काठमाडौँ, २ कात्तिक । दाँतको संरचना स्वाथ्यसंग मात्रै नभई सौन्दर्यता र आत्मविश्वासंग पनि जोडेको हुन्छ । तल्लो र माथिल्लो भाग गरेर बनेको दाँतले हामीले खाने खाना चपाउन मद्दत गर्छ । यसरी खानदेखि व्यक्तिको व्यक्तित्वमा समेत निखार ल्याउन मद्दत गर्ने दाँतमा देखिने ‘डिप–बाइट’ को समस्या कमैले याद गरेका मयामधये एक हो ।
के हो ‘डिप बाइट’ समस्या ?
साधारणतयाः तल्लो र माथिल्लो दाँतबीचको ग्याप १ देखि २ एमएम(mm) मात्र भएको दाँतलाई सामान्य मानिन्छ । जसले तल्लो र माथिल्लो दाँत एक आपसमा राम्ररी बन्द गर्नमा मद्दत गर्छ । तर, हाम्रो दाँतले कुनै पनि काम नगरी दाँतको तल्लो र माथिल्लो भाग एक आपसमा जोडिएर बसेको अवस्थामा माथिल्लो भागको दाँतले तल्लो भागको सबै दाँतलाई छोप्छ वा तल्लो भागको दाँत देखिदैन भने त्यसलाई नै ‘डिप–बाइट’ अथवा ‘ओभर बाइट’ भनिन्छ ।
यसबाहेक सरल रुपमा दाँतको माथिल्लो भागले तल्लो भागलाई ओभरल्याप गर्ने वा छोप्ने अवस्था नै ‘डिप–बाइट’ हो भनेर पनि बुझ्न सकिन्छ । यस्ता समस्याले व्यक्तिको मुखको कन्डाइल(एक आपसमा जोडिएर बसेको हड्डि)मा समस्या पु¥याउँछ । यसका साथै डिप बाइटमा माथिल्लो दाँतले तल्लो भागलाई छोप्ने भएकाले तल्लो भागको दाँत छिट्टै खिइने वा टुक्रिएर जाने हुन्छ । जसकारण व्यक्तिमा आँ गर्न वा मुख खोल्नमा पनि समस्या हुन्छ भने यसै कारण व्यक्तिलाई खाना खानमा समेत समस्या देखा पर्छ ।
यसका कारणहरुः
– वशांणुगत
– बच्चामा दाँत छिट्टै निकाल्नाले
– र, दाँत र दाँतको जगको रुपमा रहने हड्डीको साइज नमिल्नाले ।
के छ उपचार ?
डिप बाइट समस्या ब्रेसेस तथा अर्थाे–मेट्रिक सर्जरी रहेका छन् । जसमा ब्रेसे राखेर दाँतको वरुपलाई मिलाईन्छ भने शल्यक्रियाअन्र्तगत व्यक्तिको तल्लोे दाँतको हड्डीलाई काटेर अगाडि र माथि तानी दाँतको उक्त समस्याबाट राहत पाउन सकिन्छ । यद्यपि यसका लागि भने व्इक्तिले अनिवार्य रुपमा सम्बन्धित चिकित्कको सल्लाह लिनुपर्दछ ।