आम्सटर्म : नेदरल्यान्ड्सका पूर्वप्रधानमन्त्री ड्राइस भान एग्ट र उनकी श्रीमती युजीन कानुनी इच्छा मृत्युबाट निधन भएको छ । दुवै जना लामो समयदेखि बिरामी थिए ।
चिकित्सकको सहयोगमा दुवैले अन्तिम सास फेरेका छन् र अन्तिम क्षणसम्म एकअर्काको हात समातेर साथ दिएको घटनाले यतिखेर नेदरल्यान्ड्समा शोकको अवस्था छ । नेदरल्याण्ड्सको एक कानुनी अधिकार संगठनका अनुसार उनीहरूलाई नजिकैको चिहानमा गाडिएको थियो ।
श्रीमान एग्ट १९७७ देखि १९८२ सम्म नेदरल्याण्ड्सको प्रधानमन्त्री थिए। उनी क्रिस्चियन डेमोक्रेट पार्टीका सदस्य थिए । नेदरल्यान्ड्समा सन् २००० मा इच्छा मृत्युलाई कानुनी मान्यता दिइएको थियो । यसअन्तर्गत ‘निको नहुने रोगबाट पीडित वा स्वास्थ्यमा सुधारको सम्भावना नभएको’ व्यक्तिले इच्छा मृत्युका लागि अनुरोध गर्न सक्नेछन् ।