

नयाँदिल्ली : भारतको दक्षिणी राज्य तमिलनाडुमा विषादी मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।
तमिलनाडुको राजधानी चेन्नाईबाट २४४ किलोमिटर दक्षिणपश्चिममा रहेको कल्लाकुरिची सहरबाट मृत्यु हुनेको रिपोर्ट आएको छ ।
मंगलबार साँझ फोहोर मदिरा सेवनबाट बिरामी भएर अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ ।
भारतको सरकारी प्रसारक अल इन्डिया रेडियोले मदिरा त्रासदीमा पक्राउ परेका चारै जनालाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाइएको जनाएको छ ।



