चितवन, २७ बैशाख । चितवन मेडिकल कलेजमा दन्त चिकित्सा अध्ययनरत गरिरहेकी एकछात्रा मृत फेला परेकी छिन् ।
कलेजको बीडीएस चौथो वर्षमा अध्ययनरत सिमरन थापाले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् । पाल्पा रामपुर घर भएकी थापाको आन्तरिक परीक्षा चलिरहेको थियो । सो आन्तरिक परीक्षामा थापालाई शिक्षकले मानसिक तनाव दिएर परीक्षाहलबाट निकालेको हुनाले उनले आत्महत्या गरेको भन्दै विद्यार्थी संघर्ष समितिले संघर्षको कार्यक्रम थालेका छन् ।
आन्दोलनमा उत्रिएका विद्यार्थीले दोषीमाथि कार्वाहीको माग गर्दै कार्वाही नहुँदासम्म कलेजको बहिरंग सेवा सञ्चालन हुन नदिने बताएका छन् ।