Aricle Tech

काठमाडौँ : पानीपोखरी स्थित शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रालि र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रालि सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । बुधबार एक समारोहकाबीच शुक्रा हाउसका तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान र बैंकका तर्फबाट बागमती प्रदेशका चिफ प्रोभिन्स अफिसर दिपेन्द्र बाबु विष्टले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कार्डप्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका पारिवारजनले शुक्रा हाउस डाइग्नोस्टिक एन्ड वेलनेस सेन्टर प्रालि मा उपचार सेवा लिँदा इन–हाउस रुटिन टेस्टमा २५ प्रतिशत छुट, इन–हाउस स्पेशलाइजेशनमा २० प्रतिशत छुट, आउटसोर्समा १० प्रतिशत छुट…

विस्तृतमा...

काठमाडौं : नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले इलाम जिल्ला अस्पतालमा दरबन्दीअनुसारका डाक्टर नभएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सुहाङले इलामको एकमात्र सरकारी अस्पतालको रुपमा रहेको जिल्ला अस्पताललाई सुविधा सम्पन्न बनाउन माग गरे । ‘नेपालको संविधानले स्वास्थ्यको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ । तर, इलामका जनताले त्यो हकको बारेमा उपभोग गर्न पाएका छैनन्’ उनले भने ‘इलाम अस्पतालमा १४ जनाको विषेशज्ञको दरबन्दी छ । तर, ३ जनामात्रको पदपुर्ती भएको छ । ११ जना बिदामा हुनुहुन्छ । त्यसमा पनि एक जना बिदामा हुनुहुन्छ । इलाम अस्पतालमा उपकरण सबै छ । तर दक्ष जनशक्ति नहुँदा…

विस्तृतमा...

काठमाडौं : भारतीय राजदूतावासले अन्तर्राष्ट्रिय योग दिवसको १० औं संस्करण मनाएको छ । दूतावासले बुधबार पोखरास्थित फेवा तालको किनारामा योग प्रदर्शनको आयोजना गरेको हो । स्वास्थ्य र कल्याणका लागि योगको प्राचीन अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यले दिवस मनाएको भारतीय राजदूतावासले जनाएको छ । भारतीय राजदूतावासले पोखरा विश्वविद्यालयसँगको सहकार्यमा आयुर्वेदिक अभ्यासकर्तासँग मिलेर योग प्रदर्शन र स्वास्थ्य परामर्शको पनि आयोजना गरेको थियो । उक्त कार्यक्रममा पोखरा विश्वविद्यालयका उप–कुलपति प्रोफेसर प्रेमनारायण अर्याल प्रमुख अतिथिको रुपमा सहभागी थिए ।

विस्तृतमा...

कञ्चनपुर : लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ । तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेंगुलगायत रोगको सङ्क्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले पहाडी जिल्लामा लामखुट्टे बढेसँगै पछिल्लो समय डेंगुको सङ्क्रमण पनि बढ्दै गएको बताए । उनका अनुसार गत माघ यता सुदूरपश्चिममा एक सय ४० जनामा डेंगुको सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी डोटी जिल्लामा ४७ जना सङ्क्रमित फेला परेका उनले जानकारी दिए । निर्देशनालयको तथ्याङ्कअनुसार अछाममा २६, कञ्चनपुरमा २४, बाजुरामा १५, दार्चुलामा १०, कैलालीमा नौ, बझाङमा चार, डडेल्धुरामा तीन र बैतडीमा…

विस्तृतमा...

काठमाडौं : दशौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रहरी हेडक्वार्टरमा योग शिविर आयोजना गरिएको छ । पतंजली योग समिति नेपालसँगको सहकार्यमा नेपाल प्रहरीद्वारा आयोजित एक दिवसीय योग विज्ञान शिविरमा गृहमन्त्री रवि लामिछाने समेत सहभागि थिए । कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अवकाश प्राप्त प्रहरी महानिरीक्षक, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लगायत पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका सहसचिवहरू, पतंजली योग समिति नेपालका पदाधिकारी एवम् योग गुरूहरू, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरू समेतको सहभागिता रहेको थियो ।

विस्तृतमा...

काठमाडौं : सन् २०२४ को हालसम्म देशभर साढे १२ सय जनसंख्यामा डेंगु संक्रमण देखिएको छ । ७२ जिल्लामा डेंगु फैलिइ एक हजार २४१ जनामा संक्रमण पुष्टि भएकोे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ । ईडीसीडीका अनुसार जुन महिनाका १८ दिनमा देशभर १५९ जना डेंगुसंक्रमित थपिएका छन् । यो वर्ष वाग्मती प्रदेशमा सबैभन्दा धेरै ४२८ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै काठमाडौंमा १४१ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । यस्तै, झापामा ११२ जनामा डेंगु पुष्टि भएको छ । चितवनमा ७५, मकवानपुरमा ५९ जना संक्रमित भएको तथ्यांक छ । मुगु, डोल्पा, हुम्ला, जुम्ला, मुस्ताङमा…

विस्तृतमा...

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले ‘पानोर्मा फार्मेसी’लाई कारबाही गर्न औषधि व्यवस्था विभागलाई लेखेर पठाएको छ । काठमाडौँ महानगर– ३, महाराजगञ्जमा रहेको टिचिङ हस्पिटल (शिक्षण अस्पताल) को प्राङ्गणमा रहेको उक्त फार्मेसीलाई कारबाहीको लागि सिफारिस गरिएको हो । T उपभोक्ताको गुनासो आएपछि महानगरको अनुगमन टोलीले फार्मेसीको अनुगमन गर्दा सञ्चालकले म्याद गुज्रेको औषधी बिक्री गरेको स्वीकार गरेका थिए । पसलमा म्याद सकिएका औषधी पनि थिए । विभिन्न भ्याक्सिन र इन्सुलिन भण्डारण गरेर राख्ने डीफ्रिजको तापक्रम १३ डिग्री सेन्टिग्रेट थियो । यसलाई २ देखि ८ डिग्री सेन्टिग्रेडका बिचमा कायम राख्नुपर्छ । यसरी राखिएका भ्याक्सिन र इन्सुलिन प्रयोग गर्ने उपभोक्तालाई नकारात्मक असर पर्न सक्ने…

विस्तृतमा...

अछाम : छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छिन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी १६ वर्षीया किशोरीलाई सोमबार राति सामूहिक बलात्कृत भएको हो । किशोरी बलात्कारको आरोपमा प्रहरीले स्थानीय १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिकामा मामाघरमा बस्दै आएकी १६ वर्षीया किशोरी मामाघरको नजिक रहेको छाउगोठमा मङ्गलवार बिहान अचेत अवस्थामा भेटिएकी थिइन् । उनी ११ वर्षदेखि मामाघरमै बस्दै आएकी थिइन् । उनलाई अचेत अवस्थामा देखेपछि मङ्गलवार बिहान स्थानीय एक जना किशोरीले प्रहरीलाई खबर गरेकी थिइन । स्थानीय किशोरीले जानकारी दिए लगत्तै इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउने लगायतले उनको उद्धार…

विस्तृतमा...

काठमाडौं- चिकित्सा शिक्षा आयोगले झापामा रहेको बिएन्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको छ । आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको आयोगको १४औं बैठकले अदालतको परमादेश अनुसार नै बिएन्डसीलाई सम्बन्धन दिने निर्णय गरेको हो । बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार, विकास, विस्तार तथा नियमनमा आयोगबाट प्रभावकारी भूमिका निर्वाह हुनुपर्नेमा जोड दिए । ‘चिकित्सा शिक्षा प्रणालीले नवीनतम प्रविधि र अनुसन्धानलाई आत्मसात् गरी समयसापेक्ष ज्ञान र सीप प्रदान गर्नुका साथै शिक्षार्थीलाई मानवीय मूल्यहरू, नैतिकता र संवेदनशीलतामा प्रशिक्षित गरी एक आदर्श चिकित्सकको रूपमा स्थापित गर्न सक्नुपर्दछ,’ उनले भने, ‘चिकित्सा शिक्षा गुणस्तरीय…

विस्तृतमा...

काठमाडौं : सशस्त्र प्रहरी बल नेपालको आयोजनामा पतञ्जलि योग समितिले मंगलबार ‘१०औँ अन्तर्राष्ट्रिय योग दिवस’को अवसरमा प्रधान कार्यालय हल्चोकस्थित नेपाल एपीएफ रङ्गशालामा योग विज्ञान शिविर सञ्चालन गरेको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको योग विज्ञान शिविरमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सशस्त्र प्रहरी परिवार महिला सङ्घका पदाधिकारी, पतञ्जलि योग समितिका पदाधिकारी लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत, सिनियर तथा जुनियर अधिकृत तथा विल्लादार जवानहरूको समेत उपस्थिति रहेको थियो ।

विस्तृतमा...