काठमाडौं, २१ कार्तिक । जाजरकोट भूकम्पमा परि घाइते भएकाहरुको प्राइभेट मेडिकल कलेज तथा डेन्टल कलेजहरुमा पनि निःशुल्क उपचार हुने भएको छ ।
प्राइभेट मेडिकल तथा डेन्टल कलेज एशोसियसनको बैठकले भूकम्पमा मृत्युवरण गरेकाहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै दुःखद घडिमा सरकारको एकद्धार प्रणालीबाट निःशुल्क उपचारमा सहयोग गर्ने निर्णय गरेको हो । एशोसिशयसन अन्तर्गत गरेका १५ वटा मेडिकल कलेज र २ वटा डेन्टल कलेजमा घाइतेहरुको निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको एशोसियनका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिहं कार्कीले स्वास्थ्य डायरीलाई बताए ।
सरकारले थप आवश्यक्ताका लागि पत्राचार गरेपनि स्वास्थ्य क्षेत्रमा सबै प्रकारको निःशुल्क सहयोग गर्न प्रतिवद्ध रहेको कार्कीको भनाइ छ ।