काठमाडौँ, ११ मंसिर । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा युवानिधि बसौला नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले आइतबार बसौलालाई निर्देशक नियुक्त गरेका हुन्।
यस्तै मन्त्री बस्नेतले अस्पतालकी निवर्तमान निर्देशक डा मनिषा रावललाई भने सार्क क्षयरोग केन्द्रमा पठाएका छन् ।
यसैगरी सार्क क्षयरोग केन्द्रका डा रोशन न्यौपानेलाई वीर अस्पताल सरुवा भएका छन् ।