Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा
  • औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू
  • अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश
  • चितवनमा औलोका सात बिरामी भेटिए
  • १६० जनामा कोरोना पुष्टि, वागमतीमा सबैभन्दा धेरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



समाचार

कोभिड पीडापछि सन् २०२४ मा महामारी सम्झौताका लागि डब्लुएचओको आग्रह

Aricle TechBy Aricle Tech२०८० पुष ११, बुधबार
Share
Facebook Twitter

जेनेभा : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रमुखले मङ्गलबार विश्वले तीन वर्षको कोभिड ‘सङ्कट, पीडा र नोक्सान’ अन्त्य गरेपछि भविष्यको महामारीका लागि राम्रोसँग तयारी गर्न आावश्यक रहेको बताए।

सन् २०२३ को अन्त्यमा आफ्नो सन्देशमा डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सन् २०२३ प्रमुख स्वास्थ्य चुनौतीहरूसँग लड्नका लागि महत्त्वपूर्ण मोड साबित भएको तर यसले ‘अत्यधिक र बच्न सकिने पीडा’ पनि लिएर आएको बताए।

उनले गाजापट्टीका लागि राहत प्रयासहरूमा तीव्रता ल्याउन आह्वान गर्दै राष्ट्रहरूसँग महामारीका क्रममा सार्वजनिक भएका तयारीको कमीलाई हटाउनका लागि ‘स्मराणार्थक’ महामारी सम्झौतामा छाप लगाउन आग्रह गरे।

उनले मे महिनामा अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपत्कालका रूपमा कोभिड–१९ अन्त्य घोषणा गरेका थिए। ‘तीन वर्षको सङ्कट, पीडा र जतातजै मानिसहरूको क्षतिपछि यो संसारका लागि एउटा महत्त्वपूर्ण मोड हो, जनजीवन सामान्य भएको देखेर मलाई खुशी लागेको छ’, उनले भिडियो सन्देशमा स्मरण गर्दै भने।

टेड्रोसले १० महिनापछि डब्लुएचओले सन् २०२३ मेमा एमपक्समा पनि यस्तै आपत्काल हटाएको बताए। यस वर्ष डब्लुएचओले मलेरिया, डेङ्गु र मेनिनजाइटिसका लागि नयाँ खोपहरू स्वीकृत गरेको छ। यसैबीच अजरबैजान, बेलिज र ताजिकिस्तानलाई मलेरिया मुक्त घोषणा गरिएको छ। 

जलवायु परिवर्तनको स्वास्थ्य प्रभावहरूलाई केही साताअघि आयोजित संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप२८ मा प्रमुखरूपमा देखाइएको टेड्रोसले बताए। ‘यद्यपि सन् २०२३ पनि स्वास्थ्यका लागि अत्यधिक र बच्न सकिने पीडा तथा खतराहरूको वर्ष रह्यो’, उनले भने। 

उनले इजराइलमाथि हमासको ‘बर्बर’ हमलाका बारेमा कुरा गर्दै भने, ‘यसपछि गाजामा विनाशकारी हमला भयो।’ इजराइली आँकडाअनुसार हमासले अक्टोबर ७ मा दक्षिणी इजराइलमा गरेको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ४० जना मारिएपछि अहिलेसम्मको सबैभन्दा रक्तपातपूर्ण गाजा युद्ध सुरु भएको हो। हमासले दुई सय ५० मानिसलाई बन्धक बनाएको छ। तीमध्ये एक सय १९ जना गाजाभित्रै रहेका छन्। 

इजराइलले व्यापक हवाई बमबारी र स्थल आक्रमण सुरु गरेको छ। हमासको स्वास्थ्य मन्त्रालयका अनुसार इजराइली आक्रमणमा अधिकांश महिला तथा बालबालिकासहित २० हजार नौ सय १५ जना मारिएका छन्। महानिर्देशक टेड्रोसले तत्काल युद्धविरामका लागि डब्लुएचओको आह्वानलाई जोड दिँदै भने, ‘गाजामा मानिसहरूको आवश्यकता पूरा गर्न राहत प्रयास पुग्न सकिरहेको छैन।’

‘विश्वभर ४० भन्दा धेरै प्रकोपहरूसँगै हैजाको पुनरुत्थान विशेषरूपमा चिन्ताजनक छ’, उनले भने।

डब्लुएचओको ७५औँ वर्ष समापन गर्दै उहाँले आपत्कालीन तयारी र प्रतिक्रियाका सन्दर्भमा अर्को महामारीलाई रोक्नका लागि विश्वको तयारीमा कमी कायमै रहेको बताए। ‘तर राष्ट्रहरूले महामारीको खतराहरूमा पहिलोपटक वैश्विक सम्झौतामाथि छलफल गरिरहेकाले सन् २०२४ ले यी रिक्तता हटाउने अनौठो अवसर प्रदान गर्दछ’, उनले भने, ‘विश्वव्यापी सहयोग र समानतामा रहेको खाडल पुर्नका लागि महामारी सम्झौताको डिजाइन गरिएको छ।’ रासस

Aricle Tech
  • Website

सम्बन्धित खबर

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

भर्खरै

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

२०८२ असार ६, शुक्रबार

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

२०८२ असार ६, शुक्रबार

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

२०८२ असार ६, शुक्रबार

चितवनमा औलोका सात बिरामी भेटिए

२०८२ असार ६, शुक्रबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.