काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताएका छन् । विश्व योग दिवसका अवसरमा आज भक्तपुरमाआयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरे । योग शारीरिक अभ्यासमात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पुर्याउने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । “शरीरलाई स्वस्थ र फूर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग हो”,…
Aricle Tech
काठमाडौं : आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गरेकाे छ । उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । कार्यक्रममा सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि र योगाभ्यासकर्ता सहभागी भएका छन् । मूल कार्यक्रमअघि पेप्सीकोला, गठ्ठाघर, लोकन्थली र मध्यपुरथिमि चोकबाट बालग्रामसम्म प्रभातफेरी हुने उक्त मन्त्रालयका प्रवक्ता केशव दाहालले जानकारी दिए। मूल समारोह समितिको गत जेठ ३० गतेको बैठकले दिवसको आदर्श वाक्य ‘महिला…
ललितपुर : जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरले गत ११ महिनामा ८ सय ५० जनालाई योगको सेवा दिएको छ । अन्तराष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा बिहीवार आयोेजित कार्यक्रममा चिकित्सालयकी चिकित्सक डा. श्रृष्टी श्रेष्ठले प्रतिकारात्मक सेवा अन्तर्गत केन्द्रले ओपिडी, ल्याबसेवा, पञ्चकर्मजस्तै योगपनि सञ्चालन गर्ने गरेको जानकारी दिइन् । आर्थिक वर्ष २०८०।८१ को जेठ मसान्तसम्म आउँदा ७ सय ९१ जना महिलाले योग सिकेपनि जम्मा ६१ जना पुरुषले मात्र योग अभ्यास सिकेका छन् । त्यस्तै चिकित्सालयले एकवर्षमा १२ हजारभन्दा धेरैलाई ओपिडी सेवा दिएको छ भने ३ हजार ५ सयभन्दा धेरै मानिसले पूर्वकर्म एवं पञ्चकर्मको सेवा लिएका छन् । चिकित्सालयले एकवर्षमा २ सय ६९ जना…
काठमाडौं : स्वास्थ्य मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयुर्वेद र विभिन्न परम्परागत चिकित्साको नाम दिएर भैरहेका ठगिधन्दा नियन्त्रण गर्न आफुहरुले नीतिगत प्रयास गरिरहेको बताएको छ । अन्तराष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा बिहीवार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै विभागका महानिर्देशक डा. प्रदीप केसीले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागसँग त्यस्ता संघसंस्था र व्यक्तिको अनुगमन र नियमन गर्ने अधिकार भएपनि दरबन्दी र नीतिगत स्पष्टता नहुँदा अपेक्षाकृत कार्य गर्न नसकिएको बताए । हामीले वैकल्पिक चिकित्सा हेर्ने भनेपनि हालसम्म आयुर्वेद बाहेकका वैकल्पिक चिकित्सा हेर्ने दरबन्दी नै सिर्जना गरिएको छैन । यसलाई समाधान गरिदिन हामीले स्वास्थ्य मन्त्रालयलाई भनेका छौं । डा. केसीले भने । त्यस्तै विभागले यसवर्षको…
काठमाडौं : जापानमा एक दुर्लभ मान्छेको मासु खाने ब्याक्टेरियाको कारणले एक रोग फैलिएको छ । जसले ४८ घण्टा भित्र मानिसलाई मार्न सक्छ ।राष्ट्रिय संक्रामक रोग संस्थानका अनुसार स्ट्रेप्टोकोकल टक्सिक शक सिन्ड्रोम (एसटीएसएस) एक आक्रामक रोग हो जुन संक्रमण भएको ४८ घण्टा भित्रमा घातक हुन सक्छ । मानव तन्तुलाई मार्ने भएकोले यसलाई मासु–खाने ब्याक्टेरिया भनिएको हो । यो रोगको जोखिम ५० वर्षभन्दा माथिका मानिसमा बढी हुन्छ ।ब्लूमबर्गका अनुसार जापान बाहेक अन्य मुलुकमा पनि यो ब्याक्टेरिया फेला परेका छन् । सन् २०२२ को अन्त्यसम्म युरोपको ५ मुलुकमा एस.टी.एस.एस ब्याक्टेरिया देखिएको थियो । यो ब्याक्टेरिया घातक र नयाँ नभए पनि निकै दुर्लभ मानिन्थ्यो…
रुकुम पश्चिम : रुकुम पश्चिममा एक विद्यालय नर्सले विद्यार्थीमाथि निलडाम हुनेगरी कुटपिट गरेकी छिन् । मुसिकोट नगरपालिका– १ मा रहेको त्रिपुरा माविमा नगरपालिकाबाट करारमा नियुक्त विद्यालय नर्स शर्मिला खड्काले ४ देखि १० कक्षाका केही विद्यार्थीमाथि कुटपिट गरेकी हुन् । उनले विद्यालयको पोशाक नलगाएको भन्दै विद्यार्थीलाई चउरमा लाइन लगाएर लठ्ठीले कुटेकी अभिभावले बताएका छन् । अभिभावले छोराछोरीको शरीरमा घाउ, चोट देखेपछि सोधपुछ गर्नेक्रममा उक्त घटना बाहिर आएको हो । प्रधानाध्यापक शंकर रावलले विद्यार्थीमाथि कुटपिट भएको घटना स्वीकार्दै विद्यार्थी र अभिभावसँग माफी मागेको बताएका छन् ।
भैरहवा (रुपन्देही) : अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा भारतीय दूतावासको आयोजनामा आज लुम्बिनीमा योगाभ्यास सम्पन्न भएको छ । योगाभ्यास कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले गरे। सो कार्यक्रममा उनले बुद्धले शान्ति, करुणा र समझदारीको मार्गमा अग्रसर गराउनुका साथै मानव जीवनमा योग र ध्यानको महत्वबारे प्रकाश पारेका थिए । उनले पूर्वीय सभ्यतासँग जोडिएको योग आज विश्वभर एक सशक्त स्वास्थ्य र कल्याणको मार्गका रूपमा प्रख्यात हुँदै गएको औँल्याए । “यो केवल शारीरिक अभ्यास मात्र नभएर मानसिक शान्ति, आत्म–अन्वेषण र समग्र स्वास्थ्यको एक महत्त्वपूर्ण प्रणाली हो”, मुख्यमन्त्री महराले भने, “योगले हामीलाई आत्मज्ञान हासिल गर्न, मानसिक सन्तुलन कायम गर्न तथा एकता र करुणाको भावना…
कैलाली : कैलालीकाे सेती प्रादेशिक अस्पतालमा केही सातादेखि सिकलसेल एनिमियाका बिरामी बढ्न थालेका छन् । पश्चिम नेपालको तराईमा बसोबास गर्ने थारु समुदायमा मात्र देखिने सिकलसेलको उपचारको लागि सरकारले एक लाख रुपैयाँ सहयोगको पनि व्यवस्था गरेको छ । तर, सिकलसेलका विरामीको स्वास्थ्य परीक्षणको लागि छुट्टै युनिट नभएका कारण समस्या भएको सेती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीहरुको भनाई छ । सेती प्रादेशिक अस्पतालमा हालसम्म सिकलसेलका ९ सय ४९ जना बिरामी दर्ता भएका छन् । हाल दैनिक २५ देखि ३० जना बिरामी स्वास्थ्यजाँचको लागि आउने गरेको अस्पतालले जनाएको छ । तर, सेती प्रादेशिक अस्पतालमा सिकलसेलका बिरामीको लागि छुट्टै जाँचकक्ष छैन । छुट्टै जाँच युनिट नभएका…
काठमाडौं- भारतमा विषाक्त अवैध रक्सीको सेवनबाट ३४ जनाको ज्यान गएको छ । एक सयभन्दा बढीलाई अस्पताल भर्ना गरिएको तमिलनाडु राज्यका अधिकारीले जानकारी दिएका छन् ।स्थानीय रूपमा उत्पादन गरिएको उक्त पेय पदार्थ घातक मिश्रण विषाक्त मेथानोलले भरिएको मुख्यमन्त्री स्टालिनलाई उद्धृत गरी पीटीआईले जनाएको छ ।घटनासँग दोषी भनिएका आरोपितलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरू गरेको मुख्यामन्त्री स्टालिनले बताए ।अपराधले समाजलाई बर्बाद गर्ने बताउँदै यस्ता घटनामा संलग्न सबैलाई कडा कानुनी कारबाही हुने उनले बताएको मुख्यामन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।मदिराको शक्ति बढाउनका लागि रक्सीमा प्रायः मेथानोल मिसाइन्छ, जसले अन्धोपन, कलेजोको क्षति र मृत्यु निम्त्याउन सक्छ ।घटनासँग सम्बन्धित १०० भन्दा बढी व्यक्ति अस्पतालमा…
काठमाडौं : चिकित्सा शिक्षा क्षेत्र सुधारका नाममा कयौंपटक अनसन बसिसकेका वरिष्ठ चिकित्सक डा गोविन्द केसी मेडिकल व्यवसायी दुर्गा प्रसाईको लगानीमा रहेको झापास्थित बीएण्डसी मेडिकल बलेजले सम्बन्धन पाए अनसन बस्ने चेतावनी दिएका छन् । बिहीबार एक विज्ञप्ति जारी गरे सर्वोच्च अदालतले बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले जारी गरेको परमादेशविरूद्ध पुनरावलोकनमा जानुपर्ने उनले माग गरेका छन् । सर्वोच्च अदालतले परमादेशअनुसार ४ असारमा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले बीएण्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेपछि डा केसी फेरि आक्रोशित बनेका हुन्। यसअघि असार १४ गतेबाट अनसन बस्ने घोषणा गरेका उनले आज फेरि त्यसअघि नै अनसन बस्ने चेतावनी दिएका छन् । ‘पुनरावलोकन…

