डडेल्धुरा : डडेल्धुरा सदरमुकामस्थित अमरगढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ ।बुधबार एक समारोहकाबीच ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराका साथ जिल्लाको अमरगढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो । जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक गगनसिंह भण्डारीले औपचारिक समारोहका बीच अमरगढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन् । जिल्ला समन्वय समिती डडेल्धुराका प्रमुख भण्डारीले कार्यक्रममा अमरगढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र नगर प्रमुख डिल्लीराज जोशीलाई हस्तान्तरण गरेका थिए । २०८० चैत महिनादेखि ०८१ जेठ महिनाभित्र जन्मेदेखि १५ महिना र १६ देखि…
Aricle Tech
वीरगञ्ज : वीरगञ्ज महानगर क्षेत्रमा एकजना कालाजार र सातजना डेंगुका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा मुक्तिनारायण साहले वीरगञ्ज महानगर–९ रानीघाटमा बसोबास गर्दै आएकी एकजना महिलामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौँमा परीक्षणका क्रममा कालाजारको लक्षण देखिएको बताए । “कालाजार देखिएको बिरामीको टेकुमा उपचार भइसकेको छ”, उनले भने, “कालागारको लक्षण देखिएको महिला वीरगञ्जमा बसोबास गरेकाले पनि सो क्षेत्रमा कालाजारको बिरामी हुनसक्ने भन्दै स्वास्थ्य स्वयंसेविकालाई सचेत गराउन अनुरोध गरेका छौँ ।” उनले लामो समयसम्म ज्वरो आइरहेका शङ्कास्पद बिरामीलाई परीक्षणका लागि अनुरोधसमेत गरे । यसैगरी पर्सामा पछिल्लो तीन महिनामा यहाँका नौजनामा डेङ्गी भेटिएको बताए । पछिल्लो तीन…
बागलुङ : जिल्लाको बरेङ गाउँपालिका घरमा सुत्केरी शून्य गाउँपालिका घोषणा भएको छ । बितेको एक वर्षमा कोही पनि गर्भवती घरमा सुत्केरी भएका छैनन् । घरमै सुत्केरी हुने परम्परा हटाउन पालिकाले सुरक्षित र भरपर्दो अवस्थामा सुत्केरी हुन स्वास्थ्य संस्थामै जानुपर्ने कार्यक्रम सञ्चालन गरेर घरमा सुत्केरी शून्य गाउँपालिका घोषणा गरिएको हो । बुधबार एक कार्यक्रमबीच गाउँपालिकाले घरमा सुत्केरी हुने र खोप नलगाएका बालबालिका नरहेको घोषणा गरेको हो । गाउँपालिकालाई घरमा शून्य सुत्केरी र पूर्ण खोप सुनिश्चितता एकै पटक घोषणा गरिएको अध्यक्ष कृष्णप्रसाद शर्माले बताए। परम्परागत रूपमा सुत्केरी हुँदा आमा र शिशु दुवै जोखिममा पर्ने हुँदा सुरक्षित र भरपर्दो अवस्थामा सुत्केरी हुन स्वास्थ्य…
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले कुनै पनि दातृ निकायको सहयोग लिनु नपर्ने गरी स्वास्थ्य मन्त्रालयलाई आत्मनिर्भर बनाउने बताएका छन् । बुधवार लागु औषध ओसारपसार बिरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विदेशी दिन्छन् र काम गर्छु भन्ने आसमा स्वास्थ्य मन्त्रालय नबस्ने भन्दै मन्त्रालयलाई आफूले आजैबाट आत्मनिर्भर बन्ने कार्यविधि बनाउन निर्देशन दिने बताए । उनले नेपालमा बसेर नेपालकै विरोध गर्ने र लगानी गरेन भन्नेजस्ता आरोप नलगाउन विभिन्न सङ्घ संस्थाहरूलाई आग्रह गरे । मन्त्री यादवले एनजिओ, आइएन्जिओको सहयोग नेपालमा रहेको र सरकारले स्वागत पनि गरिरहेको भन्दै नेपाल सरकारले केही गरेन भन्ने…
नयाँ दिल्ली : तेलुगु भाषाको बहुचर्चित फिल्म ‘बाहुबली’मा देवसेनाको भूमिकामा देखिएकी अभिनेत्री अनुष्का शेट्टीलाई हाँसिरहने दुर्लभ रोग लागेको छ । यो रोगमा अभिनेत्री एक पटक हाँस्न थालेपछि १५ देखि २० मिनेटसम्म हाँसिरहन्छिन् ।हालै एक अन्तरवार्तामा अनुष्काले यसको खुलासा गरेकी हुन् । चिकित्सकीय भाषामा यो रोगलाई स्यूडोबुलबार इफेक्ट भनिन्छ । के हो स्यूडोबुलबार इफेक्ट ? यो एकखालको न्यूरोलॉजिकल डिसअर्डर हो । यसमा बिरामीले हाँस्ने, रुने र अन्य भावनालाई कयौँ पटक रोक्नै सक्दैनन् । बिरामीको वास्तविक स्थितिसँग यी भावनाको कुनै सम्बन्ध हुन्न । यसका लक्षणहरू भावनात्मक र मस्तिष्कको कमजोरीसँग सम्बन्धित छन् । त्यसैले यसलाई न्यूरोसाइकियाट्रिक रोग मानिन्छ । उपचार यस्तो हुँदा गहिरो…
कैलाली : कैलालीको केही पालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो गरेका छन् । दरबन्दीभन्दा बाहेकमा कार्यरत स्वास्थ्यकर्मीले नौ महिनादेखि तलब नपाएका हुन् । जानकी गाउँपालिकामा कार्यरत २० जना स्वास्थ्यकर्मी दरबन्दीभन्दा बढी कार्यरत रहेको र ती कर्मचारीका लागि सङ्घीय सरकारबाट उपलब्ध गराउनुपर्ने तलब भत्ताबापतको रकम नआएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्यका कर्मचारीका लागि गाउँपालिकामा रु. एक करोड १४ लाख रकम मात्रै आएको जनाउँदै स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले कर्मचारीको तलब भत्ताका लागि र तीन करोड ४२ लाख आवश्यक पर्ने बताए। “आएको बजेटबाट तीन महिनाको सबै स्वास्थ्यका कर्मचारीले तलब भत्ता बुझेका थियौँ । यसपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलगायत अर्थ मन्त्रालयलाई ताकेता गर्दा…
काठमाडौँ : विशेष अदालतले सर्लाहीको लालबन्दीस्थित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा ५ जनालाई दोषी ठहर गरेको छ । प्रतिष्ठानको नाममा सरकारबाट १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ खर्च भइसक्दासमेत कामको प्रगति शून्य देखिएपछि अख्तियारले मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार र सर्लाहीको लालबन्दी नगरपालिकाका पूर्वप्रमुख मानबहादुर खड्कासहित ७ जनाविरुद्ध २०८० असोज २१ गते मुद्दा दायर गरेको थियो । प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी, सदस्य देवेन्द्र राय र मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला सचिव प्रेमकुमार श्रेष्ठविरुद्ध पनि अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएको थियो। तीमध्ये खड्का र श्रेष्ठले सफाइ पाएका छन्। तत्कालीन…
एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार मदिराबाट बर्सेनि करिब ३० लाख मानिसको मृत्यु हुने गरेको बताएको छ। हालैका वर्षमा मृत्युदरमा थोरैले कमी आए पनि यो ‘अस्वीकार्यरूपमा उच्च’ रहेको संगठनको भनाइ छ । मदिरा र स्वास्थ्यसम्बन्धी राष्ट्रसंघीय स्वास्थ्य एजेन्सीको पछिल्लो प्रतिवेदनमा मदिरा सेवन गरेर सवारी चलाउने, मदिरा–प्रेरित हिंसा र दुर्व्यवहार तथा धेरै रोग र विकारका कारण प्रत्येक वर्ष वैश्विकस्तरमा हुने २० मृत्युमा करिब एकको मृत्यु मदिराका कारण हुने बताइएको छ । उपलब्ध पछिल्लो आँकडाअनुसार सन् २०१९ मा २६ लाख मृत्यु मदिरा सेवनका कारण भएको प्रतिवेदनमा उल्लेख छ। यो सो वर्ष विश्वभरमा भएका सबै मृत्युको चार दशमलव सात प्रतिशत थियो…
काठमाडौं- प्रभु बैंकका कर्मचारीहरुलाई लक्षित गर्दे ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा विशेष छूट दिने सम्झौता भएको छ । एक समारोहका बीच सम्पन्न सम्झौतामा कम्पनीका तर्फबाट बाग्मती प्रदेश-३ का प्रमुख राजु के.सी., शाखा प्रबन्धक अमित बज्राचार्य र हस्पिटलका तर्फबाट अध्यक्ष डा सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कम्पनीमा कार्यरत कर्मचारीहरुले कर्मचारी मान्य परिचयपत्रको आधारमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको विभिन्न सेवा सुविधाहरुमा विशेष छूट प्राप्त गर्न सक्ने क्यान्सर हस्पिटलकी मार्केटिङ म्यानेजर स्मिता बमले जानकारी दिइन् । उक्त अवसरमा अस्पतालमा कार्यरत स्तन सम्बन्धि क्यान्सरका डा प्रफुल्ल शाक्य र पाठेघर सम्बन्धि क्यान्सरकी डा.अनु बज्राचार्यले…
मान्म (कालिकोट) : कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिकाका ४६ जना कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण गरिएको छ । गाउँपालिकाको वडा नं १ देखि ४ सम्मका चारवटा वडामा कुपोषण देखिएका ती बालबालिकालाई पोषणयुक्त आहार वितरण गरिएको हो । नरहरीनाथ गापाको छ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकाको कुपोषण अवस्था जाँच गर्दा ती बालबालिकामा कुपोषण देखिएको थियो । उनीहरुलाई पोषणयुक्त आहार वितरण गरिएको गाउँपालिकाले जनाएको छ । कुपोषण पहिचान शिविरमा देखा परेका उनीहरुका लागि पोषणयुक्त खाद्यवस्तु अण्डा, लिटो बनाउने चामल, पाँच केजी मासु, मुसुराको दाल, चना केराउलगायतका आहार वितरण गरिएको नरहरिनाथ गाउँपालिकाले जनाएको छ । नरहरीनाथ गाउँपालिकाको चारवटा वडाका पाँच सय ३८ बालबालिकाको…

