काठमाडाैं : अमेरिकामा एक नेपाली नर्स ६ दिनदेखि बेपत्ता छिन् । भर्जिनिया बस्दै आएकी ममता काफ्ले भट्टको गत बिहीबारदेखि बेपत्ता भएकी हुन् । अमेरिकामा बस्दै आएका सानुबाबु सिलवालले भर्जिनियाको मनाससमा बस्दै आएकी ममताको खोजीका लागि सबैलाई अनुरोध गरेका छन् । उनले घरायसी तनाव र श्रीमानसँगको झगडाको कारण ममताले घर छाडेको आशंका गरेका छन् ।
Aricle Tech
प्रत्येक वर्ष १ अगस्तदेखि ७ अगस्तसम्म मनाइने ‘विश्व स्तनपान सप्ताह’ नेपालमा पनि विभिन्न सरकारी, गैरसरकारी निकायहरुले मनाइरहेका छन् । विश्वका एक सय २० भन्दा बढी देशहरुमा स्तनपान सप्ताहलाई उत्सवका रुपमा मनाउने गरिन्छ । नेपालमा पनि यो वर्ष साउन १७ देखि साउन २२ (१ अगस्त देखि ७ अगस्त २०२४) सम्म विश्व स्तनपान सप्ताह मनाइँदैछ । वल्र्ड अलायन्स फर ब्रेस्टफिडिङ एक्सन, विश्व स्वास्थ्य सङ्गठन र युनिसेफले एकसाथ जीवनको पहिलो छ महिनाका लागि पूर्ण स्तनपानलाई बढावा दिने लक्ष्य लिएर यो दिवस साताव्यापी रूपमा मनाउने गरिएको छ । यो उत्सवको उद्देश्य नयाँ आमाबुबाहरूबीच जागरुकता पैदा गर्न र संसारभरमा शिशु स्वास्थ्यमा सुधार गर्नु हो ।…
कैलाली : ओपिडी सेवा मात्रै सञ्चालनमा रहेको कैलालीको गेटा अस्पतालमा भदौदेखि बिरामी नै भर्ना गरेर उपचार गरिने भएको हो । फिजियोथेरापी र अल्ट्रासाउन्ड सेवा सञ्चालनमा रहेको गेटामा भदौबाट इन्डोस्कोपी र इको कार्डियोग्राफी सेवा तथा प्रयोगशाला सेवा समेत विस्तार हुने भएको छ । गेटा अस्पतालले प्रदेशमै पहिलो पटक स्तन क्यान्सरको उपचार सुरू गर्ने भएको छ । भदौबाट अस्पतालमा मेमोग्राफी अर्थात् स्तन क्यान्सरको उपचार सेवा सुरू हुने अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले बताए। भदौबाट नै मध्यम किसिमको शल्यक्रिया सेवासमेत सुरू हुने भएको अस्पतालका सूचना अधिकारी कार्कीले बताए । गेटा अस्पताल सञ्चालन गर्न संघीय सरकारले १४१ जनाको दरबन्दी स्वीकृत गरेको छ । हाल…
काठमाडौँ : काठमाडौँ, ललितपुर, कैलाली र प्युठानमा गरी हालसम्म ३० जनामा हैजाको संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ललितपुरमा १९ जना, कैलालीमा ८ जना, काठमाडौँमा एक जना र प्युठानका २ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । महाशाखाका अनुसार ललितपुरको गोदावरी नगरपालिका–१४ का १० जनालाई हैजा पुष्टि भएको छ भने ललितपुरकै इमाडोल, ग्वार्को, चापागाउँ लगायत विभिन्न स्थानका ९ जनामा हैजा संक्रमण देखिएको छ । यता, काठमाडौँको टोखा नगरपालिकाका १ जना, कैलालीको धनगढी उपमहानगरपालिका–१ का ८ जना र प्युठानका २ जनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।
वीरगञ्ज : प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय वीरगञ्जमा गत आर्थिक वर्षमा उपचार गर्ने बिरामीको सङ्ख्या अघिल्लो वर्षभन्दा तीन गुणाले वृद्धि भएको छ। कार्यालयले आर्युर्वेेद र वैकल्पिक चिकित्सासम्बन्धी विभिन्न रोगको सेवा थप गरेसँगै यहाँ बिरामीको सङ्ख्या बढेको हो । आव २०८०/८१ मा ५५ हजार एक सय ७६ जना बिरामीले उपचार गराएका छन् । जबकी आव २०७९/८० मा १७ हजार छ सय २९ जना बिरामीले उपचार गराएका थिए । चिकित्सालय प्रमुख डा शिवनारायणप्रसाद गुप्ताले कार्यालयले नयाँ सेवा थप गरेसँगै अघिल्लो वर्षको तुलनामा तीन गुणा धेरैले उपचार पाएको जानकारी दिए। ‘‘हामीले प्रदेश कार्यालयले तोकेका भन्दा धेरै खालका उपचार सेवा बिरामीलाई उपलब्ध गराउँदै आइरहेका…
काठमाडौँ : डेंगु सङ्क्रमणबाट एक जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा गोकर्ण दाहालले एक जना डेंगु सङ्क्रमितको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ७३ जिल्लाबाट दुई हजार ३६५ जनामा डेंगु पुष्टि भएको छ । इडिसिडीको तथ्याङ्कअनुसार कर्णाली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी चार जिल्लामा डेंगु पुष्टि भएको छैन । डेंगु सङ्क्रमण सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ७४७, कोशी प्रदेशमा ५३७ जनामा डेंगु पुष्टि भएको छ । त्यसै गरी, गण्डकी प्रदेशमा ५०८, लुम्बिनी प्रदेशमा २४७, सुदूरपश्चिममा २४२, मधेस प्रदेशमा ४६ र…
काठमाडौँ : नेपालमा पहिलाे पटक अन्तर्राष्ट्रिय परम्परागत चिनियाँ औषधी पुनर्स्थापना तथा उपचार केन्द्रको आइतबार उद्घाटन गरिएको छ । नेपालको भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालनमा आएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नेपालका लागि चिनियाँ राजदूत चेन सोङले लम्बरको समस्या भएका एकजना बिरामीले ३० डिग्रीसम्म कम्मर मात्र झुकाउन सक्ने र उपचारपछि ९० डिग्रीसम्म आफ्नो ढाडलाई सिधा समात्न सक्ने भएकाले स्थानीय जनतामा अकुपंक्चर उपचार लोकप्रिय भएको स्मरण गराए । विगत २५ वर्षमा नेपाली चिकित्सकसँगै नेपाली जनताको स्वास्थ्य सुधारका लागि मेमोरियल क्यान्सर अस्पतालमा २५० भन्दा बढी चिनियाँ चिकित्सक टोली पठाइएको चेनले बताए । सन् १९९८ को डिसेम्बरमा नेपाललाई हस्तान्तरण गरेदेखि…
काठमाडौँ : सरकारले डेंगु नियन्त्रणका लागि सरकारले ‘लामखुट्टेको बासस्थान खोजी नष्ट’ अभियान र डेंगुबाट हुने मृत्युलाई शून्यमा कायम राख्न कार्य गर्दै आएको छ । त्यसकै लागि सरकारले ‘लामखुट्टेको बासस्थान खोजी नष्ट’ अभियानका लागि ७ करोड ९८ लाख रकम विनियोजन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार स्थानीय तहमार्फत बहु–निकायको सहकार्यमा खोज तथा नष्ट अभियानलाई सञ्चालन गर्न चालु आर्थिक वर्षका लागि स्थानीय तहमा ७ करोड ९८ लाख रकम विनियोजन गरिएको हो । ७७ वटै जिल्लामा करिब २ करोड बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । सरकारी पछिल्लो तथ्याङ्क अनुसार मुस्ताङ, डोल्पा, हुम्ला र जुम्ला बाहेक ७३ वटा जिल्लाका…
हुम्ला : जिल्ला अस्पताल हुम्लाले गत आर्थिक वर्षमा १५ हजार छ सय ४० जना बिरामीलाई सेवा दिएको जनाएको छ । अस्पतालबाट हाल सामान्यदेखि जटिल गरी करिब २७ किसिमका रोगको उपचार गराइरहेको छ । बहिरङ्ग (ओपिडी) सेवामा १३ हजार सात सय ६१ र इमर्जेन्सीमा एक हजार एक सय ९२ जनाले सेवा लिएका जिल्ला अस्पतालका मेडिकल सुपरभाइजर दुर्गाबहादुर श्रेष्ठले बताउनुभयो । अन्तरङ्ग सेवा (बिरामी भर्ना) मा नौ सय ९९ रहेका जनाउँदै छ सय ८७ जना सिधैँ भर्ना भई उपचारमा रहेका उनले बताए । भर्ना हुन आउने अन्य ओपिडी तथा इमर्जेन्सी बार्डबाट सिफारिस भएका हुन् । अस्पतालले ओपिडी, इमर्जेन्सी र भर्नासमेतबाट सिफारिस भई…
दमौल : तनहुँको आँबुखैरेनी अस्पतालमा शल्यक्रियाकक्ष तयार पारिएको छ। विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाइएको थियो । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित सो अस्पतालले छिट्टै शल्यक्रिया सेवा दिने तयारी समेत गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले साेमबार शल्यक्रियाकक्षको साेमबार शुभारम्भ गर्दै अस्पतालको थप स्तरोन्नति र विकासका लागि संघीय सरकारको सहयोग रहने जानकारी दिए । उनले गाउँपालिकाले पालिकास्तरीय अस्पताल सञ्चालन गरेर यस भेगका जनतालाई दिएको सेवा सकारात्मक रहेकाे बताए । अस्पतालका प्रमुख डा डिबी क्षेत्रीले गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको सहयोगमा शल्यक्रियाकक्षका लागि आवश्यक बत्ती, शय्या र इलेक्ट्रोकाउट्री मेसिन प्राप्त भएको जानकारी दिए…

