

धनगढीः सेती प्रादेशिक अस्पतालमा एमआरआई सेवा सञ्चालन हुने भएको छ। एमआरआई सेवा सुचारु गर्नका निमित्त आइतवार अस्पतालमा मेसिन ल्याइएको हो ।
छिट्टै मेसिन जडान गरेर सेवा सुचारु गरिने अस्पतालका अध्यक्ष नरबहादुर शाह ‘निर्मल’ले बताए। यसअघि अस्पतालमा एमआरआई सेवा नहुँदा यसक्षेत्रका बिरामीले समस्या भोग्दै आएका थिए ।
एमआरआई उच्चस्तरको प्रविधि हो। यसले स्नायु, मेरुदण्ड, हाडजोर्नी, टाउको, शरीरका विभिन्न नसाको अवस्था पत्ता लगाउन सजिलो हुन्छ ।