Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा
  • औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू
  • अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश
  • चितवनमा औलोका सात बिरामी भेटिए
  • १६० जनामा कोरोना पुष्टि, वागमतीमा सबैभन्दा धेरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



फिचर

समाजवादी मोर्चाको आधार-पत्र तयार, विप्लवलाई पनि ल्याउने प्रयास

Aricle TechBy Aricle Tech२०८० बैशाख २५, सोमबार
Share
Facebook Twitter

२५ वैशाख,  काठमाडौं। लामो समयदेखि गठनको चर्चामा रहेको ‘समाजवादी मोर्चा’को आधार पत्र तयार भएको छ । मोर्चा गठनका लागि नेकपा (माओवादी केन्द्र), जनता समाजवादी र नेकपा एकीकृत समाजवादीले आआफ्नो पार्टीभित्र छुट्टा छुट्टै कार्यदल समेत गठन गरेका छन् ।

माओवादीले उपाध्यक्ष कृष्णबहादुर महरा, एकीकृत समाजवादीले महासचिव बेदुराम भुसाल र जसपाले बरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा कार्यदल कार्यदल बनाएको छ। तीनवटै दलले बनाएको कार्यदलबीच छलफल भएर मोर्चाको आधार पत्र तयार भएको कार्यदलका एक सदस्यले अनलाइनखबरलाई जानकारी दिए ।

त्यसलाई शीर्ष नेताहरुले छलफल गरेर अन्तिमरुप दिन भने बाँकी छ । अहिले गठबन्धन, सरकारको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित भएका कारण शीर्ष नेताहरुले आधार पत्रबारे विस्तृत छलफल हुन नसकेको एक नेताले जानकारी दिए।

 के छ आधार पत्रमा ?

१५ बुँदामा तयार पारिएको आधार पत्रमा सरकारले हालै ल्याएको न्यूनतम साझा कार्यक्रमका धेरै विषय समेटिएकोक ती सदस्यले बताए ।आधार पत्रमा समाजवादी मोर्चाको आवश्यकताबारे प्रस्तावनामा लेखिएको छ।

प्रस्तावनमा मुख्य गरि तीन उदेश्य लेखिएको छ । त्यसमा वर्तमान व्यवस्थाको रक्षा, अर्थतन्त्रमा देखिएका समसया समाधान र आर्थिक-समाजिक विभेद अन्त्य गरि समृद्धि हासिल गर्ने विषय उल्लेख गरिएको छ।

प्रस्तावनामा भनिएको छ, ‘नेपालमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता, राजनीतिक स्थायित्व रक्षा गर्न, राष्ट्रियताको रक्षा र अर्थतन्त्रमा भइरहेका समस्या समाधान गर्दै नेपाललाई सुशासन र समृद्धिको बाटोमा लैजान, हरेक खालका भाषा, धर्म, संस्कृतिका आधारमा भएको विभेद अन्त्य गरि समतामुलक समृद्धिको सिर्जना गर्न ।’

त्यस्तै आधार पत्रमा मोर्चाको गठन विधि, संचालन, निर्णय प्रक्रिया र मोर्चा आवद्ध दलहरुबीचको स्वायत्तता के हुन्छ भन्ने विषय उल्लेख गरिएको छ।

विप्लवलाई पनि ल्याउने प्रयास

प्रारम्भिक चरणमा संसदमा रहेका तीन दलबीच मात्रै मोर्चा बनाउने गृहकार्य भएको भए पनि त्यसमा अरु केही दल पनि समावेश गरिने भएको छ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी पनि मोर्चामा हुने बताइएको छ।

त्यस्तै संसद बाहिर रहेका केही दललाई पनि मोर्चामा ल्याउने गृहकार्य भइरहेको माओवादीले बनाएको कार्यदलका संयोजक कृष्णबहादुर महराले जानकारी दिए। उनका अनुसार त्यसमा विशेष गरि नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई ल्याउन जोड दिइएको छ । ‘हाम्रो पार्टी माओवादी केन्द्रसहित ६ पार्टीबीच समाजवादी मोर्चा बनाउनेबारे छलफल जारी रहेको छ,’ महराले भने।

विप्लव पनि मोर्चामा आउन सकरात्मक देखिएको माओवादी नेताहरु बताउने गर्छन । पछिल्लो समय उनले माओवादी नेताहरुसँग निकटता पनि बढाएका छन् । मोर्चामा आवद्ध दलहरुबीच कुरा मिल्दै गए पार्टी एकतासम्म पुर्‍याउने चाहाना माओवादीको छ ।

‘मोर्चामा सहभागी विचार र कार्यक्रम मिल्ने पार्टीबीच एकता गर्ने नभए राष्ट्र र राष्ट्रियता र जनजिवीकाका सवालमा सहकार्य गर्ने सहमति भएको छ,’ महराले भने । एकीकृत समाजवादीले १० बैशाखमा आयोजना गरेको कार्यक्रमा माओवादी  केन्द्र र एकीकृत समाजवादीका अध्यक्षद्वयले चाँडै मोर्चाको घोषणा हुने बताएका थिए ।

तर, तत्काल भने मोर्चा गठन नहुने भएको छ । केही समय नीति तथा कार्यक्रम र बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले त्यसमा समय दिन नसकिने नेताहरुले बताएका छन् ।

आजदेखि संसदको बजेट अधिवेशन बोलाइएको छ भने जेठ १५ गते बजेट पेश हुने छ । त्यसमाथि छलफल गरेर पारित गर्न समेत केही समय लाग्छ ।

प्रचण्ड आफैंले पनि बजेटपछि मात्रै मोर्चा निर्मामा लाग्ने बताएका छन्। बिहीबार बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकमा प्रचण्डले अहिलेलाई सरकारको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुने आग्रह गरेका थिए।

‘पार्टी र संयुक्त मोर्चाका बारेमा पनि अलिकति छलफल भएको थियो,’ माओवादी केन्द्रका सचिव देवेन्द्र पोडेलले भने, ‘सरकारको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित भएर लागम, त्यो सकिने बित्तिकै पार्टी पुर्नगठन, पुर्ननिर्माण, संयुक्त मोर्चा निर्माणबारे छलफल गरौंला भनेर अध्यक्षले  भन्नु भएको थियो।’

मोर्चा किन ?

समाजवादी मोर्चा बनेमा यो संसदको तेस्रो बलियो शक्ति बन्ने देखिन्छ । तीन पार्टी एकै ठाउँमा उभिदा मोर्चाको प्रतिनिधिसभामा ५४ सिट हुन्छ ।

तत्कालका लागि सत्ता सञ्चालनमा आफ्नो प्रभाव देखाउन यो मोर्चा बनाउन चाहेको देखिन्छ । मोर्चा बनाउँदा नेपाली कांग्रेस र नेकपा एमाले हाराहारीकै शक्ति बन्ने भएकाले सत्ता समीकरण निर्माणमा पनि यो बलशाली हुने देखिन्छ ।

‘यो राजनीति सहकार्यका लागि यो मोर्चा हो,’ एकीकृत समाजवादीका कार्यदल संयोजक बेदुराम भुसाल भन्छन्, ‘जबसम्म सहकार्यको समझदारी हुन्छ, तबसम्मलाई मोर्चागत सहकार्य हुन्छ।’

जसपा नेता एवम कार्यदल सदस्य रकम चेमजोङ मोर्चा बनेमा सँगसँगै हिँड्न सजिलो हुने बताउँदै भन्छन्, ‘मोर्चा भएपछि मोर्चाभित्र छलफल हुन्छ । यसले आधारभूत कुराहरुमा सँगसँगै हिँड्न र काम गर्न सजिलो बनाउँछ।’

त्यस्तै राजनीतिक स्थायित्व ल्याउन पनि मोर्चा प्रभावकारी हुने उनको दाबी छ। उनी भन्छन्, ‘यसले कमसेकम हामी यो सरकारमा जाउ, यो सरकारमा नजाउ भनेर तय गर्न सक्छ। राष्ट्रिय राजनीतिलाई डोर्‍याउन सक्छ र देशमा राजनीतिक स्थिरता ल्याउनका लागि सहयोग गर्छ।’

यो मोर्चा चुनावसम्मै संगै जाने या नजाने र गएमा कुन स्वरुपमा जाने भन्ने विषयमा भने प्रष्ट भइसकेको छैन ।

‘यो राजनीति सहकार्यका लागि यो मोर्चा हो,’ एकीकृत समाजवादीका कार्यदल संयोजक बेदुराम भुसाल भन्छन्, ‘जबसम्म सहकार्यको समझदारी हुन्छ, तबसम्मलाई मोर्चागत सहकार्य हुन्छ।’

सम्मुखमा चुनाव पनि नभएकाले आधार पत्रमा त्यसबारे ठोस कुरा उल्लेख नरहेको पनि उनको भनाइ छ । ‘मोर्चा नै चुनावमा जाउ भन्ने सहमति भयो भने जान पनि सकिन्छ । तर, अहिले नै एउटै चुनाव चिह्न वा घोषणा पत्र लिएर जाने भन्ने खालको कुरा हुँदैन,’ भुसालले भने ।

Aricle Tech
  • Website

सम्बन्धित खबर

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

भर्खरै

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

२०८२ असार ६, शुक्रबार

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

२०८२ असार ६, शुक्रबार

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

२०८२ असार ६, शुक्रबार

चितवनमा औलोका सात बिरामी भेटिए

२०८२ असार ६, शुक्रबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.