

काठमाडौं : चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघले तेस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलन गर्ने भएको छ। संघले मंसीर १० र ११ गते गते कार्की ब्याङकेट, बबरमहल काठमाडौंमा उक्त सम्मेलन गर्ने भएको हो।
‘गुणस्तरीय स्वास्थ्य सेवाको प्रबद्र्धन : अवसर र चुनौति’ नामक सन्देशसहित सम्मेलन हुने संघले जनाएको छ। सम्मेलनमा विभिन्न छ वटा शीर्षकहरुमा नीतिगत विचार, विमर्श तथा बहस हुने संघले जनाएको छ।
संघले नीतिगत विचार विर्मसमार्फत सैद्धान्तिक बहसका लागि दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका उपलब्धि, चिकित्सा विज्ञानको विकासका लागि खोज, अनुसन्धान तथा नवप्रवर्तन, स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण लगायतका बिषयमा बहस हुने जानकारी दिएको हो।
सम्मेलनमा विषयविज्ञ, प्रबुद्धवर्ग, नेतृत्व तथा सरोकारवालाहरुको प्रत्यक्ष सहभागितामा नीतिगत विचार विर्मसमार्फत सैद्धान्तिक बहस हुने आयोजकले जनाएको छ।
