काठमाडौं : दरवारमार्गस्थित आवरण स्किन एण्ड हेयर क्लिनिक आठौं वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा आवरण क्लिनिकले अभिनेत्री करिश्मा मानन्धरलाई आफ्नो ब्राण्ड एक्म्बेसडरको रुपमा नियुक्त गरेको छ । सोमबार आयोजित एक समारोहमा अभिनेत्री मानन्धरले आफू आवरण क्लिनिकको ब्राण्ड एम्बेसडर हुन पाउँदा तथा आफू पनि यहाँको सेवा लिन पाउँदा खुसी भएको बताइन् ।
आवरणले स्थापना कालदेखि नै अल्मा लेजर कम्पनी, लेज्र अप्टेक कोरिया लगायतका विश्वमै सर्वोत्कृष्ट उपकरणको साथमा सेवा दिँदै आएको छ ।
विशेषत कपाल प्रत्यारोपण तथा सौन्दर्य उपचारका लागि प्रख्यात यो क्लिनिकमा ३० भन्दा बढी देशबाट १ लाखभन्दा बढी सेवाग्राहीले सेवा लिइसकेका छन् । आवरणले दिने सेवाहरु विदेशमा सेवा लिँदा यहाँभन्दा ५ देखि १० गुणासम्म बढी लाग्ने तर यही सेवा आफूहरूले नेपालमै सूपथ मुल्यमा दिइरहेको क्लिनिकका छालारोग विशेषज्ञ डा.रुपक घिमिरेले बताए ।