

काठमाडौं : चिकित्सा शिक्षा आयोगको निर्देशक पद नियुक्तिका लागि चार जनाकाे नाम सिफारिस भएकाे छ । सिफारिसमा पर्नेहरूमा प्राडा. गुरुप्रसाद खनाल, प्राडा. सुजनबाबु मरहट्टा, प्राडा. सुदीप आचार्य र डा. सरला श्रेष्ठ रहेका छन्। नाम सिफारिस गर्न गठित समितिले चार जनाको नाम सिफारिस गरेको हाे।
चिकित्सा शिक्षा आयोगमा निर्देशकका ४ पद रिक्त छन्। साेही पदका लागि नाम सिफारिस भएकाे हाे । २० जनाले आवेदन दिएकाेमा प्रारम्भिक छनोमा १२ जना परेका थिए ।
मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी ३ वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्त हुन लागेकाे हाे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०८० कात्तिक २३ गते ३ सदस्यीय निर्देशक नाम सिफारिस समिति गठन गरेका थिए। चिकित्सा शिक्षा आयोगको अध्यक्ष प्रधानमन्त्री हुने प्रावधान छ ।



