बझाङ : बझाङमा जङ्गली च्याउ खाँदा दुुई जना बिरामी भएका छन् ।
जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्राका २३ वर्षीय लोकेश कठायत र उनकी श्रीमती १८ वर्षीया उग्रतारा कठायत जङगली बिषालु च्याउ खाँदा बुुधवार बिरामी भएका थिए ।

च्याउ खाएर बिरामी भएकी उग्रतारको स्वास्थ्यमा सुुधार आएपनि लोकेशको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरु दुुवै जनालाई थप उपचारका लागि धनगढी पठाएको जिल्ला प्रहरी कार्याल बझाङका सुचना अधिकारी प्रहरी निरीक्षक किशोर जोशीले बताए ।

Last Modified Date: २०८१ श्रावण १८, शुक्रबार







