
काठमाडौँ : नेपालमा एक वर्षमा १५ जनासम्मको कलेजो प्रत्यारोपण हुने गरेको पाइएको छ । त्रिवि शिक्षण अस्पतालमा हालसम्म एकै दिनमा १५ जनाको सफल कलेजो प्रत्यारोपण भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा हालसम्म १५ जनाको कलेजो प्रत्यारोपण भएको अस्पतालका कलेजो रोग विभाग प्रमुख तथा वरिष्ठ कलेजो प्रत्यारोपण सर्जन प्राडा रमेशसिंह भण्डारीले जानकारी दिए ।
डा भण्डारीले शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणका लागि कम्तीमा २५ देखि ३५ लाखसम्म खर्च लाग्ने गरेको जानकारी दिए । शिक्षण अस्पतालमा २०७६ सालदेखि कलेजो प्रत्यारोपण सुरु भएको हो ।
डा भण्डारीले नेपालमा वार्षिक ६० जनाको मात्र कलेजो प्रत्यारोपण हुन सके कलेजो फेल भएका कुनै पनि विरामीले विदेश गएर प्रत्यारोपण गराउनुपर्ने बाध्यता नहुने बताए ।