कैलाली : डा. गोविन्द केसीले सरकारले विगतमा पटक पटक गरेका सहमति पालना नगरेको भन्दै शुक्रबार साँझदेखि धनगढीमा सत्याग्रह सुरु गरेका छन् । धनगढीको एलएनचौकस्थित कृष्ण मन्दिरको धर्मशालामा बसेर तीन दिने सत्याग्रह सुरु गरेका हुन् । सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा सत्याग्रह सुरु गर्न जाँदा गेटा मेडिकल विश्वविद्यालय संघर्ष समितिले डा. केसीलाई भित्र प्रवेश गर्न रोकेपछि उनी धनगढी फर्केर कृष्ण मन्दिरको धर्मशालामा अनसन बसेका हुन् । अनशन बस्न गेटा पुगेका डाक्टर केसीलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले प्रतिष्ठानको विषयलाई आफ्नो मागको मुद्दा नबनाउन आग्रह गरेपछि केसी अनशन नबसेरै फर्किको संघर्ष समितिका संयोजक लोकराज…
Aricle Tech
काठमाडौं : सुर्तीजन्य पदार्थ बेचबिखनमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । निवेदकहरूको उद्योग व्यवसायमा प्रतिकूल असर पर्ने देखिएको भन्दै न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले विपक्षीका नाममा बिहीबार अन्तरिम आदेश दिएको हो । काठमाडौंले यही मंसिर १२ गते सूचना जारी गरि २७ गते बुधबारबाट महानगरभित्र सुर्तीजन्य पदार्थ बेचबिखनमा रोक लगाएको थियो । उक्त सूचनापछि श्रीराम टोबागो प्रालि लगायत उद्योगहरूले उच्च अदालतमा रिट दायर गरेका थिए ।
काठमाडाैं: चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसी आजदेखि कैलालीको सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा मेडिकल कलेज) मा अनसन बस्ने भएका छन् । सरकारसँग विगतमा पटक–पटक भएका सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा केसीले शुक्रबार बेलुकी ५ बजेदेखि मेडिकल कलेज धनबढीमा तीन दिने अनसन सुरु गर्दैछन् । यस्ता छन् उनका मागहरू: १. सशस्त्र द्वन्द्व कालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुङ्गोमा पुर्याइयोस् । २. यसअघि हामीसित भएका सम्झौताहरू कार्यान्वयन गरियोस् । सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधीहरू…
काठमाडौं : चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले प्रमुख दुई बुँदे माग राख्दै सत्याग्रह सुरु गर्न लागेका छन् । डा केसीले आज साँझ ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेका हुन् । सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै सत्याग्रह सुरु गर्न लागेको उनले बताएका छन् । यस्ता छन् उनका मागहरू: १. सशस्त्र द्वन्द्व कालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुङ्गोमा पुर्याइयोस्। २. यसअघि हामीसित भएका सम्झौताहरू कार्यान्वयन गरियोस् । सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क…
नारायणगढ: जिल्ला कारागार कार्यालय चितवनमा रहेका एक सय ११ कैदीबन्दी बिरामी भएको पाइएको छ । उनीहरु विभिन्न रोगबाट पीडित छन् । एक सय ११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन् । अन्य जिल्लाबाट उपचारका लागि कैदीबन्दी चितवन पठाउने गरिएको कार्यालय प्रमुख कमलप्रसाद आचार्यले जानकारी दिए । “कारागारमा बिरामी कैदीबन्दीको चाप बढ्दै गएको छ”, उनले भने । कार्यालय प्रमुख आचार्यका अनुसार नवलपरासी, धादिङ, गोरखा, मकवानपुरलगायत जिल्लाबाट बिरामी कैदीबन्दी यहाँ उपचारका लागि ल्याउने गरिएको छ । अहिले कारागारमा मधुमेहका २६, थाइराइडका तीन, मुटुरोगी चार, एचआइभी सङ्क्रमित चार, छारेरोगबाट पीडित चार, मानसिक रोगी पाँच, हेपाटाइटिसबाट पीडित तीन तथा अन्य रोगबाट पीडित…
काठमाडौं: डा सन्दुक रुइतललाई काठमाडौं महानगरपालिकाले सम्मान गरेको छ । २९औं वाषिर्कोत्सवको अवसरमा महानगरपालिकाले वरिष्ठ नेत्र रोग विशेषज्ञ रुइतललाई सम्मान गरेको हो । उनलाई महानगरले जनही एक लाख ५० हजार नगदसिहत सम्मान गरेको हो।
काठमाडौं : वात्सल्य आईभीएफ सेन्टरकी युवा प्रजनन रोग विशेषज्ञ डा अस्मिता पाण्डेलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको छ । नयाँदिल्लीमा भएको इण्डियन फर्टिलिटी सोसाइटी (आईएफएस)को १९ औं वार्षिक कंग्रेसमा डा पाण्डेले ‘आईएफएस योङ एचिभर्स’ अवार्ड प्रदान गरिएको हो । इण्डियन फर्टिलिटी सोसाइटीले प्रदान गर्ने उक्त एवार्ड हात पार्ने डा। पाण्डे पहिलो नेपाली चिकित्सक हुन् । प्रजनन स्वास्थ्य अनुसन्धान, लेखन र सम्पादनजस्ता एकेडेमिक काममा खेलेको भूमिका कारण उनले उक्त एवार्ड हात पारेकी हुन् ।
काठमाडौं : बागमती प्रदेश सरकारको स्वास्थ्य सचिवबाट हटाउने निर्णय कानुन विपरित भएको भन्दै सर्वोच्च अदालतले स्वास्थ्य सचिव बद्री खड्कालाई पुनः सचिव पदमा काम गर्न अन्तरिम आदेश दिएको छ । प्रदेश सरकारले उनलाई स्वास्थ्य सचिवबाट हटाएर मुख्यमन्त्री कार्यलयमा जगेडामा तानेको थियो । प्रदेश सरकारको सो निर्णय कानुन विपरित भएको भन्दै खड्का पुनः बहालीको माग गर्दै अदालत गएका थिए । सर्वोच्चका न्यायधीश हरिप्रसाद फुयाँलको एकल इजलासले उनले माग गरेअनुसार अन्तरिम आदेश जारी गरेका हुन् ।
काठमाडौं : सर्वोच्च अदालतले वीर अस्पतालको निर्देशकबाट डा सन्तोष पौडेललाई हटाउनुको कारण माग गरेको छ। सर्वोच्चका न्यायाधिस हरिप्रसाद फुयालको एकल इजलासले यस्तो माग गरेको हो। साथै सर्वोच्चले अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ। वीर अस्पतालका निर्देशकबाट हटाइएका डा सन्तोष पौडेलले पुनर्वहालीको माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए। स्वास्थ्यमन्त्री बस्नेतले गत मंसिर १४ गतेको मन्त्रीस्तरीय निर्णयबाट पौडेललाई वीर अस्पतालको निर्देशक पदबाट हटाएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका थिए।
कैलाली: गत मङ्गलवार एकै दिन कैलाली र कञ्चनपुरमा तीन वटा चौपाया रेबिज पुष्टि भएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ मा मरेको स्यालमा, धनगढी उपमहानगरपालिका वडा नम्बर १ को छाडा कुकुर र जानकी गाउँपालिका वडा नम्बर ७ मा गाईको बाच्छोमा रेबिज संक्रमण पुष्टि भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डाक्टर नरेशप्रसाद जोशीले बताए। ‘कैलाली र कञ्चनपुरमा गत वर्ष ३९ चौपायामा रेबिज संक्रमण भएकोमा चालु आर्थिक वर्षको पाँच महिना नपुग्दै ४८ चौपायामा रेबिज पुष्टि भएको छ’, उनले भने, ‘घरपालुवा चौपायादेखि जङ्गली स्याल र बङ्गुरमा समेत रेबिज संक्रमण पुष्टि भएको छ।’ यो वर्ष कैलाली र कञ्चनपुरमा साउनयता ४८ पशु चौपायामा…

