काठमाडौं: नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले विभिन्न कार्यक्रम गरेर विश्व मधुमेह दिवस मनाइरहेको छ। ‘जोखिम बुझौं, सजगता अपनाऔं’ भन्ने नारका साथ मधुमेहले आँखामा पार्ने असरका बारेमा सचेतना गराउँदै कार्तिक १८ गते देखि २५ गतेसम्म विश्व मधुमेह दिवस २०२३ दिवस मनाइरहेको प्रतिष्ठानले जनाएको छ।
दिवसका अवसरमा अस्पतालले कार्तिक १९ गतेदेखि २५ गतेसम्म मधुमेह भएका बिरामीहरुलाई निःशुल्क दर्ता सेवा उपलब्ध गराएको छ। साथै विपन्न बिरामीहरुलाई उपचार खर्चमा छुटको व्यवस्था समेत गरेको छ। यस्तै आज कार्तिक २१ गते अस्पतालको बोर्ड रुममा पत्रकारहरुसँग डायबेटिक रेटिनोप्याथी विषयमा अन्तरत्र्रिmया कार्यक्रम आयोजना गरेको छ।
वरिष्ठ आँखाको पर्दा विशेषज्ञ डा. रबा थापाले उक्त विषयमा सञ्चारकर्मीहरुसँग अन्तक्रिया गरेका थिए। कार्तिक २५ गते शनिबार बिहान ८ बजे “वल्क विथ योर डक्टर” सन्देशसहित मधुमेह भएका व्यक्ति, चिकित्सक र अस्पतालको कर्मचारीसहित ¥यालीको आयोजना हुने बताइएको छ। त्यस्तै बिरामी सचेतनाका लागि अस्पतालभित्र र बाहिर विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ भने अस्पताल परिसरमा सचेतनामूलक सामग्रीहरु प्रेसित गरिएको छ।
मधुमेहको आँखामा असर “डायवेटिक रेटिनोपेथी” सम्बन्धी जनचेतना जगाउन तथा आँखाम स्वास्थ्य सचेतनाका लागि सन् २०१४ देखि नै विश्व मधुमेह दिवसका अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले “डायवेटिक रेटिनोपेथी दिवस” मनाउँदै आएको छ।
अन्तराष्ट्रिय मधुमेह संघका अनुसार प्रत्येक १० मध्ये १ मानिसलाई मधुमेह हुनसक्छ भने कम आयस्रोत भएका राष्ट्रहरुमा प्रत्येक ४ मध्ये ३ मानिसलाई मधुमेह हुनसक्छ। विश्वभरका २० देखि ७९वर्ष उमेर समुहका १०.५ प्रतिशत वयस्क जनसंंख्यामा मधुमेह हुनसक्ने भएपनि त्यस मध्येको आधा जनसंख्या मात्र यसबारे जानकार रहेको पाइन्छ। मधुमेह भएका मध्ये ९० प्रतिशत मानिसलाई टाइप टु मधुमेह हुने गरेको र त्यसमा सामाजिक–आर्थिक, जनसंख्या, वातावरण र वंशानुगत जस्ता विषयको प्रभाव पर्ने गरेको पाइन्छ। मधुमेह भएका प्रत्येक ३ मध्ये १ मानिसलाई डायबेटिक रेटिनोप्याथी देखा पर्दछ।
मधुमेहका असरहरुमा अन्धोपन, हृदय रोग, मृगौला रोग, खुट्टा काट्नुपर्ने सम्मको अवस्था र मधुमेह अनियन्त्रित भएको खण्डमा असामयिक निधन समेत हुन सक्दछ। त्यस्तै, गर्भावस्थामा रहँदा प्रत्येक ६ जनामध्ये १ जनामा मधुुमेह प्रभाव देखिन्छ। मधुुमेह भएका व्यक्तिलाई यसबाट हुने असरको व्यवस्थापन गर्न नियमित शिक्षाको पहुच पु¥याउन जरुरी छ।
प्रशस्त पानी, सागसब्जी, फलफूल तथा अन्य पौष्टिक आहार सेवनका साथै शारीरिक व्यायाम गरी मधुमेहलाई नियन्त्रण गर्न सकिन्छ। आँखारोग विशेषज्ञहरुका अनुसार मधुमेह भएका व्यक्तिले आँखामा पर्ने असर (डायबेटिक रेटिनोप्याथी) बाट बच्न समयमै आँखा परिक्षण गराई दृष्टिविहिन हुनबाट जोगीन सकिन्छ।
नियमित चेकजाँच गरी चिकित्सकको सल्लाह बमोजिम जिवनशैली व्यवस्थापन गरी मधुमेहको जोखिम कम गर्न सकिन्छ।