Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम
  • ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
  • समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा
  • बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह
  • आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



मुख्य समाचार

आँखाको उपचार गर्न शिविरकै भर

Aricle TechBy Aricle Tech२०८० मंसिर २२, शुक्रबार
Share
Facebook Twitter

पाँचथ: याङ्वरक गाउँपालिका–३ ओयामका मैतसिंह राई याङ्वरककै थर्पुमा आयोजना गरिएको आँखा शिविरमा शल्यक्रियाका लागि तम्तयार भएर बसेका छन् । करिब ७६ वर्षीय मैतसिंहको देब्रे आँखामा मोतियाबिन्दुुको समस्या देखिएपछि शल्यक्रिया गर्नुपर्ने भयो ।

झण्डै १० वर्षदेखि आँखाको समस्या भोगिरहेका मैतसिंहले गत वर्ष थर्पुमा स्थापित आँखा उपचार केन्द्रमा पहिलो पटक आँखा जाँच गराएका थिए । आँखामा समस्या देखिएको स्वास्थ्यकर्मीले बताएपछि उनी शिविर पर्खेर बसिरहेका थिए । “भरसक दुवै आँखाको शल्यक्रिया गराऔँ भनेको, डाक्टरले एउटाको मात्रै गरे पुग्छ भन्नुभयो”, मैतसिंहले भने ।

सोही वडाका श्रीनन्द नुगो लिम्बू ७४ वर्षको भए । उनका दुवै आँखामा बादल लागेजस्तो हुन्थ्यो । नजिकैको स्वास्थ्यचौकी र जिल्ला अस्पतालमा उपचार नहुने सुनेपछि उनी समस्या पालेरै बसिरहेका थिए । मधुरो देखिने हुँदा विस्तारै हिँडडुल गर्नुपर्ने बाध्यतामा रहेका उनी आँखाको उपचार गरेर सहज जीवनको अपेक्षामा छन् । “गाउँबाट तीन जना साथीहरु आएका छौँ, चस्मा लगाउँदा होला कि भनेको ‘अप्रेसन’ नै गर्नुपर्छ भन्ने कुरा डाक्टरले गर्दै हुनुहुन्छ”, याङ्वरक गाउँपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा भेटिएका नुगोले भने ।

शिविरमा आँखा परीक्षणका लागि आएका याङवरक–६ का रामकुमार भारती शिविरमार्फत घर दैलोमा सेवा पु¥याउने कार्यले सामान्य नागरिक बढी लाभग्राही हुने बताउँछन्। “टाढा पुगेर उपचार गर्नुपर्ने बाध्यता हट्थ्यो, स्वास्थ्य क्षेत्रका अन्य सेवालाई पनि यसरी नै विस्तार गर्न स्थानीय सरकार लाग्नुपर्छ”, भारतीले भने, “आँखाको उपचारका लागि झापासम्म पुग्नुपर्ने बाध्यताले झापा पुगेर उपचार गराउनसक्ने अवस्था छैन ।”

उपचार र परीक्षणका लागि गाउँपालिकाले आयोजना गरेको आँखा शिविरमा आउनुभएका मैतसिंह, श्रीनन्द र रामकुमारजस्तै पूर्वी पहाडका नागरिकले आँखाको उपचार तथा परीक्षणका लागि कि त शिविर नै पर्खनुपर्छ, कि झापा पुग्नुपर्छ । पूर्वी पहाडका आँखाको उपचार गर्ने अस्पताल र जनशक्ति अभावका कारण नागरिक आँखा शिविरको भरपुर सदुपयोगमा लागेका देखिन्छन् ।

तथ्याङ्कले पनि यहाँका नागरिक शिविरमार्फत सेवा लिन इच्छुक रहेको देखाउँछ । नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङसँगको सहकार्यमा यही मङ्सिर १४ र १५ गते याङवरक गाउँपालिकाले आयोजना गरेको शिविरमा तीन सय ९७ जनाले सेवा लिएका छन् । त्यसमध्ये ३२ जनाको मोतियाबिन्दको शल्यक्रिया, दुई सय २८ जनाको आँखा परीक्षण र चस्मा वितरण तथा बाँकीको आँखा परीक्षण गरिएको गाउँपालिकाका प्रवक्ता कुमारध्वोज सुनुवारले जानकारी दिए ।

यहाँ गत वर्ष आयोजना गरिएको शिविरमा पाँच सय ३० सेवाग्राहीले लाभ लिएका र त्यसमध्ये ३८ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख डिल्लीरमण पाण्डेले जानकारी दिए ।

याङवरक र कुम्मायक गाउँपालिकाले आँखा उपचार केन्द्र स्थापना गरी आँखा परीक्षण, बिरामीको तथ्याङ्क सङ्कलन, चस्मा र औषधि वितरण गरिरहेका छन् । कुम्मायकले यासोक बजारमा कुम्मायक आँखा उपचार केन्द्र र याङ्वरकले थर्पुमा याङवरक आँखा उपचार केन्द्र स्थापना गरेका छन् । यी उपचार केन्द्र नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङको सहकार्यमा स्थापना गरिएका हुन् ।

दुई/दुई वर्षमा आँखा शिविर सञ्चालन गर्दै आएको हिलिहाङ गाउँपालिकाले यस वर्ष प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा मङ्सिर पहिलो साता आयोजना गरेको शिविरमा नौ सय सात सेवाग्राहीले सेवा लिएका थिए । त्यसमध्ये ६७ जनाको मोतियाबिन्दु र अन्य समस्याको शल्यक्रिया गरिएको हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रकाश घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार आँखाको उपचार सहज नहुँदा सेवाग्राही शिविर कुरेर बस्ने गरेका छन् । “स्वास्थ्य संस्थामा आँखाका बिरामी दैनिकजसो आउँछन्, मोतियाबिन्दुको समस्या धेरै देखिन्छ, चस्मा लगाउनुपर्ने अवस्थाका बिरामी पनि प्रशस्तै भेटिन्छन्”, घिमिरेले भने, “हामीले उपचार गर्न नसक्ने हुँदा उपचारका लागि जिल्ला बाहिर जान वा शिविर पर्खन भन्ने गरेका छौँ ।” विद्यार्थीमा पनि आँखाको समस्या देखिने गरेको घिमिरेको भनाइ छ । यस्तै आँखामा आकस्मिक समस्या तथा दुर्घटनामा चोट लागेमासमेत उपचारका लागि झापा पुग्नुपर्ने बाध्यता छ ।

यहाँका अधिकांश बिरामी आँखामा आएको समस्या समाधानका लागि मेची आँखा अस्पताल विर्तामोड पुग्ने गर्दछन् । कतिपयले फिदिममा रहेका आँखासम्बन्धी सेवा दिने क्लिनिकमा समेत उपचार गराउँछन् । उसो त पाँचथरका फिदिम नगरपालिकासहित अन्य स्थानीय तहले आँखा शिविर सञ्चालन गरिरहेका छन् । स्थानीय तहले नियमित शिविर सञ्चालन गर्दा नागरिकलाई केही सुविधा पुगेको देखिन्छ ।

शिविरमार्फत दिइने सेवाभन्दा जिल्लामा आँखाको उपचार गर्ने सुविधासम्पन्न अस्पताल निर्माण गर्नुपर्नेमा यहाँका सरोकारवालाले जोड दिने गरेका छन् । जिल्ला अस्पतालमा मेची आँखा अस्पतालको सहयोगमा छुट्टै कक्ष स्थापना गरिए पनि दक्ष स्वास्थ्यकर्मी, उपकरण र औषधिको अभावमा उक्त कक्षले प्रभावकारी सेवा दिन नसकेको बिरामीको गुनासो छ । -रासस

Aricle Tech
  • Website

सम्बन्धित खबर

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

भर्खरै

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

२०८२ श्रावण २, शुक्रबार

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

२०८२ श्रावण २, शुक्रबार

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

२०८२ श्रावण २, शुक्रबार

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

२०८२ श्रावण १, बिहीबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.