काठमाडौँ, १२ मंसिर । नेपाल न्यूरो र्सजन समाजको नयाँ कार्यसमितिको नयाँ कार्यसमिति गठन भएको छ। वरिष्ठ न्युरोसर्जन डा. यम बहादुर रोकाको अध्यक्षतामा समाजको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
नयाँ कार्यसमितिमा प्रा.डा राजीव झा, प्रेसिडेन्ट इलेक्ट(President Elect) र डा. सुदन ढकाल उपाध्यक्षमा चयन भएका छन् ।
त्यस्तै गरी सचिवमा डा. गोपाल सेडाई तथा डा. प्रकाश काफ्ले र डा. सुरज थुलुङ्गलाई सह सचिवमा नियुक्त भएका छन्, भने कोषाध्यक्षमा डा. विनोद राजभण्डारी चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा डा. अनिस मान सिंह, डा. मनिष कोलाक्षपति, डा. माया भट्टचन, डा. राजीव शाह, डा. प्रत्युश श्रेष्ठ र डा. समीर अर्याल रहेका छन् ।
डा. राजीव झाले सम्बन्धित क्षेत्रको विज्ञहरुले समय–समयमा बसेर न्युरोसर्जनका समस्याहरु समाधान गर्ने र नयाँ नयाँ प्रविधीहरुबाट प्रत्यक्ष तथा अनलाईनबाट छलफल गर्ने जानकारी दिए। उनका अनुसार नयाँ कार्यसमिति २०२३ – २०२५ को लागि नेपालमा न्यूरोसर्जरी विधालाई अझ अघि बढाउन काम गर्नेछ।
समाजले नियमित प्रकाशन गर्ने जर्नलको प्रमुख सम्पादकमा डा. रेशा श्रेष्ठ रहेकी छन् ।