किमाथाङ्का (सङ्खुवासभा): जिल्ला अस्पतालमा सामाजिक सेवा एकाइबाट दुई हजार बढीले निःशुल्क उपचार सेवा लिएका छन् । जिल्ला अस्पतालका सूचना अधिकारी शेखर खत्रीका अनुसार उपचारमा सामाजिक सेवा एकाइमार्फत ५० देखि शतप्रतिशतसम्म छुट प्राप्तिको प्रावधान छ । स्वास्थ्य बीमा गर्न नसक्ने विपन्न वर्गका बिरामी एकाइको सहयोगबाट लाभान्वित भएका छन् । एकाइमार्फत एकमा दुई हजार छ सय ३० जनाले सेवा लिएका छन् । सामाजिक सेवा एकाइमार्फत एक हजार सात सय ७२ जना ज्येष्ठ नागरिक, अति गरिब छ सय २२, लैङ्गिक हिंसापीडित ७८ र थुनुवा कैदी ४४, अपाङ्गता भएका ५१, असाहय २४ र अन्य ३१ जनासहित दुई हजार छ सय ३० जनाले उपचार सेवा…
Aricle Tech
प्युठान : प्युठानमा एकैघरका ३ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । गौमुखी गाउँपालिका-५ का ७१ वर्षीया लक्षमीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीय शिवकुमारी मल्ललाई हैजा पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए । जिल्ला अस्पताल प्युठानमा भएको परीक्षणमा ३ जनामा हैजा पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख जैसीले बताए । हैजाको संक्रमण देखिएका ३ सहित ५ जनाको जिल्ला अस्पतालमा र अन्यको गौमुखीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उता कैलालीका थप एक जनामा हैजा पुष्टि भएको छ । कैलालीमा पर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर १ का थप एक जनाका हैजा पुष्टि भएको हो ।…
बझाङ : बझाङमा जङ्गली च्याउ खाँदा दुुई जना बिरामी भएका छन् ।जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्राका २३ वर्षीय लोकेश कठायत र उनकी श्रीमती १८ वर्षीया उग्रतारा कठायत जङगली बिषालु च्याउ खाँदा बुुधवार बिरामी भएका थिए । च्याउ खाएर बिरामी भएकी उग्रतारको स्वास्थ्यमा सुुधार आएपनि लोकेशको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरु दुुवै जनालाई थप उपचारका लागि धनगढी पठाएको जिल्ला प्रहरी कार्याल बझाङका सुचना अधिकारी प्रहरी निरीक्षक किशोर जोशीले बताए ।
पर्वत : पछिल्लो एक सातायता पर्वत अस्पतालमा डेङ्गुका बिरामीको चाप बढेको छ । अस्पतालमा डेङ्गु र भाइरल ज्वरोका सरदर तीन सयभन्दा बढी बिरामी आउने गरेका छन् । अधिकांश बिरामीमा ज्वरो, रुघाखोकी, टाउको दुख्ने, बान्ता हुने लक्षण देखिएको छ भने सोही मात्रामा डेङ्गुका लक्षण देखिएका बिरामीको सङ्ख्यासमेत अत्यधिक रहेको छ । पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बास्तोलाका अनुसार पछिल्लो समय जटिल खालका डेङ्गुका बिरामी भेटिएका छन् । यस वर्ष पर्वत अस्पतालमा डेङ्गु पत्ता लागेका १० बिरामीमध्ये दुईजना गम्भीर छन् । डा बास्तोलाले भने“उनीहरूलाई भर्ना गरेरै उपचार गरिरहेका छौँ ”। वर्षासँगै बढेको अत्याधिक गर्मीका कारण पनि डेङ्गुका बिरामीको सङ्ख्या दिन प्रतिदिन…
काठमाडौं : अब नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्न लागिएको छ । चिकित्सा शिक्षा आयोगले यस विषयमा अध्ययन गरिरहेको छ । एउटा कार्यदलले दिएको प्रतिवेदन पारित गरेर आयोगले नर्सिङ शिक्षा अध्ययन अध्यापनसम्बन्धी मापदण्ड निर्माणलाई अन्तिम चरणमा पुर्याएको छ । आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीका अनुसार मापदण्डलाई अन्तिम निष्कर्षमा पुर्याउन यससँग सम्बन्धित विभिन्न निकायसँग छलफल भइरहेको छ । नर्सिङ शिक्षाको दायरा फराकिलो बनाउने विषयमा अध्ययन गर्न गत वर्ष आयोगले नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष प्रा. सरला केसीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले १२ कक्षा उत्तीर्ण गरेपछि मात्रै नर्सिङ विषयको पढाइ सञ्चालन गर्न उपयुक्त हुने सुझावसहितको प्रतिवेदन दिएको थियो ।…
दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञ चिकित्सकवाट युरोलोजी सेवा नियमीत रुपमा सञ्चालन भइरहेको छ । प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. जनार्दन पन्थीले विशेषज्ञबाट नै युरोलोजि सेवा नियमीत रहेको जानकारी दिए । पन्थीका अनुसार गएको असार ३० गतेबाट असिष्टेन्ट प्रोफेसर डा. सन्तोषकुमार झाले अस्पतालमा हाजिर भई सेवा नियमीतरुपमा दिइरहेको बताए । नोवेल मेडिकल कलेज विराटनगरमा लामोसमयदेखी कार्यरत रहेका झाँ हालै मात्रै प्रतिष्ठानमा आई साउन १६ गतेसम्म १७ वटा बढि मृगौलामा पत्थरी भएका बिरामीको दुरविन विधिबाट अप्रेसन भइसकेको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दिए । युरोलोजि सेवामा झाँ पुराना र अनुभवि चिकित्सक मानिन्छन् । युरोलोजि विशेषज्ञ झाँले मृगौलाको पथ्थरीको अप्रेसनसहीत…
काठमाडाैं : कोशी अस्पतालबाट एक जना कैदी फरार भएका छन् । पेटकाे बिरामी भएर उपचारका लागि अस्पताल भर्ना गरिएका कैदी २४ वर्षीय आर्यन मोहमद अहमद खान भएका हुन् । बिहीबार बिहान सवा ५ बजेतिर उनी अस्पतालबाट फरार भएका हुन् । उनी जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका थिए । शाौचालयबाट निस्किँदा प्रहरीलाई धकेल्दै लडाएर उनी फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्कीले बताए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । जबरजस्ती करणी मुद्दामा अहमदलाई जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते १२ वर्ष कैद र ५ लाख जरिवानाको फैसला गरेको थियो ।
चितवन : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरुलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन गरिएको छ । दुईजना नर्सलाई निलम्बन गरिएको छ भने दुई चिकित्सकसहित २३ जनासँग स्पष्टिकरण माग गरी सचेत गराइएको हो । अस्पतालमा उपचारका लागि आएका बिरामीलाई दिनुपर्ने भन्दा दश गुणा बढी किमोको मात्रा दिएपछि मृत्यु भएको थियो । बिरामीलाई तीन दशमलव चार मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि बिरामीको मृत्यु भएको देखिएको अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले बताए । अस्पतालले दिएको जानकारी अनुसार लमजुङको दोर्दीका ५० वर्षीय भक्तराज गुरुङको खुट्टामा छालाको क्यान्सर भएपछि उनको उपचार…
काठमाडाैं- नेपाली सेनाको नेपालगञ्जस्थित ४ नम्बर बाहिनी अड्डामा ठेउला (चिकेनपक्स) र डेंगुको आतंक फैलिएको छ । तीन दर्जन बढी सैन्यमा ठेउला देखिएको छ भने झण्डै आधा दर्जन सैन्यमा डेंगु संक्रमण पुष्टि भएको छ । उक्त बाहिनीमा सञ्चालित सैन्य आधार तालिममा संलग्न लालबहादुर धामी स्वास्थ्य समस्या भएपछि उपचारका लागि गत साउन ६ गते अस्पताल गएका थिए । ब्याच नम्बर ५४५६२ भएका उनको स्वास्थ्य परीक्षणका क्रममा ठेउला देखिएको हो । हाल उनी बाहिनीमा सञ्चालित अस्पतालको ‘आइसोलेशन’ मा उपचाररत छन् । उनलाई ठेउला संक्रमण भएपछि अस्पतालका निमित्त कमाण्डेण्ट महासेनानी इन्दु केसीको प्रत्यक्ष सहभागितामा १०५ जना सैन्यको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये…
काठमाडौँ : नेपालमा एक वर्षमा १५ जनासम्मको कलेजो प्रत्यारोपण हुने गरेको पाइएको छ । त्रिवि शिक्षण अस्पतालमा हालसम्म एकै दिनमा १५ जनाको सफल कलेजो प्रत्यारोपण भएको छ । त्रिवि शिक्षण अस्पतालमा हालसम्म १५ जनाको कलेजो प्रत्यारोपण भएको अस्पतालका कलेजो रोग विभाग प्रमुख तथा वरिष्ठ कलेजो प्रत्यारोपण सर्जन प्राडा रमेशसिंह भण्डारीले जानकारी दिए । डा भण्डारीले शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणका लागि कम्तीमा २५ देखि ३५ लाखसम्म खर्च लाग्ने गरेको जानकारी दिए । शिक्षण अस्पतालमा २०७६ सालदेखि कलेजो प्रत्यारोपण सुरु भएको हो । डा भण्डारीले नेपालमा वार्षिक ६० जनाको मात्र कलेजो प्रत्यारोपण हुन सके कलेजो फेल भएका कुनै पनि विरामीले विदेश गएर…

