काठमाडौँ, २१ कात्तिक । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकको जिम्मेवारी हेरफर गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रयोगशालाको निर्देशकको जिम्मेवारी डा राजनराज भट्टलाई सुम्पिएको छ ।
यसअघि प्रयोगशालाकी निर्देशक रुना झाको जिम्मेवारी हेरफेर गर्दै स्वास्थ्यमन्त्री मोहन बस्नेतले निर्देशकको जिम्मेवारी डा. भट्टलाई सुम्पिएका हुन् । उनले डा झालाई भने त्यहि नै रहेर काम गर्ने जिम्मेवारी तोकेका छन् ।
झा र भट्ट दुवै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ११ औं तहका कर्मचारी हुन् ।