Aricle Tech

तनहुँ : तनहुँ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यस अगाडि जिल्लाका दशवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो । स्वास्थ्य कार्यालयद्वारा मङ्गलबार आयोजित कार्यक्रममा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । स्वास्थ्य कार्यालयका प्रमुख विद्या तामाङले खोप लगाउन छुटेका सबै बालबालिकाको तथ्याङ्क सङ्कलन गरी खोप लगाइएको जानकारी दिए । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक शान्तिरमण वाग्लेले खोप सुनिश्चिततालाई दिगोपना राख्नुपर्ने बताए । जिल्लाका दशवटै पालिकाका ८५ वडाका बालबालिकाले पूर्णरुपमा…

विस्तृतमा...

पाल्पा : पाल्पा जिल्ला कारागारमा २ सय ६५ कैदीबन्दीहरू रहेकोमा ७२ जना कैदीबन्दीहरू दीर्घरोगी रहेका छन् । जिल्ला कारागारको बन्दी क्षमता ३ सय २५ जनाको छ । कारागारको क्षमता महिला १ सय ५० र पुरुष १ सय ७५ छ । जसमा महिला २० जना र पुरुष २ सय ४५ गरी जम्मा २ सय ६५ जना कैदीबन्दी रहेका छन् । एक जना चार वर्षीय आश्रित बालक छन् । जसमध्ये महिलातर्फ प्रेसरका बिरामी पाँच जना, सुगरको एक जना, थाइराइडको दुई जना र मानसिक बिरामी एक जना गरी नौ जना दीर्घरोगी रहेको पाल्पा कारागारका सि.अहेव गणेशप्रसाद गैरेले बताए । त्यस्तै पुरुषतर्फ ४५ जना,…

विस्तृतमा...

जुम्ला : चन्दननाथ नगरपालिकामा स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मीहरुले गत वर्ष फागुन महिनादेखि तलब भत्ता नपाएको गुनासो गरेका छन् । चालु आर्थिक वर्ष ०८०/०८१ को खाता बन्द गर्न एक साता मात्रै बाँकी रहेको छ । तर स्वास्थ्यकर्मीको तलब भत्ताका लागि रकम निकासा नआएर तलब भत्ता नपाएको चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले गुनासो गरे । उनले भने ‘अहोरात्र खटिएर ८० प्रतिशत स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मीले लामो समयसम्म तलब भत्ता नपाउनु दुखद पक्ष हो । ’ चन्दननाथ नगरपालिकामा स्वास्थ्य सेवा प्रवाह गर्ने स्थायी २९ जनासहित यहाँको आठ ओटै स्थानीय तहमा कार्यरत दुई जना स्वास्थ्यकर्मीले ०८० फागुन महिनादेखि तलब…

विस्तृतमा...

डडेल्धुरा: जिल्ला प्रशासन कार्यालय डडेल्धुराले ज्येष्ठ नागरिक सेवाग्राहीको निःशुल्क स्वास्थ्य परीक्षण कक्ष स्थापना गरेको छ । जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने ज्येष्ठ नागरिक सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै सोमबारदेखि उक्त कक्ष स्थापना गरिएको हो । प्रशासनमा सेवा लिन आएकी ८४ वर्षीया मुना तमोलीको स्वास्थ्य जाँच गरेर सेवा शुभारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले जानकारी दिए । उनले गृहमन्त्रालयको निर्देशन बमोजिम डडेल्धुरा अस्पतालसँगको समन्वयमा प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन आउने ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न थालिएको बताए । उनका अनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा लिन आउने ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिनेछ । उनीहरूको ब्लड प्रेसर चेकजाँच तथा…

विस्तृतमा...

काठमाडौँ : नेपाल नर्सिङ परिषद्को गत शनिवार लिएको ३६ औ नाम दर्ता परीक्षामा मिश्रित नतिजा आएको छ । परीक्षामा पीसीएल नर्सिङ तर्फ दुई तिहाइ बढी नर्सहरु फेल भएका छन् । तर बीएस्सी नर्सिङ तर्फ भने पास हुने प्रतिशत ठूलो छ । परिषद्का रजिष्ट्रार शुक्ला खनालका अनुसार प्रविणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ३२ प्रतिशत मात्रै पास भएका हुन् । उनले पीसीएल नर्सिङ तर्फ १ हजार ६२० जना सहभागी भएकोमा ५१८ जना (३२ प्रतिशत) मात्रै पास भएको बताइन । स्टाफ नर्स बन्ने पढाई पीसीएल नर्सिङ उत्तीर्ण गरी लाइसेन्स परीक्षामा सहभागी हुँदा आएको नतिजा निराशा जनक आउँदा उनीहरुलाई पढाउने…

विस्तृतमा...

नयाँ दिल्ली : भारतमा फेरि जीका भाइरसको संक्रमण भेटिएको छ । पुणेमा जीका भाइरसको संक्रमण भेटिएको स्वास्थ्यका अधिकारीले बताएका छन् । अहिलेसम्म त्यहाँ दुई जना गर्भवतीसहित छ जनामा संक्रमण देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । स्वास्थ्य सेवा विभागले संक्रमणको अवस्थाबारे बालबालिकामा निगरानी गरिरहेको जनाएको छ । संक्रमणका घटना पहिचान भएपछि स्वास्थ्य अधिकारीले नागरिकलाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेका छन् । भारतमा यसअघि केरला, गुजरात लगायतका राज्यमा जीका भाइरस संक्रमणका घटना देखिएका थिए । लामखुट्टेका कारण सर्ने जीका भाइरसले बालबालिकाको मस्तिष्कको कोष सुकाउँदै लैजाने अध्ययनले देखाएका छन् ।

विस्तृतमा...

काठमाडौँ : प्रतिनिधि सभा सदस्य विनीता कठायतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र तरुण दलले हुलदङ्गा गरेर अशान्ति मच्चाएका भन्दै कानुनी दायरामा ल्याउन माग गरेकी छन् । प्रतिष्ठान घेराउ गर्ने तथा अमर्यादित काम गर्ने गरिएको भन्दै काँग्रेस नेताहरूकै संलग्नतामा अस्पतालको भविष्य धरापमा पारिएको बताइन् । सोमबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले भनिन् – ‘युवा र विद्यार्थी देखाएर स्वयं कांग्रेस पार्टीका जुम्ला जिल्ला सचिवको नेतृत्वमा गएको टोलीले प्रतिष्ठानको शान्त वातावरण धमिल्याउन खोज्नु र अशान्ति मच्चाउनु कानुन विपरीत कदम हो । यसलाई तत्काल कानुनी दायरामा ल्याउन र सेवामा खटिएका स्वास्थ्यकर्मी, कर्मचारीहरूको सुरक्षा प्रत्याभूति गर्न सरकारको…

विस्तृतमा...

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आफूहरू स्वास्थ्य क्षेत्र सुधार गर्न लागी परेको बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्वास्थ्य क्षेत्रहरूको अनुगमन गरिरहेको तथा विभिन्न समिति गठन गरी स्वास्थ्य क्षेत्रमा सुधारको काम गरिरहेको बताएका हुन् । ‘मैले सबै कुरा बुझेको छैन तर अनुगमनका क्रममा अधिकांश कुरा बुझ्दैछु,’ उनले भने, ‘मन्त्रालयका अतिरिक्त सचिवहरूलाई विभिन्न समिति गठन गरि काममा खटाएका छु ।’ नेपालमा औषधिको गुणस्तर, फार्मेसीको बेथितिको सुधारका लागि आफूले काम गरिरहेको उनको भनाई थियो। ‘बेडहरू नपाउने समस्या अन्त्य गर्नेदेखि बीमाको कार्यान्वयन गर्न टिम बनाएर काम अघि बढाएका छौँ,’ उनले भने, ‘औषधिको शुल्क निर्धारण समिति बनिसकेको…

विस्तृतमा...

काठमाडौं : चितवनमा गत वर्ष साउनदेखि हालसम्ममा एक हजार सात सय ७१ जनामा डेंगु सङ्क्रमण देखिएको छ । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका ती बिरामीमा डेंगुको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार २३ हजार पाँच सय ७१ जनाको परीक्षणका क्रममा एक हजार सात सय ७१ मा डेंगु सङ्क्रमण भेटिएको हो । सङ्क्रमितमध्ये एक हजार दुई सय ६८ जना चितवनका बासिन्दा हुन्। तीमध्ये ६ सय ६५ पुरुष र ६ सय तीन महिला रहेका छन् । यस्तै, ठेगना नखुलेका एक सय ३८ र चितवनबाहेकका जिल्लाबाट उपचार गर्न आएका तीन सय ६५ जनामा डेंगु सङ्क्रमण…

विस्तृतमा...

डेङ्गु रोग डेङ्गी भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । एडिज जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को पछिल्लो तथ्याङ्कअनुसार यही जुन १ देखि २८ सम्म ७२ जिल्लामा डेङ्गु सङ्क्रमण पुगिसकेको अवस्था छ। डेङ्गु सङ्क्रमणको अवस्था, रोकथाम तथा नियन्त्रणमा सरकारको तयारी लगायतका विषयमा इडिसिडीका निर्देशक डा यदुचन्द्र घिमिरेसँग गरेको कुराकानीको सम्पादित अंश: डेङ्गु देखिन सुरु भइसकेको छ, अहिले सङ्क्रमणको अवस्था के छ ?नेपालमा पहिलोपटक सन् २००४ मा डेङ्गु देखिएको हो । पछिल्लो ट्रेन्डअनुसार दुई तीन वर्षमा महामारीका रुपमा देखिँदै आएको छ। डेङ्गु सङ्क्रमित लामखुट्टेका माध्यमबाट स्वस्थ्य मानिसलाई टोक्दा यो…

विस्तृतमा...