काठमाडौँ : त्रिवि शिक्षण अस्पताल महाराजगन्ज ‘पोइजन इन्फरमेसन सेन्टर’ (विष सूचना केन्द्र) को उद्घाटन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेका हुन् ।
त्रिवि शिक्षण अस्पतालको क्लिनिकल फर्माकलोजी विभागले उक्त ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालनमा ल्याएको हो । विष सेवन गरेकाहरूको उपचारलाई प्रभावकारी बनाएर उनीहरूको मृत्युदर कम गर्ने उद्देश्यले विज्ञमार्फत उपयुक्त सल्लाह सुझाव प्रदान गर्ने उद्देश्यले सेन्टरको स्थापना गरिएको हो ।
कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिन डा दिव्या सिंह र त्रिवि शिक्षण अस्पतालका निर्देशक डा।दिनेश काफ्लेको पनि उपस्थिति रहेको थियो ।