

काठमाडाैं : कोशी अस्पतालबाट एक जना कैदी फरार भएका छन् । पेटकाे बिरामी भएर उपचारका लागि अस्पताल भर्ना गरिएका कैदी २४ वर्षीय आर्यन मोहमद अहमद खान भएका हुन् ।
बिहीबार बिहान सवा ५ बजेतिर उनी अस्पतालबाट फरार भएका हुन् । उनी जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका थिए ।
शाौचालयबाट निस्किँदा प्रहरीलाई धकेल्दै लडाएर उनी फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्कीले बताए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
जबरजस्ती करणी मुद्दामा अहमदलाई जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते १२ वर्ष कैद र ५ लाख जरिवानाको फैसला गरेको थियो ।