पाल्पा : पाल्पाली समाज पोखराले पाल्पामा रक्तसञ्चार सेवा केन्द्र स्थापना गर्न आर्थिक सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पाद्वारा सञ्चालित ‘रक्तसञ्चार सेवा केन्द्र स्थापनार्थ हाम्रो ब्लड बैंक हामी बनाउँछौँ’ अभियानलाई साथ दिँदै समाज पोखराले दुई लाख २९ हजार दुुई सय १९ रकम सहयोग गरेको हो । समाजको अध्यक्ष बालचन्द्र परियारले आफ्ना सदस्यबाट रकम जुटाएर सहयोग गरिएको बताए। पाल्पामा रक्तसञ्चार केन्द्र अतिआवश्यक रहेको हुँदा विभिन्न व्यक्ति, सङ्घसंस्थाबाट रकम सङ्कलन भइरहेको रेडक्रस सोसाइटी शाखाका सभापति बाबुराम कार्कीले जानकारी दिए । नमस्ते पाल्पा समाज कोरिया, पाल्पाली समाज अमेरिकालगायत विभिन्न सङ्घसंस्था, व्यक्तिबाट गरी हालसम्म रु ३५ लाख ४६ हजार एक सय ५८ रकम…
Aricle Tech
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकालाई पूर्णखोप पालिका घोषणा गरिएको छ । पूर्णखोप सुनिश्चितताका लागि अपनाउनुपर्ने आवश्यक मापदण्ड पूरा भएपछि नगरपालिकालाई पूर्णखोप पालिका घोषणा गरिएको हो । नगरपालिकाका १५ महिनाभित्रका बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप पाएकाले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले जानकारी दिए । उनका अनुसार पूर्णखोप सुनिश्चितताका लागि १६ देखि २३ महिनासम्म उमेर समूहका बालबालिकामा खोप अवस्थाको पहिचान र विश्लेषणको कार्य गरिएको छ । पूर्णखोप पाउने उमेर समूहका तीन हजार २८ बालबालिकामध्ये दुई हजार नौ सय ७८ बालबालिकाले पूर्णखोप पाएका छन् । बसाइँ सार्ने, मजदुरीका लागि टाढा जानेलगायत परिवारका ५० बालबालिका पूर्णखोप लगाउनबाट छुटेका छन् ।…
हेटौडा : मकवानपुरको राक्सिराङ गाउँपालिकामा जङ्गली च्याउ खाँदा एक मृत्यु भएको छ भने चारजना बिरामी भएका छन् । राक्सिराङ गाउँपालिका–७, दगुवाङमा जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका थिए । स्थानीय बलबहादुर प्रजा, उनकी ४५ वर्षीया श्रीमती जालिमाया प्रजा, छोरी १५ वर्षीया रेञ्जु प्रजा, आठ वर्षीया सविना प्रजा र १० वर्षीय छोरा सुशील प्रजा बिरामी भएका हुन् । बलबहादुरको उपचारका क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । योसँगै मकवानपुरमा जंगली च्याउ खाँदा एक साताको अवधिमा तीन जनाको मृत्यु भएको छ भने १६ जना बिरामी परेका छन् ।
काठमाडौं : डा किरणराज शर्माको निधन भएको छ। लामो समयदेखि बिरामी डा शर्माको सोमबार निधन भएको हो । डा शर्मालाई पार्किन्सन्स र मुटुको समस्या थियो । एनेस्थेसियोलोजिष्ट रहेका डा शर्माले लामो समय थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सेवा दिएका थिए ।
काठमाडौँ : चिकित्सा शिक्षा आयोगमा सोमबार ४ निर्देशक नियुक्त भएका छन् । सिफारिस समितिले गरेको सिफारिसको आधारमा प्रा.डा. गुरुप्रसाद खनाल, प्रा.डा. सुजनबाबु मरहट्टा, प्रा.डा. सुदीप आचार्य र प्रा.डा. सरला श्रेष्ठलाई निर्देशक नियुक्त गरिएको आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रीले जानकारी दिए । आयोगमा मापदण्ड तथा प्रत्यायन, योजना, समन्वय तथा प्राज्ञिक उन्नयन, परीक्षा र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज निर्देशनालय रहने व्यवस्था छ । खनाललाई नेसनल बोर्ड, मरहट्टालाई योजना, आचार्यलाई मापदण्ड र श्रेष्ठलाई परीक्षा निर्देशनालयको जिम्मेवारी दिइएको आयोगले जनाएको छ । चिकित्सा शिक्षा ऐनको व्यवस्थाअनुसार सिफारिस समितिले गरेको सिफारिसका आधारमा आयोगका उपाध्यक्ष अञ्जनीकुमार झाले निर्देशक नियुक्त गरेका हुन् । आयोगमा ९ महिनादेखि…
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारी अस्पतालमा स्वास्थ्य सेवा लिन लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली गठन भइसकेको बताएका छन् । सोमवारको प्रतिनिधि सभाको बैठकमा मन्त्रालयको आगामी वर्षको बजेट विनयोजन शिर्षकअन्तर्गत बोल्दै उनले लामो समय लाइन बस्नुपर्ने बाध्यता नबनाउन मन्त्रालयमा उच्चस्तरीय टोली गठन भइ काम शुरु गरिएको बताएका हुन् । उनले हाल सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी अस्पतालमा नजानको लागि बिस्तारित सेवा केही संघीय अस्पतालमा लागू भइसकेको र बाँकी लागू गर्ने क्रममा रहेको बताए । उनले उपत्यकाका ठूला अस्पतालहरुमा दुई सिफ्टको सेवा सञ्चालन गर्ने, बिस्तारित सेवा लागू गर्ने लगायतका कार्यक्रम अघि बढाइएको पनि बताए । मन्त्री यादवले…
नेपालगन्ज : नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलो पटक ठुलो आन्द्राको क्यान्सरको दूरबिन प्रविधिबाट सफल शल्यक्रिया गरिएको छ । विगत डेढ वर्षदेखि पेटको समस्याले पीडित पञ्चपुले नगरपालिका–१ की ७५ वर्षीया हस्ता शर्माको भेरी अस्पतालमा सफल शल्यक्रिया गरिएको हो । लामोसमयदेखि पत्थरी भयो भन्दै प्रदेश अस्पताल सुर्खेत, लगायत सुर्खेतका विभिन्न अस्पतालमा उपचार गराउँदै आए पनि वास्तविक रोग भने भेरी अस्पतालमा आएपछि मात्र पत्ता लागेको पीडितका छोरा ललित शर्माले दिनुभएको जानकारी दिइन् । पश्चिम नेपालको इतिहासमा नै दूरबिन प्रविधिबाट पहिलो पटक आन्द्रको क्यान्सरको जटिल अवस्थाको सफल शल्यक्रिया भएको भेरी अस्पतालका कन्सल्टेन्ट ग्यास्ट्रिक तथा ल्याप्रोस्कोपिक सर्जन डा. कृष्ण मोहन अधिकारीले बताए । भेरी अस्पतालमा पहिलो…
रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको चन्द्रपुर सरकारी अस्पतालमा एक दिनमा बढीमा १० जनाले मात्रै ‘एक्स–रे’ सेवा पाउने गरेका छन् । नगरपालिकाले अधिक क्षमता भएको एक्स–रे उपकरण उपलब्ध गराउन नसकेका कारण डेढ दशकदेखि प्रयोग हुँदै आएको कम क्षमताको उपकरणले दश वटाभन्दा बढी एक्स–रे गर्न नसकिएको हो । दैनिक एक सय ५० जनाभन्दा बढी बिरामीको स्वास्थ्य जाँच हुने उक्त अस्पतालमा दश जनाभन्दा बढी बिरामीको एक्स–रे नहुने भएका कारण उक्त सेवा लिन अन्यत्र जानु पर्दा सेवाग्राही मर्काका परेका छन् । करिब डेढ दशकदेखि प्रयोग हुँदै आएको उक्त मेसिन १०० ‘एमए’ (मेघा एम्पिएर) को भएका कारण बढीमा दश वटा मात्रै एक्स–रे गर्न सकिने…
काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकमा सञ्चालित एम्बुलेन्समा ‘ग्लोबल पोजिसनिङ सिष्टम (जिपिएस)’ जडानपछि सेवा प्रभावकारी बन्दै गएको छ । सञ्चार प्रणाली तथा प्रेषण केन्द्र (डिस्प्याच सेन्टर)मार्फत एकद्वार प्रणालीबाट एम्बुलेन्स सञ्चालन गर्न जिपिएस जडान गरिएपछि सेवा प्रभावकारी बन्दै गएको जनस्वास्थ्य कार्यालयका अधिकृत सृजना अधिकारीले जानकारी दिइन् । जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति, जिल्ला जनस्वास्थ्य कार्यालय र धुलिखेल अस्पतालस्थित प्रेषण केन्द्रको समन्वयमा यहाँका १३ स्थानीय तहमध्ये पहिलो चरणमा ११ तहका २२ एम्बुलेन्समा जिपिएस जडान गरिएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालयको सहयोगमा पहिलो चरणमा २२ एम्बुलेन्समा निःशुल्क जिपिएस जडान गरिएको अधिकारीले बताइन् । उनका अनुसार बाँकी एम्बुलेन्समा जिपिएस जडानका लागि प्रदेश सरकारसँग थप बजेट माग…
मकवानपुर : मकवानपुरको राक्सिराङ गाउँपालिकामा जङ्गली च्याउ खाँदा एक मृत्यु भएको छ भने चारजना बिरामी भएका छन् । आइतबार राक्सिराङ गाउँपालिका–७, दगुवाङमा जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका थिए । स्थानीयले उद्धार गरी चितवनस्थित भरतपुर अस्पताल पु¥याएकामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जङ्गली च्याउ खाँदा स्थानीय बलबहादुर प्रजा, उनकी ४५ वर्षीया श्रीमती जालिमाया प्रजा, छोरी १५ वर्षीया रेञ्जु प्रजा, आठ वर्षीया सविना प्रजा र १० वर्षीय छोरा सुशील प्रजा बिरामी भएका हुन् । बलबहादुरको उपचारका क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

