काठमाडौँ, ५ मंसिर । चिकित्सा शिक्षा आयोगले रिक्त चारवटा निर्देशक पदका लागि दरखास्त आव्हान गरेको छ ।
नयाँ निर्देशकहरुको नियुक्तिका लागि सिफारिस समितिले मंगलबार सूचनामार्फत दरखास्त आह्वान गरेको हो।
योग्यता पुगेका आवेदकले सात दिनभित्र दरखास्त दिनुपर्ने सूचनामा उल्लेख छ । ऐन अनुसार आयोगमा ४ वटा निर्देशक रहने व्यवस्था रहेको छ। ती सबै पद सोमबार मात्रै रिक्त भएका हुन् ।
समितिले आवेदकबाट मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्ने छ।
नियुक्त निर्देशकको कार्यकाल ४ वर्षसम्म रहनेछ ।