नेपालगञ्ज : नेपालगञ्जको भेरी अस्पतालमा दुईजना भूकम्पका घाइते थपिएका छन्। योसँगै अहिले अस्पतालमा ४६ जना घाइतेको उपचार भइरहेको छ।
भेरी र मेडिकल कलेजमा एक/एक जना गरी दुई जना डिस्चार्ज भएका छन्। मंगलबार बिहान ६ बजेको अपडेटमा जाजरकोट र पश्चिमरुकुमबाट ४९ जना घाइते आएकोमा एक जनाको मृत्यु र दुई जना डिस्चार्ज भएका छन्।
यहाँ २६ महिला र २३ पुरुषलाई उपचारका लागि ल्याइएको थियो।