Aricle Tech

कञ्चनपुर : प्रतिबन्धित रसायन ‘कार्बाइड’ हालेर पकाएको आँप बजारमा बिक्री वितरण गरेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सक्रियतामा आँप बरामद गरी आज नष्ट गरिएको छ । महेन्द्रनगर बजारमा प्रतिबन्धित रसायन हालेर पकाएका आँपको स्थानीय प्रशासनले बजार अनुगमन गरेसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले पाँच हजार सात सय ८० किलोग्राम आँप बरामद गरेको थियो । खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य अनुसन्धान अधिकृत हरिसिंह बोहराले महेन्द्रनगर बजार क्षेत्रबाट बरामद गरिएका आँप नष्ट गरिएको जानकारी दिए । भारतीय बजारबाट ल्याएका प्रतिबन्धित रसायन हालेर पकाएका आँप बिक्री वितरण भइरहेको सूचनाका आधारमा अनुगमन टोलीले आँप बरामद गरेको थियो । कञ्चनपुरका प्रमुख जिल्ला…

विस्तृतमा...

लन्डन : विश्वको सबैभन्दा पुरानो शल्य चिकित्सा संस्थान एडिनवर्गस्थित रोयल कलेज अफ सर्जनबाट दुई नेपाली शल्य चिकित्सकले अवार्ड पाएका छन् । डा. कमल अर्यालले फेलो अफ फ्याकल्टी अफ सर्जिकल ट्रेनर्स (एफएफएसटिइडी) अवार्ड र डा. भगवान कोइरालाले रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्ग (एफआरसीएसइडी) को फेलो अवार्ड प्राप्त गरेका हुन् । जुन २८ मा एडिनबर्गको रोयल कलेज अफ सर्जन अफ एडिनबर्गमा आयोजित एक समारोहबीच उनीहरुलाई अवार्ड दिइएको थियो । एडिनबर्गको रोयल कलेज अफ सर्जन्स सन् १५०५ मा स्थापना भएको विश्वकै सबैभन्दा पुरानो सर्जन प्रशिक्षण संस्थान हो ।

विस्तृतमा...

काठमाडौँ : सरकारले कोरोना भाइरसको कोरोनाविरुद्ध खोप ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप आज कतार एयरवेजमार्फत ल्याएको हो । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले आज ४६ हजार ८० हजार मात्रा खोप ल्याइएको जानकारी दिए । नेपालमा गत जेठमा नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी४’ देखिएसँगै सरकारले खोप ल्याएको हो । उनले आजदेखि नियमित रुपमा पाँच दिनसम्म कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइने बताए । उनले उक्त खोप विदेश जाने, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस, दीर्घरोगी, ज्येष्ठ नागरिक, गर्भवती र स्वास्थ्यकर्मीलाई लगाइने…

विस्तृतमा...

बैतडीः सुदूरपश्चिम प्रदेशमा डेङ्गु र स्क्रबटाइफसका बिरामी बढेपछि त्यसविरुद्ध अभियान थालिएको छ। गएको माघयता एक सय १६ जनामा डेङ्गु तथा चार सय नौजनामा स्क्रबटाइफस सङ्क्रमण पुष्टि भएपछि प्रदेश सरकारले अभियान थालेको हो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा सबैभन्दा बढी स्क्रबटाइफसका बिरामी डडेल्धुरामा एक सय ९१ जना छन्। कैलालीमा ८२, अछाममा ४७, दार्चुलामा ३२, डोटीमा २५, कञ्चनपुरमा १७, बैतडीमा सात, बझाङमा सात र बाजुरामा एकजना सङ्क्रमितको अभिलेखीकरण भएको छ । यसैगरी, डोटीमा २७, कञ्चनपुरमा २६, अछाममा २३, कैलालीमा १९, बाजुरामा १२, बझाङमा पाँच, दार्चुलामा तीन, डडेल्धुरामा एकजनामा डेङ्गु सङ्क्रमण फेला परेको छ। बर्सात सुरु भएसँगै डेङ्गु र स्क्रबटाइफसका बिरामी…

विस्तृतमा...

कैलाली : धनगढीस्थित नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रमा रगतको मौज्दात घट्दै जाँदा रगत अभाव हुँदै गएको छ । केन्द्रका प्रमुख धरणीधर पन्तका अनुसार कुनै बिरामीले आकस्मिक रुपमा रगत माग गरेमा तत्काल पाउने अवस्था छैन । सुदूरपश्चिमका पहाडी जिल्लाबाट विभिन्न रोगका बिरामी उपचारका लागि धनगढीमा आउने गरेका छन् । उपचार गर्न अस्पताल भर्ना भएका बिरामीका आफन्तले रगतको खोजीमा सास्ती खेप्नु परेको छ । पछिल्लोपटक जिल्लामा रक्तदान कार्यक्रम पनि कम हुन थालेका छन् । हरेक वर्ष गर्मीयाममा रगत अभाव हुने गरेको प्रमुख पन्तले बताए । ‘रक्त सञ्चार केन्द्रका अनुसार ‘ए पोजेटिभ’ समूहको रगतको अभाव तुलनात्मक रूपमा बढी देखिएको छ…

विस्तृतमा...

पर्वत : जिल्लाको जलजला गाउँपालिका–७ धाइरिङकी ८१ वर्षीया वृद्धालाई आफूमा आङ खस्ने (पाठेघर खस्ने) समस्या रहेको शनिबार मात्रै थाहा भयो । केहीवर्ष अगाडिदेखि नै उनीमा उक्त समस्या रहेको कुरा चिकित्सकले पत्ता लगाएका हुन् । यसअघि आफूमा भएको समस्या पत्ता लगाउन सदरमुकामस्थित अस्पतालमा जाने सम्भावना पनि नभएकाले थाहा नभएको वृद्ध बताउँछिन् । महिलामा पाठेघरको मुख र स्तनमा हुने क्यान्सरलाई न्यूनीकरण गर्ने प्रयास भइरहेका छन् । सहरी क्षेत्रमा बसोबास गर्नेको स्वास्थ्य सेवामा सहज पहुँच पाउने भए पनि ग्रामीण क्षेत्रका महिला यसबारे त्यति सचेत छैनन्। बिरामी नै परेपछि मात्रै स्वास्थ्य संस्थामा जाने प्रचलनले पनि महिलामा पाठेघर र स्तन क्यान्सर गहिरिइरहेको पर्वत अस्पतालकी स्त्री…

विस्तृतमा...

काठमाडौं : ललितपुरको बिएण्डबी अस्पतालमा नेपालमै पहिलोपटक सफल रोबोटिक सर्जरी भएको छ । सो अस्पतालमा एकै दिनमा तीनवटा रोबोटिक सर्जरी भएको हो । वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर नुतन शर्माले नेपालमा पहिलोपटक रोबोटबाट ३ जना महिलाहरूको एकैदिन शल्यक्रिया गरेकी हुन् । ल्याप्रोस्कोपिक सर्जन तथा आइभिएफ विशेषज्ञसमेत रहेकी शर्माले रोबोटक प्रक्रियाबाट एकजना ५२ वर्षकी महिलाको पाठेघर, ३१ वर्षीया महिलाको ओभरीको सिष्ट र अर्की ३४ वर्षकी एक महिलाको पाठेघरको ट्युमर निकालेकी हुन् । नेपालमा पहिलोपटक रोबोटिक सर्जरी भइरहँदा भारतको मोरदावादस्थित एपेक्स अस्पतालकी निर्देशक डाक्टर लीना मेहरोटाले स्क्रिन सेयर गरेर अनुगमन गरिरहेकी थिइन् । रोबोटिक सर्जरी गरिएका तीनैजना बिरामीलाई अस्पतालले डिस्चार्ज…

विस्तृतमा...

काठमाडौं : औषधी व्यवस्था विभागले विभिन्न ८ वटा औषधि विक्रिवितरणमा रोक लगाएको छ । सरकार आधिकारिक निकायमा दर्ता नभएको भन्दै रोक लगाएको हो । ती औषधिहरुको गुणस्तरका बारेमा औषधि सल्लाहकार समितिबाट सिफारिस प्राप्त नहुँदासम्मको रोक लगाएको हो ।

विस्तृतमा...

काठमाडौं : नेपालमा मस्तिष्क मृत्यु भएकाको अङ्गदानबाट १३ जनाले स्वस्थ जीवन बिताइरहेका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक डा पुकारचन्द्र श्रेष्ठका अनुसार मिर्गाैला र कलेजो फेल भई केन्द्रमा उपचार गराउन आएकामध्ये मृतकको अङ्गदानबाट १० जनाको मिर्गाैला र तीन जनाको कलेजो प्रत्यारोपण गरिएको थियो । उनीहरू अहिले स्वस्थ जीवन बिताइरहेका छन् । प्रा डा श्रेष्ठले जीवित र मृत शरीरबाट निकालिएको मिर्गाैला, कलेजो र मुटु तथा अन्य अङ्ग एक हजार तीन सय जनामा प्रत्यारोपण गर्दा ९९ प्रतिशत सफल भएको बताए । नेपालमा अङ्ग प्रत्यारोपणको काम सन् २००८ मा वीर अस्पतालबाट भएको र शिक्षण अस्पतालबाट मिर्गाैला प्रत्यारोपणबाट सेवा सुरु…

विस्तृतमा...

काठमाडौं : डा. गोविन्द केसीले पूर्वनिर्धारित अनशन स्थगित गरेका छन् । आज (शुक्रबार) पत्रकार सम्मेलन गरी उनले शुभेच्छुकहरुको सल्लाह बमोजिम अनशन स्थगित गरिएको बताएका हुन् । दुर्गा प्रसाईँद्वारा सञ्चालित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिइएको भन्दै उनले न्यायाधीशद्वय डा.कुमार चुँडाल र सारङ्गा सुवेदीको राजीनामा माग गर्दै आएका छन् । न्यायाधीशद्वय चुँडाल र सुवेदीले राष्ट्रिय चिकित्सा शिक्षा ऐनविपरीत फैसला गरेको उनको आरोप छ । डा. केसीले मागहरु यथावत राख्दै अनशन स्थगित गरिएको बताए ।

विस्तृतमा...