

काठमाडौं : कान्तिपुर डेन्टल कलेज बसुन्धराले न्यूरोमस्कुलर डेन्टिष्ट्री विभागबाट सेवा सुरु गरेको छ । पाँचवटा विभागसहित दाँतसम्बन्धी सम्पूर्ण सेवाहरुलाई एकीकृत गरी न्यूरोमस्कुलर डेन्टिष्ट्री विभाग स्थापना गरिएको हो ।
विभागले यी समस्याहरुको शल्यक्रिया तथा विना शल्यक्रिया मार्फत् उपचार गर्नेछ । न्यूरोमस्कुलर डेन्टिष्ट्री विभागले अनुहारको हाड जोनीको समस्या, मोटोपन वा अन्य कारण घुर्ने समस्या, टाउको अनुहार दुख्ने समस्या, दाँत एवं अनुहारको आकृती नमिलेको समस्या तथा खेलकुद सम्बन्धी दन्त चिकित्सा जस्ता समस्याहरुको लागि बिना शल्यकृया वा शल्यकृयाद्वारा सेवा दिने कलेजका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले बताए ।

डेन्टिष्ट्री विभागमा अन्तरराष्ट्रिय स्तरमै ख्यातिप्राप्त चिकित्सकहरुबाट सेवा दिइने उनले बताए । दन्त चिकित्सकहरु डा. अंकित शाह, डा. प्रतिक्षा श्रेष्ठ, वरिष्ठ क्रेनियोफेसियल सर्जन डा. सुमित सिंह, राइट बाइटका संस्थापक डा. राजेश रबिन्दनाथनलगायत आवद्ध रहेको डा श्रेष्ठले बताए ।
विभागले क्रेनियोफेसियल सर्जरी, नाक कान घाँटी, स्लिप मेडिसिन, न्युरोलोजी, अर्थोडोन्टिक्स लगायतका विभागहरुबाट प्रदान गरिने सेवा एउटै छातामुनिबाट दिइने जनाएको छ ।
नेपालमा करिब १० जनामध्ये चार जनामा अनुहारको हाडजोर्नीसम्बन्धी (टीएमजे) को समस्या देखिने गरेको छ ।



