काठमाडौँ : विश्वविद्यालय र नेपाल प्रहरी अस्पताल महाराजगञ्जबीच चिकित्सा र सम्बन्धित विषयमा शिक्षा, अनुसन्धान र प्रशिक्षणलाई अगाडि बढाउन थप सहकार्य वृद्धि गर्न द्विपक्षीय सम्झौता भएको छ ।
काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा तथा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले काठमाडौँ विश्वविद्यालयमा आयोजित कार्यक्रममा सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन् ।
त्यस अनुसार चिकित्सा तथा सम्बन्धित क्षेत्रमा शिक्षा, अनुसन्धान, तथा तालिम आयोजना गर्ने, विशेषज्ञ तथा प्राज्ञिक जनशक्ति आदानप्रदान गर्ने, शैक्षिक कार्यक्रम विकास गर्ने कार्यमा सहकार्य हुनेछ ।