काठमाडौं : अभिनेता शाहरुख खान स्वास्थ्यको समस्याले पीडित भएका छन् । उनको आँखामा समस्या देखिएको छ । जुलाई २९ मा मुम्बईको एक अस्पतालमा आँखाको सर्जरीको लागि उनी गए । तर, योजनाअनुसार त्यहाँ सर्जरी हुन सकेन । स्रोतले भन्यो- सुपरस्टारको आँखामा पुगेको क्षतिलाई कम गर्न र थप उपचारका लागि उनलाई अमेरिका लगिनेछ । उनी मंगलबार अमेरिका उड्ने जनाइएको छ । स्रोतले शाहरुखको आँखामा कस्तो समस्या भएको हो भन्ने त खुलाएन तर केही भारतीय संचारमाध्यमले शाहरुखको आँखामा मोतियाबिन्दु भएको हुनसक्ने समाचार लेखेका छन् । पछिल्लो समय शाहरुखको आँखामा समस्या आएको यो दोस्रोपटक हो । गतसाता अभिनेत्री जस्मिन भासिनले पनि लेन्स लगाएपछि आँखामा…
Aricle Tech
भक्तपुर : पछिल्लो समय क्यान्सर रोगका बिरामी वृद्धि भएसँगै भक्तपुर क्यान्सर अस्पतालले दोस्रो रेडियोथेरापी मेसिन जडान गरेर उपचार सुरु गरेको छ । यसअघि अस्पतालमा रहेको एक मात्रै मेसिनबाट लामो समय लगाएर क्यान्सरपीडितको रेडियोथेरापी गर्दै आएको थियो । अस्पतालले दुई वर्ष देखि यत्तिकै थन्किएर बसेको अनुदानको थेरापी मेसिनलाई आन्तरिक स्रोत जुटाएर जडान गरी अस्पतालका कार्यकारी निर्देशक डा. उज्जवल चालिसे नेतृत्वको प्रशासन तथा चिकित्सक टोलीले प्रयोगमा ल्याएको हो । उक्त रेडियोथेरापी मेसिन भारत सरकारले दुई वर्ष अघि अनुदानमा उपलब्ध गराए पनि तत्कालीन भक्तपुर अस्पतालको प्रशासनले स्रोत अभाव देखाएर प्रयोग ल्याउन सकेको थिएन। तर प्रमुख चालिसे अस्पतालको निमित्त कार्यकारी निर्देशक बनेर आएसँगै दोस्रो…
जनकपुरधाम : विवादका कारण केही दिनदेखि बन्द रहेको जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा सेवा सुरु गरिएको छ । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंह तथा राज्यमन्त्री केशव रायको समन्वयमा व्यवस्थापन पक्ष तथा आन्दोलनरत कर्मचारीसहित केही दिनदेखि भएको छलफल तथा बैठकपछि सेवा सञ्चालनमा आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा प्रमोद यादवले जानकारी दिए । शनिबारको बैठकले अस्पतालमा देखिएका समस्या र विवाद समाधानका लागि सचिव डा यादवको संयोजकत्वमा एक उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो । यसअघि जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.आशिष्…
धादिङ : होटलमा आएका ग्राहकलाई सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङको थाक्रे गाउँपालिका–८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटललाई रु दुई लाख जरिवाना गराइएको छ । खाजा तथा खाना खान होटल पुगेका ग्राहकले खाना बासी, गन्हाएको र दूषित रहेको भन्ने गुनासो गरेपछि होटल सञ्चालकले ती ग्राहकलाई गालीगलौज समेत गरेका जनाइएको छ । बिक्री गर्न पकाएर राखेको खानेकुरा बासी गन्हाइसकेको फेला पारेको र त्यहीँ खानेकुरा यात्रुलाई बिक्री गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना लगाइएको जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए । “उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ उपदफा २ (क) बमोजिम…
काठमाडाैं- आज साउन १५ अर्थात खीर खाने दिन । तीज, श्राद्ध, देवाली, ब्रतबन्ध, भोजभतेर जस्ता शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिइन्छ। शुद्ध, स्वास्थ्यवर्दक तथा खान सहज भएकै कारण बच्चाको अन्न खुवाई सुरुवात समेत खीर खान लगाएर गरिने प्रचलन छ । चामल, दूध, नरिवल, छोकडा र अन्य ड्राई फ्रुट्स, चिनी हालेर खीर बनाउने हाम्रो चलन छ। खीरको पोषण यसमा हालिने चिजले निर्धारण गर्छ। खीर उच्च क्यालोरी भएको खाना हो। दूध आफैँमा प्रोटिनको राम्रो स्रोत हो र यसमा फ्याटको मात्रा पनि हुन्छ। चामलमा कार्बोहाइड्रेट पाइन्छ। खीरमा हालिने अन्य सामग्रीले भिटामिन र मिनरल्स आपूर्ति गर्छ।…
बाजुरा : पानीपुरी र चटपटे खाँदा एकैपटक १२ जना बिरामी परेका छन् । जिल्लाको सदरमुकाम मार्तडीस्थित बडमिालिका नगरपालिका-८ नापी कार्यालय नजिकै मिना खातुन्ले सञ्चालन गरेको पानीपुरी र चटपटे पसलमा पानीपुरी र चटपटे खाएपछि एकैपटक १२ जना बिरामी भएका हुन् । उनीहरू जिल्ला अस्पताल बाजुराको आकस्मिक कक्षमा भर्ना भएका छन् । बिरामी सबैजनामा वान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने, पेट दुख्ने लक्षण देखा परेको चिकित्सकले बताएका छन् । बिरामीमध्ये कसैले पानीपुरी खाएको र कसैले सोही पसलमा चटपटे खाएपछि यस्तो लक्षण देखा परेको बताएको चिकित्सकको भनाई छ । सोमबार पानीपुरी र चटपटे खाएपछि आफुलाई रातभरी वान्ता र पखाला चलेको जिल्ला अस्पताल बाजुराको आकस्मिक कक्षमा उपचाररत सरिता…
दमौली (तनहुँ) : तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा पाठेघर फाल्ने शल्यक्रिया सेवा सुरु भएको छ । अस्पतालले आइतबारदेखि पहिलोपटक उक्त सेवा सुरु गरेको हो । व्यास नगरपालिका निवासी एक महिलाको पाठेघरको शल्यक्रिया गरिएको दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए । अस्पतालका प्रसूति विशेषज्ञ डा कुमार विष्टको समूहले ती महिलाको पाठेघर फाल्ने शल्यक्रिया गरेका हुन् । अस्पतालमा यो सेवा सुरु भएसँगै दमौली तथा आसपासका भेगका महिलालाई सहज हुने बरालको भनाइ छ । उनले भने, “यसअघि यस सेवाका लागि पोखरा, चितवन वा अन्यत्रै जानुपथ्र्यो, अब यहीँ यो सेवा नियमित रुपमा सञ्चालन हुनेछ ।” पन्ध्र शय्यामा स्वीकृत अस्पतालले हाल ५० शय्याबाट सेवा…
चितवन : यहाँको भरतपुर अस्पतालमा अर्थोपेडिक विभागमा आज दुई सय ५० जनाले मात्रै बहिरङ्ग सेवामा टिकट काट्न पाउने भएका छन् । सोभन्दा बढी सेवाग्राहीले टिकट नपाउने अवस्था रहेको अस्पताल प्रशसानले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले आज बिहान मातहतका कर्मचारीलाई आज दुई सय ५० भन्दा बढीको टिकट नकाट्न निर्देशन दिए । उनले भने, “हिजो टिकट काटेका एक सयभन्दा बढी बिरामी उपचार नलिई फर्किनु प¥यो, सेवा नलिई बिरामीलाई फर्काउनुभन्दा क्षमताअनुसार मात्रै टिकट उपलब्ध गराउनु उपयुक्त हुन्छ ।” स्वास्थ्य बीमाको नियमअनुसार टिकट काटेको दिनमा मात्रै उक्त टिकटबाट सेवा लिन सकिन्छ । अर्को दिन आउँदा नयाँ टिकट लिनुपर्ने हुन्छ ।…
गलकोट (बागलुङ) : बागलुङ नगरपालिका–८ सिगाना स्थित सिगाना स्वास्थ्यचौकी पहिरोको उच्च जोखिममा परेको छ । भिरालो जग्गामा जोखिम मूल्याङ्कन नगरी भवन निर्माण गरिएको थियो । जमिन भासिँदा र पहिरो जाँदा स्वास्थ्यचौकी भवन जोखिममा परेको स्वास्थ्यचौकी संरक्षण उपभोक्ता अनुगमन समितिका संयोजक यज्ञराज गौतमले जानकारी दिए । “स्वास्थ्यचौकी भवन नजिकै पानीको मूल छ, निर्माण गर्दा फालेको माटो र पानी तर्काउन नसक्दा बर्सेनि पहिरो बढेर गयो, लाखौँको स्वास्थ्यचौकी जोगाउन करोडौँ खर्च गर्नुपर्ने देखियो, हालसम्म पहिरो रोकथामका लागि ५० लाख खर्च भइसकेको छ”, उनले भने, “पहिरो रोकथामा लागि लगाइएको पक्की पर्खालले पूर्णता नपाउँदा यसपटक स्वास्थ्यचौकीको प्राङ्गण नै कोल्टे परेको छ ।” अघिल्लो आर्थिक वर्षको…
काठमाडौँ : काठमाडौँ उपत्यकामा सञ्चालन गरिएको पोलियो रोगविरुद्धको विशेष खोप अभियान यही साउन १५ गतेसम्म सञ्चालन हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको खोप विशेष अभियान स्थानीय तहको माग भएपछि थप तीन दिनसम्म जारी राख्ने निर्णय भएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमले जानकारी दिए । बालबालिकालाई मुखबाट खुवाइने ‘ओपिभी’ खोप खुवाउन थालिएको हो । टुकुचा खोला र वाग्मती नदीको सङ्गमस्थल टेकुमा पोलियो जीवाणु भेटिएपछि काठमाडौँ उपत्यकामा खोप अभियान सञ्चालन गरिएको थियो । उनले अहिलेसम्म लक्ष्यभन्दा पनि बढी बालबालिकालाई खोप लगाइएको बताए । करिब दुई लाख ८० हजार बालबालिकालाई खोप खुवाउने लक्ष्य…

