नवलपरासी, २८ असोज । (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाटस्थित चिसापानी अस्पतालल कृत्रिम हातखुट्टा सेवा सुरू भएको छ। अस्पतालले चौधरी फाउण्डेसनको सहयोगमा सिजी सबल केन्द्र सञ्चालनमा ल्याएको हो।
शनिबार प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले अस्पतालमा सबल केन्द्रको उद्घाटन गरे। यससंगै अस्पतालबाट हातखुट्टा नभएका व्यक्तिले कृत्रिम हातखुट्टा निःशुल्क पाउने छन्। चिसापानी अस्पतालबाट देशभरका हातखुट्टा नभएका व्यक्तिले सेवा पाउने चौधरी फाउण्डेसनले जनाएको छ।
सिजी सबल केन्द्रबाट हालसम्म करिव एक हजार जना लाभान्वित भइसकेका छन् । केन्द्रले निःशुल्क कृत्रिम हातखुट्टा उपलब्ध गराउँदै आएको छ।