काठमाडौँ, १२ कात्तिक । झट्ट हेर्दा आकर्षक देखिने मिलेको र सेतो दाँतलाई व्यक्तिको आकर्षणको केन्द्रबिन्दु पनि मानिन्छ । यसले व्यक्तिको व्यक्तित्वमा समेत निखार ल्याउँछ । तर, व्यक्तिपिच्छे दाँतको रंग फरक–फरक हुन्छ । हामीले देखेका छौ कतिपय व्यक्तिको दाँत सेतो हुन्छ भने कतिपयको पहेँलो । आखिर किन यस्तो हुन्छ? अर्थात्, सबै व्यक्तिको दाँतको रङ किन समान हुदैन? र दाँत सेतो बनाउन के गर्नुपर्छ? यो अधिकांशको जिज्ञासा हुनसक्छ ।
सर्वप्रथम हामीले के बुझ्नुपर्छ भने, व्यक्तिको दाँत, कपाल र आँखाको रङ जन्मदा नै उसको डिएनए वा वशांणुद्धारा नै निर्धारित भएको हुन्छ । अर्थात्, दाँत पहेँलो वा डिसकलर हुनु पछाडिको कारण आणुवंशिक पनि हो । यसबाहेक व्यक्तिको दाँत पहँलो हुनु पछाडिको अन्य कारण भने निम्न रहेका छन्ः
-बढ्दो उमेर
-इनामेल पातलो वा कमजोर हुनु
-कम दन्त हाइजेनिकका कारण
-कफि, वाइन, चियाजस्ता पेय पदार्थको सेवन
-धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन ।
बच्ने तथा समाधानका उपाय
दाँतको रंग खुइलिन नदिन दाँतलाई हानि गर्ने कफि, चिया तथा वाइनजस्ता पेय पदार्थबाट टाढा रहनुपर्छ । यसका साथै यी पदार्थको सेवनपछि सकेसम्म ब्रस वा मुख कुल्ला गर्ने बानी बसाल्नुपर्छ ।
यसैगरि धुम्रपान र सुर्तिजन्य पदार्थबाट टाढा रहनुपर्छ ।यसका साथै व्यक्तिले यो समस्याले थप नसताओस् भन्नका लागि चिकित्सकको सल्लाह लिनु उचित रहन्छ ।