Aricle Tech

काठमाडौँ : भक्तपुर क्यान्सर अस्पतालमा दुई सिफ्टमा ओपिडी र क्युआर प्रणाली सुरु भएको छ। अस्पतालका कार्यकारी निर्देशक डा उज्वल चालिसेका अनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दिएको निर्देशन अनुसार उक्त सेवा सुरु भएको हो । अस्पतालले साउनको पहिलो साताबाट टोकन प्रणालीबाट सेवा, अनलाइन अपोइटमेन्ट,शल्यक्रिया कक्ष बढाएर ५ बनाएको छ । अस्पतालमा ३ वटा मात्रै शल्यक्रियाका कक्ष हुँदा शल्यक्रियाका लागि १ महिनासम्म कुर्नुपर्ने अवस्था रहेकोमा आगामी दिनमा त्यस्तो अवस्थाको अन्त्य हुने निर्देशक चालिसे बताउँछन् । प्राय जसो सधै भीड हुने अस्पतालको रेडियोथेरापी सेवालाई सहज बनाउनका लागि रेडियोथेरापी मेसिन थपिएको छ । योसँगै रेडियोथेरापी सेवाका लागि महिनौं कुर्नुपर्ने अवस्था अन्त्य भएको डा…

विस्तृतमा...

काठमाडौं : मुलुकभर हैजा सङ्क्रमितको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २७ पुगेको हो । सबैभन्दा बढी ललितपुरमा १६ र काठमाडौँमा एक गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । यसैगरी कैलालीमा ८ र प्युठानमा दुई जनालाई हैजा पुष्टि भएको छ । भक्तपुर चाँगुनारायणका एक जनालाई हैजा पुष्टि भए पनि उनको ललितपुरमै गणना गरिएको छ ।

विस्तृतमा...

काठमाडौं : नेपाल मेडिकल काउन्सिलले शुक्रबार र शनिबार लिएको चिकित्सकको विशेष परीक्षाको नतिजा प्रकाशित भएको छ । काउन्सिलका अनुसार यसपटक ९१.४५ प्रतिशत उत्तीर्ण भएका छन् । काउन्सिलका रजिष्ट्रार डा.सतिशकुमार देवका अनुसार कुल ९७० जनाले फारम भरे पनि ९६६ जना सहभागी थिए । ती मध्ये ८७८ जना (९१.४५ प्रतिशत) उत्तीर्ण भएका छन् । ६ जनाको नतिजा विथहेल्डमा राखिएको छ ।

विस्तृतमा...

काठमाडौं : मुलुकभर हैजाबाट संक्रमित हुनेक्रम बढिरहेको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकनुसार यस वर्ष हालसम्म मुलुकभर २५ जनामा हैजा पुष्टि भएको छ । हैजाका बिरामीमध्ये ललितपुरमा मात्रै १६ जना छन् । काठमाडौंमा एक र कैलालीको धनगढीमा आठ जनामा हैजा संक्रमण देखिएको छ । ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित एक पुनस्र्थापना केन्द्रमा, इमाडोलमा र काठमाडौंको टोखा क्षेत्रमा गरी काठमाडौं उपत्यकामा १७ जनामा हैजा पाइएको हो । त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–१ का दुई जना तथा अन्य बस्ती बाक्लो भएको स्थानमा नमुना परीक्षण गर्दा ६ जनामा हैजा संक्रमण देखिएको हो । हैजा देखिएका स्थानमा निगरानी भइरहेको महाशाखाले जनाएको छ ।…

विस्तृतमा...

टीकापुर (कैलाली) : स्थानीय वीरमा गुरुङका सासूबुहारी गत शुक्रबार दूधे बालिका लिएर टीकापुरस्थित इलाका प्रशासन कार्यालयमा गएको थियो, त्यहाँ स्तनपानकक्ष नहुँदा बुहारीले पाँच घण्टासम्म नातिनीलाई दूध खुवाउन नपाएको वीरमाले गुनासो गरे । “काम विशेषले त्यहाँ गएका त्यहाँ थियौँ, सेवाग्राहीको चाप थियो, बच्चालाई दूध चुसाउने ठाउँ पाइएन”, उनले भने, “वरिपरिका खाजा पसलमा पनि भीड थियो, नानीले पाँच घण्टासम्म दूध खान पाइन, साह्रै पीडा भयो,” उनले दुःख पोखे । टीकापुरकै रिमा थापा चार महिनाको बच्चा लिएर बिहीबार बिहान टीकापुर अस्पतालमा पुगेको थियो । बच्चालाई लाइनमा बसेर उपचार गर्दा घण्टौँ लाग्यो । सयौँ बिरामीको भीड हुने अस्पतालमा स्तनपानकक्ष नभएकाले उनले पनि बच्चालाई सहज…

विस्तृतमा...

काठमाडाैं : यस वर्षसम्म मंकिपक्स मामिलाहरू १६० प्रतिशतले बढेको अफ्रिकाका विभिन्न अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले बताएका छन् । मंकिपक्स भाइरसको कारणले सर्ने र मानिस तथा जनावरहरूमा देखापर्ने सङ्क्रामक रोग हो। यो रोग लागेमा ज्वरो आउने, लसिका ग्रन्थीहरू सुन्निने, छालामा फोका देखापर्ने, र पाप्रा लाग्नेजस्ता लक्षणहरू देखिन्छन् । यो भाइरसको सङ्क्रमण कंगाेसहित १० अफ्रिकी देशहरूमा फेला परेको अफ्रिकी रोगथाम तथा नियन्त्रण केन्द्रले बुधबार जारी गरेको प्रतिवेदनमा भनिएको छ । कंगाेमा लगभग ७० प्रतिशत सङ्क्रमणहरू १५ वर्ष भन्दा कम उमेरका बालबालिकामा छन्। कंगाेमा मंकिपक्स सङ्क्रमित ८५ प्रतिशत व्यक्तिको मृत्यु भएको जनाइएको छ । यस वर्ष अहिलेसम्म १४ हजार २५० सङ्क्रमित…

विस्तृतमा...

नारायणगढ : चितवनको भरतपुर अस्पताल सर्पदंशको उपचारमा अब्बल देखिएको छ । देशको मध्य भागमा अवस्थित यस अस्पतालमा आसपासका विभिन्न जिल्लाका सर्पदंशका बिरामी उपचार गर्न यही अस्पतालमा आउने गरेका छन् ।  बर्खामा तराईमा बढीमात्रामा सर्पदंशको जोखिम रहने गर्दछ । भरतपुर अस्पतालको आकस्मिक कक्षका प्रमुख अलादीन मियाँका अनुसार २०८० साउनदेखि २०८१ असारसम्म तीन सय ७८ जनाको सर्पदंशको उपचार गरिएको छ । उनीहरुको उपचारमा सफलता प्राप्त भएको उनले बताए । यस वर्ष साउन महिनाको हालसम्ममा अस्पतालमा ७६ सर्पदंशका बिरामीको उपचार गरिएको छ ।  प्रमुख मियाँले भने, “नवलपुरका एक बालककोे उपचारका लागि ल्याउँदै गर्दा बाटोमे मृत्यु भयो । अस्पताल आइपुग्न ढिला हुँदा कतिपय बिरामीको…

विस्तृतमा...

काठमाडौँ : ललितपुरका थप दुई जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार २४ घण्टामा ललितपुरका दुई जनामा हैजा सङ्क्रमण पुष्टि भएको हो । योसँगै देशभर हैजा सङ्क्रमित सङ्ख्या २५ जना पुगेको छ । काठमाडौँ उपत्यकाका दुई जिल्ला काठमाडौँको टोखाका १ जनामा र ललितपुरका १६ जनामा हैजा सङ्क्रमण देखिएको ईडीसीडीले जनाएको छ । उता कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाको ८ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ ।

विस्तृतमा...

काठमाडौं, १९ साउन । चारसय वर्षको इतिहास बोकेको सिंहदरवार वैद्यखाना यतिबेला पुनर्जीवनका लागि संघर्षरत छ । दक्षिण एशियाकै प्रतिष्ठित र वैभवशाली संस्थाको यति तीव्र क्षयीकरण हुँदापनि सरकार र सरोकारवाला बुद्धिजिवी वर्ग मुकदर्शक बनेका छन् । प्रताप मल्लको पालामा सुरु भएको ऐतिहासिक संस्था राजनीतिक भर्तिकेन्द्र र अकर्मण्यताको शिकार बन्दै जाँदा अस्तित्व नै हराउने अवस्थामा पुगेको हो । पूर्वीय सभ्यताको एउटा धरोहर नै भत्किने अवस्थामा पुग्दैगर्दा वैद्यखाना चलाउने जिम्मेवारी पाएका आयुर्वेद व्यवस्था विभागका महानिर्देशक डा. प्रदीप केसीले सुधारका पाइलाहरु चालेको र परिणामहरु पनि देखिन थालेको बताएका छन् । मल्लकाल, राणाकाल र शाहकाल हुँदै गणतान्त्रिक व्यवस्थासम्म आउँदा वैद्यखानालाई राजनीतिक भर्तिकेन्द्र र अकर्मण्य व्यवस्थापनबाट…

विस्तृतमा...

भजनी : कैलालीको टीकापुर अस्पतालमा स्वास्थ्य उपचार सेवामा विस्तार भएसँगै उपचारका लागि अन्यत्र गएर स्वास्थ्य उपचार गर्नुपर्ने बाध्यता कम हुँदै गएको छ । अस्पतालमा विशेषज्ञ सेवा विस्तारसँगै उपचारका लागि नेपालगञ्ज, धनगढीलगायत जानुपर्ने बाध्यता कम हुँदै गएको हो । टीकापुरका खुशीराम चौधरीले विगतमा जस्तो सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता कम भएको बताए । ‘पहिला उपचारका लागि जाँदा राम्रोसँग उपचार हुन्थेन । अस्पतालको फार्मेसीमा औषधि पाउने कुरा त धेरै परको कुरा थियो’, उनले भने, ‘अहिले उपचार पनि छ । फार्मेसीमा औषधि पनि । नागरिकहरूलाई ठूलो राहत भएको छ ।’ बर्दिया गेरुवा गाउँपालिकाका जंगबहादुर चौधरी बुवाको उपचारका लागि टीकापुर अस्पतालमा आए। उनले…

विस्तृतमा...