Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम
  • ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
  • समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा
  • बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह
  • आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



मुख्य समाचार

बिरामी रेफर गर्ने डडेल्धुरा अस्पतालले अब डाक्टर पठाउने

Aricle TechBy Aricle Tech२०८० फाल्गुन ३, बिहीबार
{"caption":"u0921u0921u0947u0932u0927u0930u093e u092eu0947u0921u093fu0915u0932 u0915u0932u0947u091cu0915u093e u0932u093eu0917u093f u092au094du0930u0938u094du0924u093eu0935u093fu0924 u0921u0921u0947u0932u0927u0941u0930u093e u0905u0938u094du092au0924u093eu0932 u0964 u0924u0938u094du0935u093fu0930 : u0921u0940u0906u0930/u0915u093eu0928u094du0924u093fu092au0941u0930","photographer":"","alt_text":""}
Share
Facebook Twitter

डडेल्धुरा : ०७८ साल माघ १० गते बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजका रुपमा अगाडि बढाउने निर्णय ग¥यो । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीचको समझदारीबाट सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत अस्पतालको स्वामित्व नेपाल सरकारमै रहने छ,’ मन्त्रिपरिषदको निर्णयमा भनिएको थियो, ‘डडेल्धुरा अस्पताल नै आधार संकायका रुपमा विकास हुने गरी मेडिकल कलेज स्थापना गर्न स्वास्थ्य मन्त्रालयको समन्वयमा शिक्षा मन्त्रालयले प्राथमिकता साथ अघि बढाउने छ ।’

प्रतिष्ठानका रुपमा विकास गर्न भन्दै स्वास्थ्य मन्त्रालयले प्रस्ताव लगेकोमा मन्त्रिपरिषद्ले मेडिकल कलेजको रुपमा अगाडि बढाउने निर्णय गरेको थियो । सोही निर्णयपछि जेठ १५ गते सरकारले सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा पनि डडेल्धुरामा मेडिकल कलेज सञ्चालनको योजना अटायो । बजेटमा नै ‘डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न व्यवस्था मिलाइने’ उल्लेख भएपछि जिल्लावासी डाक्टर उत्पादनको सपना बुन्न थाले ।

जिल्लास्तरीय समन्वय समिति गठन गर्दै मेडिकल कलेज स्थापनाका लागि प्रक्रिया अगाडि बढाइयो । अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीको संयोजकत्वमा गठन गरिएको समितिमा जिल्ला समन्वय समिति प्रमुख, राष्ट्रिय भूमि आयोगका अध्यक्ष, जिल्लास्थित सबै राजनीतिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी, नापी, मालपोत, वन, स्वास्थ्य, शिक्षा समन्वय कार्यालयका प्रमुखहरु सदस्य राखिएको थियो ।

जिल्लास्तरीय समन्वय समितिको अुवाइमा मेडिकल कलेज स्थापनाका लागि आवश्यक जग्गाको जोहो गरियो । मेडिकल कलेज सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भएपछि रणनीतिक योजना बनाएर काम अगाडि बढाइएको थियो ।

सोही क्रममा भदौ पहिलो साता चिकित्सा शिक्षा आयोगको टोलीले डडेल्धुरा मेडिकल कलेजमा अध्यापन अनुमति प्रदान गर्नका लागि अनुगमन गरिएको थियो । सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीका अनुसार डडेल्धुरा मेडिकल कलेजमार्फत पाँचवटा विषय अध्यापनका लागि चिकित्सा शिक्षा आयोगसँग अनुमति माग गरिएको थियो ।

‘हामीले ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी, पब्लिक हेल्थ, फार्मेसी, फिजियोथेरापी र बिएस्सी नर्सिङका कक्षा सञ्चालन गर्नका लागि अनुमति माग गरेका थियौँ,’ डिन जोशीले भने, ‘ती विषयका कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार र उपकरण छन् वा छैनन् भनेर चिकित्सा शिक्षा आयोगको टोलीले अनुगमन गरेको थियो । अनुगमनपछि ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी अध्यापनका लागि मात्रै अनुमति पायौं ।’

अन्ततः ३० माघदेखि डडेल्धुरा मेडिकल कलेजमा कक्षा सञ्चालन भएको छ । कलेजले बिएसी एमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) सञ्चालनको अनुमति पाएसँगै कक्षा सञ्चालन गरेको डिन जोशीले बताए । १० जनाको कोटा पाएकोमा अहिलेसम्म ८ जना विद्यार्थी भर्ना भएर पढाइ सुरू भएको उनले जानकारी दिए ।

‘विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएसी एमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएर छात्रवृत्तिका सात जना विद्यार्थी भर्ना भएसँगै कक्षा सञ्चालन भएको हो,’ उनले भने, ‘एकजना थप शुल्क तिरेर पढ्ने विद्यार्थी पनि भर्ना भएका छन् ।’

डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले पढाइ सुरु गर्नुअघि विद्यार्थीलाई अभिमुखीकरण पनि गरिएको जानकारी दिए । उनका अनुसार सोही कार्यक्रममा मेडिकल कलेजका अध्यापक र अध्ययन गर्न आएका विद्यार्थीलाई स्वागत पनि गरिएको छ । ‘डडेल्धुराबाट डाक्टर उत्पादन गर्ने योजनासहित सुरु भएको लक्ष्यको सुरुवात भइसकेको छ,’ ओझाले भने, ‘अबको केही वर्षभित्रै एमबिबिएसको अध्यापन पनि सुरु गर्ने तयारीमा हामी जुटेका छौं ।’

एमबिबिएसको पढाइ सुरु गर्न डडेल्धुरा अस्पताल कम्तीमा पनि तीन सय शड्ढयामा स्तरोन्नति हुन आवश्यक छ । अहिले अस्पताल एक सय शय्यामा चल्दै आएको छ । तत्काल तीन सय शड्ढयामा अस्पताल स्तरोन्नति भए हामी ०८३ देखि एमबिबिएसको पढाइ सुरु गर्न सकिने बताइएको छ । बिएस्सी नर्सिङको पढाइ गर्नका लागि यसै आर्थिक वर्षमा फेरि अनुमति माग गर्ने तयारीमा सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य तथा विज्ञान संकाय लागेको छ ।

Aricle Tech
  • Website

सम्बन्धित खबर

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

भर्खरै

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

२०८२ श्रावण २, शुक्रबार

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

२०८२ श्रावण २, शुक्रबार

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

२०८२ श्रावण २, शुक्रबार

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

२०८२ श्रावण १, बिहीबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.