काठमाडौँ : ललितपुर महानगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएसँगै देशभरका ७ सय ५० स्थानीय तहमा बीमा कार्यक्रममा लागूभएको छ । ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा महानगरभित्र स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो ।
स्वास्थ्य बीमा बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार काठमाडौँ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिका गरी ३ स्थानीय तहमा बीमा कार्यक्रम लागू हुन बाँकी छ । उनका अनुसार देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ५० स्थानीय तहमा बीमा कार्यक्रम लागू भएको छ ।
वि.सं २०७२ साल २५ चैतमा कैलालीबाट सुरु भएको यो कार्यक्रममा पाँच जनाको परिवारमा तीन हजार पाँच सय रुपियाँ प्रिमियम तिर्दा एक लाख रुपियाँसम्मको उपचार सुविधा पाइने उनले बताइन् ।