काठमाडौँ, ५ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको सबटोटल पेट्रोसेक्टोमी वीथ कोक्लियर इम्प्लान्ट कक्लिअर इम्प्लान्ट शल्यक्रिया सम्पन्न भएको छ ।
मन्त्री राईको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उक्त शल्यक्रिया सम्पन्न गरिएको हो । शल्यक्रियापछि उनलाई भीआईपी क्याबिनमा सारिएको अस्पतालले जनाएको छ ।
सो शल्यक्रिया डाक्टर रबिन्द्र भक्त प्रधानाङ्गको टिमले साढे ४ घण्टा लगाएर सम्पन्न गरेको बताइएको छ । जटिल प्रकितिको मानिने यो शल्यक्रिया नेपालमै पहिलोपटक सम्पन्न भएको डा प्रानाङ्गले बताए ।
६६ वर्षीय मन्त्री राई बायाँ कानमा लामो समयदेखि पाक्ने, पिप जम्ने, संक्रमण भइरहने समस्याबाट ग्रसित थिए । जसकारण उनको श्रवण शक्ति पूर्ण रुपमा बन्द थियो ।
शल्यक्रियापछि कक्लिअर मेसिन र उनको शारीरिक प्रतिक्रिया सकारात्मक रहेको उपचारमा संलग्न चिकित्सकहरुको भनाई छ। मन्त्री राईको बायाँ तर्फको कानको ‘सबटोटल पेट्रोसेक्टोमी संगै कोक्लियर इम्प्लान्ट गरिएको छ ।