काठमाडाैं : भारतमा कोभिड-१९ को पहिलेको भन्दा बढी संक्रामक नयाँ भेरियन्ट देखिएपछि नेपालमा पनि सतर्कता अपनाउनुपर्ने विज्ञहरू सुझाव दिएका छन् ।
भारतको केरलमा कोभिड-१९ को नयाँ भेरियन्ट ‘जेएन-१’ फेला परेको हो । भारतमा यो भेरियन्ट पहिलो पटक मंसीर २२ मा कारकुलमामा फेला परेको थियो । भारतमा यो भेरेयन्टका कारण केहीको मृत्युसमेत भइसेकेको छ ।तर नयाँ भेरियन्ट जेएन–१ त्यति धेरै घातक भने नभएको बताइन्छ ।
कोभिड विशेषज्ञ समितिका सदस्य डा अनिश टीएसले बिबिसीलाई भनेका छन्, ‘ १०० पोजिटिभ केसमध्ये ५० प्रतिशतमा यो भेरियन्टले कुनै लक्षण देखापर्दैन। यो भेरियन्ट घातक नभएता पनि अत्यधिक संक्रामक रहेको छ । जेएन– १ एक व्यक्तिबाट अर्को व्यतिमा फैलन भने समय लाग्दैन् । विश्व स्वास्थ्य संगठनले यो भेरियन्ट लाई ‘भेरिएन्ट अफ इन्ट्रेस्ट’ भनेको छ ।अहिलेसम्म ४० भन्दा धेरै देशमा यो नयाँ भेरियन्ट फैलिसकेको छ ।
भाइरस नाकबाट निस्कने कणहरू मार्फत हावामा फैलिन्छ। यो इन्फ्लुएन्जाभन्दा खतरनाक भएको हुँदा वृद्धवृद्धा र दीर्घ रोगीहरुले विशेष ध्यान दिनुपर्ने चिकित्सक बताउँछन् ।