काठमाडौँ : नेपालमा २२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । दुई सातायता देशभर हैजाका २२ जना बिरामी भेटिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुनसुकै स्रोतको भए पनि पानी उमालेर पिउन आह्वान गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीका अनुसार काठमाडौं उपत्यकामा ललितपुरको गोदावरी तथा इमाडोल क्षेत्रमा गरी १४ जनामा हैजा पुष्टि भएको छ । काठमाडौंको टोखा र कैलालीको धनगढीमा पनि हैजा संक्रमित भेटिएका छन् । खुला दिसाको अभ्यास घट्नुका साथै सरसफाइमा प्रायः सबै सजग रहे पनि बर्खायाममा पानीको स्रोतमा फोहोर मिसिने हुनाले हैजाको संक्रमण देखिने गरेको छ । ‘भिब्रियो कोलेरा’ नामक ब्याक्टेरियाबाट संक्रमित भएकाहरूमा झाडापखालासहित चौलानी पानीजस्तो पातलो दिसा आउने,…
Aricle Tech
काठमाडौँ : विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ। स्तनपानको महत्त्वबारे जानकारी दिन एक हप्तामा विभिन्न कार्यक्रम हुने गर्छन् । विश्व स्तनपान सप्ताह सन् १९९२ देखि मनाउन सुरु गरिएको हो। स्तनपानलाई शिशुको सबैभन्दा पुरानो र पहिलो खोप समेत भन्ने गरिन्छ । आमाको दूधमा रोग निरोधक तत्व हुने भएकाले नवजात शिशुको रोगसँग लड्नसक्ने क्षमता विकसित गर्न मद्दत पुग्ने डाक्टरहरु बताउँछन् । शिशुलाई जन्मेको एक घण्टामा स्तनपान गराउनुपर्छ। जन्मेको ६ महिनासम्म बच्चालाई स्तनपान गराउन डाक्टरहरुको सुझाव छ। डाक्टरहरुकाअनुसार स्तनपानले शिशु र आमा दुवैको स्वास्थ्यमा फाइदा पुग्ने…
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले निःशुल्करुपमा रगत दिने भएको छ । उपमहानगरपालिकाले नगरक्षेत्रभित्र स्थायी रुपमा बसोबास गर्ने आफ्ना नागरिकलाई निःशुल्करुपमा रगत दिने भएको हो । धनगढीमा नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाबाट सञ्चालित रक्त सञ्चार केन्द्रले रगत उपलब्ध गराउँदै आएको छ । रक्त सञ्चार केन्द्रले रगत परीक्षण सामग्री, भण्डारणलगायतको खर्च भनेर रगत उपलब्ध गराएवापत प्रतिपिन्ट रगतको एक हजार १५० रुपैयाँ लिने गरेको छ । नगरवासीले रक्त सञ्चार केन्द्रले रगत उपलब्ध गराएवापत तिर्नुपर्ने प्रतिपिन्ट रगतको एक हजार १५० रुपैयाँ चालु आर्थिक वर्षदेखि उपमहानगरपालिकाले नै तिरिदिने नेपाल रेडक्रस सोसाइटी कैलाली शाखासँग सम्झौता भएको धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले बताए । ‘उपमहानगरवासीको…
हेटौँडा :” पूर्वी मकवानपुरको बकैया गाउँपालिका–८ बस्तीपुरमा विषालु सर्पको टोकाइबाट एक जना घाइते भएका छन् । विषालु सर्पको टोकाइबाट स्थानीय ४८ वर्षीय राज सिंकार घाइते भएका हुन् । आफ्नै घरमा गाई बस्तुलाई घाँस हाल्नेक्रममा सर्पले टोकेपछि उनी घाइते भएका हुन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार पश्चात् थप उपचारका लागि मङ्गलबार साँझ साढे ७ बजे हेटौँडा अस्पताल लगिएको छ । घाइतेको दायाँ हातको पाखुरामा सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
जाजरकोट, : जाजरकोटमा एक सुत्केरी महिलाको होलिकोप्टरबाट उद्धार गरिएको छ । कुशे गाँउपालिका–४ टाँगाचौरस्थित कृष्णबहादुर रोकायाकी १८ वर्षीय श्रीमती निशा रोकायालाई होलिकोप्टरबाट उद्धार गरिएको हो । मङ्गलबार बिहान सुत्केरी व्यथाले च्यापेदै गएपछि स्वास्थ्य चौकी अर्छानीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको होलिकोप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । छोरीलाई सुत्केरी व्यथा लागेपछि स्वास्थ्य चौकीका लागि लगिएको तर स्वास्थ्यकर्मीले उपचार सम्भव नभएपछि बाहिर लैजान अनुरोध गरेको आमा रामशिला रोकायले जानकारी दिए । स्थानीय सरकारको सहयोगमा प्रदेश अस्पताल सुर्खेत ल्याएको उनको भनाइ छ ।
खोटाङ : खोटाङको रावा बेसी गाउँपालिकाले पाठेघरको समस्या भएका १० जना महिलालाई उपचारको लागि अस्पताल लगेको छ । आङ खस्ने समस्याबाट प्रताडित महिलालाई पहिचान गरेर गाउँपालिकाले शिर मेमरियल एडभेन्टिज अस्पताल बनेपा निःशुल्क उपचारको लागि गलेको हो । गत जेठ १७ गतेदेखि जेठ २३ गतेसम्म सञ्चालन गरिएको स्क्रीनिङका क्रममा पहिचान गरिएका आङ खसेका महिलालाई उपचारमा लगिएको गाउँपालिकाले जनाएको छ । आङ खसेका महिलालाई गाउँपालिकाले सुसो रिजर्भ गरेर लगिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मीले बताए । सामुदायिक सेवा प्रतिष्ठानसँगको समन्वयमा उपचारमा लगिएको महिलाहरूको अप्रेसनसहितको निःशुल्क उपचार हुनेछ । आउनेजाने र खाने,बस्ने खर्च गाउँपालिकाले व्यवस्थापन गरेको अधिकृत रेग्मीले बताए । आङ खसेका…
काठमाडौं : देशभर डेंगी संक्रमितको संख्या २ हजार नाघेको छ । सन् २०२४ जनवरीयता २९ जुलाईसम्म २ हजार ६१ जना संक्रमित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ । जसमध्ये जुलाईका २९ दिनमा ५७४ संक्रमित थपिएका हुन् । यो वर्ष (सन् २०२४)मा डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ । वाग्मती प्रदेशमा सबैभन्दा धेरै ६६६ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै २४९ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । झापामा १३०, चितवनमा १०५, तनहुँमा ८७, मकवानपुरमा ७८, कास्कीमा ७४, भोजपुरमा ६२, काभ्रेमा ६०, ओखलढुंगामा ५९ र धनकुटामा ५८ जनामा डेंगी पुष्टि भएको छ ।…
काठमाडौं : काठमाडौं महानगरपालिकाले विपदजन्य जोखिम र डेंगु-हैजासहित महामारी व्यवस्थापनका लागि २४ घण्टे हटलाइन सेवा शुरु गरेको छ । विपद् व्यवस्थापन विभाग, स्वास्थ्य विभाग र महानगर प्रहरी बलले सेवा प्रदान गर्नेछन् । वर्षाबाट सिर्जना हुने डुबान, बाढी तथा पानीजन्य समस्या व्यवस्थापन तथा समाधानका लागि विपद् व्यवस्थापन विभाग र महानगर प्रहरी बलले काम गर्नेछन् । स्वास्थ्य विभागबाट डेंगु, हैजासहितका महामारीका रूपमा फैलिने रोगको उपचारका लागि परामर्श, सेवा सिफारिस र उपचार समन्वय प्रदान हुनेछ। यसका लागि पहिलो सम्पर्क स्थापित गर्न हटलाइन टेलिफोन २४ घण्टा खुला गरिएको छ । महानगर प्रहरी बलले पानीजन्य विपत डुबान, बाढी तथा पहिरो रोकथाम तथा व्यवस्थापन, चर्किएको सडक…
काठमाडौं : देशभर २० जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै साउनयता काठमाडौं, ललितपुर र कैलालीका २० जनामा हैजा पुष्टि भएको जनाएको हो । गर्मी तथा वर्षायाममा विशेष गरी झाडापखालाका, हैजा तथा पानी जन्य रोगहरू फैलने हुँदा सजग र सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ ।
कैलाली : सुदूरपश्चिम प्रदेशमा पछिल्लो सात महिनामा ६२० जनालाई स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । अहिले स्क्रब टाइफसको सङ्क्रमण बढी हुने सिजन नै रहेकाले धेरै जना यो रोगबाट ग्रसित भइरहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले बताए । मुसामा रहने किर्नाको टोकाइबाट मानिसमा यो रोग देखा परेको हो । मान्छेहरू खेत, झाडीमा काम गर्न जाँदा यो रोग सार्ने किर्नाले टोक्ने गरेको जनाइएको छ । यसैगरी, जङ्गलमा गएको बेला किर्नाले टोक्ने सम्भावना अझ बढी हुने गरेको बताइएको छ । निर्देशनालयका अनुसार जनवरीदेखि हालसम्म स्क्रब टाइफसका सबैभन्दा बढी बिरामी २१५ जना डडेल्धुरामा फेला परेका छन् । यसैगरी, अछाममा ११८, बैतडीमा…

