ पद रिक्त छन्। साेही पदका लागि नाम सिफारिस भएकाे हाे । २० जनाले आवेदन दिएकाेमा प्रारम्भिक छनोमा १२ जना परेका थिए । मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी ३ वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्त हुन लागेकाे हाे…
Aricle Tech
नयाँदिल्ली : भारतको दक्षिणी राज्य तमिलनाडुमा विषादी मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको अधिकारीहरूले शुक्रबार बताएका छन् । तमिलनाडुको राजधानी चेन्नाईबाट २४४ किलोमिटर दक्षिणपश्चिममा रहेको कल्लाकुरिची सहरबाट मृत्यु हुनेको रिपोर्ट आएको छ । मंगलबार साँझ फोहोर मदिरा सेवनबाट बिरामी भएर अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ । भारतको सरकारी प्रसारक अल इन्डिया रेडियोले मदिरा त्रासदीमा पक्राउ परेका चारै जनालाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाइएको जनाएको छ ।
काठमाडौं : सरकारले यस वर्ष डेंगु बढ्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस वर्ष सरदरभन्दा बढी वर्षा हुने भएकाले लामखुट्टेको प्रजनन्का लागि अनुकूल वातावरण बन्ने र संक्रमित संख्या बढ्न सक्ने बताएको हो । ‘जल तथा मौसम विज्ञान विभागले यस वर्ष नेपालमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको छ,’ मन्त्रालय प्रवक्ता डा. प्रकाश बुढाथोकीले जारीको गरेको विज्ञप्तिमा भनिएको छ, ‘मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र सङ्क्रमितको संख्यामा समेत बढोत्तरी हुन सक्ने देखिन्छ ।’ गत ६ महिनामा ७२ वटा जिल्लाबाट १२४१ जना डेंगु संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । डेंगु रोगबाट बच्ने…
तनहुँ : संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई रु २८ लाख बराबरका दुई थान हेमोडायलाइसिस मेसिन प्रदान गरेको छ । कम्पनीका जनसम्पर्क प्रमुख अन्जन दवाडीले दमौली अस्पतालका प्रमुख डा परिवर्तन बराललाई शनिबार ती मेसिन हस्तान्तरण गरे । अस्पतालमा हाल दश वटा डायलाइसिस मेसिन छन् । अस्पतालले दैनिक आठ वटा मेसिन सञ्चालन गरेर ५६ जना मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा प्रवाह गरिरहेको डा बरालले जानकारी दिए । एउटा मेसिनबाट दैनिक तीन जना बिरामीको सेवा भइरहेको छ ।
काठमाडाैं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कार्वाइड प्रयोग गरेका फलफूल खरिद बिक्री नगर्न आग्रह गरेको छ । खाद्य नियमावलीले कार्वाइड अर्थात् एसिटिलिन ग्यासको प्रयोग गरी कृत्रिम रूपमा फलफूल पकाउन तथा बिक्री वितरण गर्न निषेध गरेको विभागकी महानिर्देशक डाक्टर मतिना जोशी वैद्यले जानकारी दिइन् । विभागले आँप, केरालगायत फलफूल खरिद गर्दा कार्टुन वा क्रेटमा कार्वाइड केमिकल राखिएको देखिएमा विभाग वा मातहतका कार्यालयमा जानकारी गराउन अनुरोधसमेत गरेको छ । मौसमी फलफूलको सिजनमा कार्वाइडको प्रयोग धेरै हुने भएकोले त्यसलाई रोक्न अनुगमनलाई तीव्रता दिइएको महानिर्देशक डाक्टर जोशीले बताइन् ।
काठमाडौँ : सुदर्शन देवकोटा स्मृति चौथो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट नेपाली हेल्थ डटकमका सम्पादक रामप्रसाद न्यौपाने पुरस्कृत भएका छन् । स्वास्थ्य पत्रकारिताका माध्यमबाट उलेख्य योगदान पु¥याएको भन्दै न्यौपानेलाई सो पुरस्कार प्रदान गरिएको हो । बरिष्ठ पत्रकार स्वर्गीय सुदर्शन देवकोटाको स्मृतिमा खोलिएको शारदा सुदर्शन देवकोटा फाउन्डेशन र स्वास्थ्य पत्रकार मञ्च नेपालको सहकार्यमा स्थापित पुरस्कार सो पुरस्कारको राशी ३३ हजार ३३३ रुपैयाँ साथै सम्मान पत्र रहेको छ । काठमाडौँमा आज आयोजित विशेष समारोहमा न्यौपानेलाई कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्की, फाउण्डेशनका अध्यक्ष डा. सुधा देवकोटा र मञ्चका अध्यक्ष सरोज ढुंगेलले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए । सो अवसरमा बोल्दै कोशीका पूर्व…
तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । च्याउ खाएर बिरामी गुरुङको चितवनस्थित अस्पतालमा उपचार भइरहेको अवस्थामा शुक्रबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । यही असार १ गते ५४ वर्षीय डिलबहादुर गुरुङले घर नजिकको जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ५८ वर्षीया पम्फी गुरुङ बिरामी भएका थिए । अन्य चार जनाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
जानकी : पश्चिम नेपालका तीन प्रदेशको स्वास्थ्य केन्द्रका रूपमा परिचित बाँकेको रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको छ । अत्यधिक गर्मीका कारण रक्तदान हुनेक्रम घटेपछि रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले बताए । गर्मीकै कारण बिरामी थपिँदा रगतको माग पनि बढ्दै र रक्तदान कम भएकाले रगत पुर्याउनै समस्या भइरहेको उनले बताए । “रक्तसञ्चार केन्द्रमा विभिन्नरुपका एक सय ५० पिन्टको हाराहारीमा मात्रै रगत मौज्दात छ”, उनले भने, “खासगरी चाडपर्व र अत्यधिक गर्मीका बेला रक्तदानमा हुने कमीले माग र आपूर्तिको सन्तुलन बिग्रने गर्दछ ।” रक्तसञ्चार केन्द्रका प्रमुख रेग्मीका अनुसार रक्तदानका भरमा रहेको ब्लड बैंकमा मागअनुसार रगत…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघ मातहतका अस्पताल तथा निकायहरूको कर्मचारी विवरण खोज्न थालेको छ । मन्त्रालयले बिहीबार पत्राचार गर्दै दरबन्दीअनुसार कर्मचारी रिक्त भएको वा बढी भएको तथा फाजिलमा रहेका समेतको विवरण तीन दिनभित्र पठाउन निर्देशन दिएको हाे । स्वास्थ्यमा ठूलो संख्यामा कर्मचारी फाजिल तथा अस्पतालहरूमा कर्मचारीको अभाव देखिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटक–पटक कर्मचारी विवरण माग गर्दै आएको छ ।
काठमाडौं : भारतीय दूतावासले नेपालका विभिन्न शहरमा योग उत्सव मनाएको छ । १०औं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा दूतावासले काठमाडौंसहित पोखरा, लुम्बिनी, जनकपुर र वीरगंजलगायत नेपालका १० शहरमा शृंखलाबद्ध कार्यक्रमगरी योगाभ्याससहित योग उत्सव मनाएको हो । यस वर्षको नारा ‘स्वयम् र समाजका लागि योग’ भन्ने विषय अनुरूप दूतावासले मुख्य कार्यक्रमअगावै देशका विभिन्न ठाउँमा योगाभ्यासको आयोजना गरेको थियो । पोखरा रंगशालामा शुक्रबार एकसाथ ५ हजार जनाले योग गरेका छन् । पोखरा रङ्गशालामा आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भारतीय राजदूत नवीन श्रीवास्तव र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायत सहभागी थिए । दूतावासका अनुसार जेठ २५ गते काठमाडौंको पशुपतिनाथ मन्दिरमा योग…

