धनगढी: तुलनात्मक रूपमा सुविधा सम्पन्न अस्पताल रहेकाले सुदूरपश्चिमका पहाडी जिल्लाबाट समेत उपचारका लागि बिरामीहरू आउने प्रदेशको अस्थायी राजधानी धनगढीमा रगतको अभाव बढेको छ। चर्को गर्मी र खेतीपातीको सिजनमा रक्तदाता घटेपछि रगतको अभाव भएको हो। बिरामीका लागि रगत खोज्न आफन्तले हैरानी व्यहोर्नुपरिरहेको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र धनगढीमा रगतको मौज्दात घट्दो छ। बिरामीका लागि आवश्यक परेका वेला तत्कालै रगत पाउने अवस्था छैन । गर्मीयाम सुरु भएसँगै रगत आपूर्तिमा समस्या देखिएको प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र धनगढीका प्रमुख धरणीधर पन्तले बताए । गत आपूर्तिको सबैभन्दा भरपर्दो स्रोत स्वयंसेवी रक्तदाता भएको, तर गर्मी सिजनमा रक्तदाताको संख्या घटेको रक्त…
Aricle Tech
काठमाडौं, १४ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले विपन्न नागरिकका लागि छुट्याउनुपर्ने शैयामा निजी अस्पतालहरुले आफन्तको उपचार गराउने गरेको दावी गरेका छन् । ललितपुरको स्टार अस्पतालमा सुरु भएको ब्लड बैंकको उद्घाटन गर्दै मन्त्री यादवले विपन्न नागरिकका नाममा हुने गरेको विकृति अन्त्य गर्न आफु लागिपरेको पनि बताएका छन् । ‘सबै निजी अस्पतालले गरिब र विपन्न नागरिकका लागि १० प्रतिशत शैया उपलब्ध गराउनेपर्ने व्यवस्था भएपनि त्यसको दुरुपयोग भएको रिपोर्टहरु आएका छन् । त्यसलाई नियन्त्रण गर्न लागेका छौं । अब सबै अस्पतालले साप्ताहिक रुपमा निशुल्क शैया प्राप्त गरेका बिरामीहरुको पूरा विवरण स्वास्थ्य मन्त्रालयलाई पठाउनुपर्ने व्यवस्था गरिनेछ ।’ मन्त्री यादवको भनाइ छ…
बैतडी : बैतडीको सिगास गाउँपालिका-५ स्थित भुवनेश्वरी माविका छात्राहरूमा कन्भर्शन डिसअर्डरको समस्या देखिएको छ । विद्यालयका करिब १ दर्जन किशोरीहरूमा दिउँसोको समयमा काम्ने, झम्टिने र भाग दौड गर्ने जस्ता समस्या देखिने गरेको छ । उनीहरुलाई दिउँसोको १२ बज्नुभन्दा केही समय अगाडी यो समस्या देखिने गरेको छ । उनीहरूलाई यो समयमा सम्हाल्नै मुस्किल पर्ने गरेको छ । निकै भयानक रूपले प्रस्तुत उनीहरुलाई नियन्त्रणमा लिन विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीहरूले निकै मेहेनत गर्नुपर्छ । जेठ र असारको महिनामा यस्तो समस्या देखिने गरेको शिक्षक रघुबिर सिंह धामी बताउछन् । दैनिक नयाँ नयाँ विद्यार्थीमा यो समस्या देखिने गरेको उनले बताए । गाउँपालिकाले समस्यका बारेमा…
काठमाडौं : त्रिवि शिक्षण अस्पतालअन्तर्गतको मनमोहन कार्डियो–थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पहिलोपटक मिनिमल्ली इनभासिभ प्रविधिबाट मुटुको भल्व (माइक्रो भल्व) परिवर्तन गरिएको छ । पछिल्लो एक दशकदेखि मनमोहन सेन्टरमा मिनीमल्ली इनभाजिभ कार्डियाक सर्जरी गर्दै आएकोमा काखी मुनी प्वाल पारेर माईट्रल भल्व परिवर्तन गरिएको यो नेपालमै पहिलोपटक भएको हो । मनमोहन सेन्टरका सिटिभिएस विभागीय प्रमुख डा. अनिल भट्टराईको नेतृत्वमा उक्त शल्यक्रिया सम्पन्न भएको हो । एक ५३ वर्षीया महिलामा राईट एक्जिलरी मिनिथोराकोटोमी (काखीमा सानो प्वाल पारेर गरिने मुटुको शल्यक्रिया) प्रविधिमार्फत मुटुको माइट्रल भल्व परिवर्तन गरिएको हो । शल्यक्रियापश्चात् विरामीको अवस्था सामान्य रहेको र छिट्टै डिस्चार्ज गर्ने तयारीमा रहेको डा. भट्टराईले जानकारी दिए…
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधीसम्बन्धी अध्ययन तथा अनुगमन गर्न समिति गठन गरेको छ । मन्त्रालयले मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाको संयोजकत्वमा समिति गठन गरेको हो । मन्त्रीस्तरीय निर्णयअनुसार समिति गठन गरेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।औषधी, उद्योग एवम् औषधीसँग सम्बन्धित निकायहरूको सञ्चालनको अवस्था, सेवाप्रवाह, क्षमता, सञ्चालन प्रक्रिया र मापदण्ड, औषधीको गुणस्तर, समस्या र चुनौती लगायतका विषयमा स्थलगत अनुगम गरी १५ दिनभित्र पेस गर्ने गरी समिति गठन गरेको डा. बुढाथोकीले जानकारी दिए ।
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःशुल्क स्वास्थ्य सेवाको सूचना स्पष्ट र सजिलै बुझ्ने गरी टाँस्न सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्त डा. प्रकाश बुढाथोकीले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, “स्वास्थ्य संस्थाले आफ्नो मुख्य प्रवेशद्वार, टिकट काउन्टर, रेडियो इमेजिङ विभाग, प्रयोगशाला विभाग, ओपिडी कक्ष र अन्तरङ्ग विभाग अगाडि ठूला अक्षरमा निःशुल्क सेवाको स्पष्ट जानकारी देखिने गरी सूचना टास्नुपर्छ। ” सरकारले स्वास्थ्य संस्थाहरुलाई १० प्रतिशत शय्यामा निःशुल्क छ्ट्याउनु पर्ने व्यवस्था गरेको छ । डा. बुढाथोकीका अनुसार निःशुल्क उपचार गरिएका बिरामीको विवरण स्वास्थ्य संस्थाको वेबसाइटमा अद्यावधिक गर्नुहुन, सेवाग्राहीको फोटो सहितको प्रगति प्रतिवेदन हरेक हप्ता मन्त्रालयमा पेस गर्न मन्त्रालयले सम्बन्धित…
काठमाडौं : कान्तिपुर डेन्टल कलेज बसुन्धराले न्यूरोमस्कुलर डेन्टिष्ट्री विभागबाट सेवा सुरु गरेको छ । पाँचवटा विभागसहित दाँतसम्बन्धी सम्पूर्ण सेवाहरुलाई एकीकृत गरी न्यूरोमस्कुलर डेन्टिष्ट्री विभाग स्थापना गरिएको हो । विभागले यी समस्याहरुको शल्यक्रिया तथा विना शल्यक्रिया मार्फत् उपचार गर्नेछ । न्यूरोमस्कुलर डेन्टिष्ट्री विभागले अनुहारको हाड जोनीको समस्या, मोटोपन वा अन्य कारण घुर्ने समस्या, टाउको अनुहार दुख्ने समस्या, दाँत एवं अनुहारको आकृती नमिलेको समस्या तथा खेलकुद सम्बन्धी दन्त चिकित्सा जस्ता समस्याहरुको लागि बिना शल्यकृया वा शल्यकृयाद्वारा सेवा दिने कलेजका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले बताए । डेन्टिष्ट्री विभागमा अन्तरराष्ट्रिय स्तरमै ख्यातिप्राप्त चिकित्सकहरुबाट सेवा दिइने उनले बताए । दन्त चिकित्सकहरु डा. अंकित शाह, डा. प्रतिक्षा श्रेष्ठ, वरिष्ठ…
काठमाडौँ : काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले डेंगी रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायको सचेतना बढाउने अभियान थालेको छ । असार ९ बाट सबै वडाका कार्यक्रम सञ्चालन भइरहेका हुन् । अभियानमा ६४ जना स्वास्थ्यकर्मी र सबै (५५८ जना) महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरिएको कार्यक्रमका फोकल पर्सन ऋषि भुषालले जानकारी दिए । उनका अनुसार सडकमा पानी जमेका खाल्टा पुर्ने, पानीका भाँडा, टायर तथा अन्य स्थानमा जमेको पानी हटाउने, यसमा लामखुट्टेको प्रजनन् प्रणाली र रोग फैलिन सक्ने अवस्थाका बारेमा सर्वसाधारणलाई बुझाउने काम भइरहेका छन् । रोगको लक्षण देखिएका विरामीहरुको परीक्षण, औषधोपचारका लागि स्वास्थ्य प्रवर्धन केन्द्रमा व्यवस्था मिलाइएको…
मान्म (कालीकोट): कालिकोटको दुर्गम भेगमा रहेका दुई स्वास्थ्यचौकीमा प्रसूति गृहका लागि आवश्यक उपकरण हस्तान्तरण गरिएको छ । वान हर्ट वल्डवाइड र भिडिसेफ नेपाल कालीकोटको आर्थिक सहयोगमा पचालझरना गाउँपालिका–७ स्थित नानीकोट स्वास्थ्यचौकी र पलाता गाउँपालिका–२ स्थित धौलागोह स्वास्थ्यचौकीलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको हो । भिडिसेफ नेपालका अध्यक्ष कल्पना रावलले बेबी वारमेर सेट, इमर्जेन्सी ट्वाइलेट, अटोक्ल्याब, स्टेचर, नर्मल फोल्डिङ बेड र म्याट्रिक, डेलिभरी सेट, इपी सेट, प्रक्नेन्ट टुल, ड्रम सेट, अक्सिजन सिलिण्डरलगायतका अत्यावश्यक उपकरण हस्तान्तरण गरिएकोे बताए । “दुर्गममा रहेका स्वास्थ्यचौकीमा गर्भवती तथा सुत्केरीका लागि निकै समस्या हुने भएकाले स्वास्थ्यचौकीमा प्रसूतिगृहका लागि केही सामग्री प्रदान गरेका छौँ”, उनले भने, “यी सामग्री स्वास्थ्यचौकीका…
बैतडीः बैतडीको शिवनाथ गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरिने भएको छ । आगामी आर्थिक बर्ष २०८१/८२ मा पालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । मातृ तथा शिशु मृत्युदरलाई शून्यमा झार्नका लागि पालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । पालिकालाई पूर्ण संस्थागत सुत्केरी घोषणाका लागि गर्भवतीलाई कोशेली कार्यक्रमलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । पालिकाभित्र रहेका स्वास्थ्यचौकी र १८ ओटा बर्थिङ सेन्टरमा दक्ष जनशक्तिसहितको प्राविधिक सेवा सञ्चालनमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बता ए। साथै पूर्ण संस्थागत सुत्केरी अभियानलाई…

