Aricle Tech

काठमाडौं : समाज कल्याण परिषदका पूर्व सदस्य सचिव तथा नेपालको जनस्वास्थ्य विषयमा पायोनियर प्राध्यापक डाक्टर ऋतुप्रसाद गडतौलाको निधन भएको छ ।उनको गएराति उपचारका क्रममा ७२ वर्षको उमेरमा त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको हो । उनलाई स्ट्रोक भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए ।नेपालमा मेडिकल एन्थ्रोपोलोजीको पहिलो पिएचडी डाक्टर गडतौलाले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा ३२ वर्षसम्म अध्यापन गराएका थिए । उनले आईओएममा बीपीएच, एमपीएचको शिक्षक भएर अध्यापन गराएको उनका विद्यार्थीसमेत रहेका स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले बताए ।डाक्टर गड्तौडा केही वर्षअघि त्रिविको प्राध्यापकबाट रिटायर्ड भएका थिए ।  उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

विस्तृतमा...

डडेल्धुरा : डडेल्धुरामा फागुन १३ गतेदेखि दादुरा-रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले जिल्ला सदरमुकाममा अभिमुखीकरण र बहस पैरवी गोष्ठी राख्दै अभियानबारे जानकारी दिएको हो । कार्यक्रममा कार्यालयका प्रमुख केशरबहादुर साउदका अनुसार फागुन १३ गतेदेखि १६ गतेसम्म दादुरा रुबेला रोगविरुद्ध खोप अभियान सञ्चालन हुने भएको हो । `डडेल्धुरामा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई खोप दिने अभियान संचालन गर्दैछौं,´ उनले भने, `जिल्लामा ११ हजार ८२३ जना बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।´ नियमित खोप सञ्चालन हुने स्थान, विगतका खोप अभियानमा सञ्चालन गरिएका खोप केन्द्र र स्वास्थ्य संस्था गरि एक सय ८० वटा खोप केन्द्रबाट खोप प्रदान गरिने…

विस्तृतमा...

नयाँ दिल्ली : भारत सरकारले बिहीबार उत्तरी राज्य उत्तराखण्डबाट देशकै पहिलो हेलिकप्टर आपतकालीन चिकित्सा सेवा शुरु गर्ने घोषणा गरेको छ। संघीय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले आफ्नो सामाजिक सञ्जालमा यस सेवाको तयारीबारे जनाकारी दिए। ‘म उत्तराखण्डका जनतालाई जानकारी दिन चाहन्छु – यस किसिमको आकस्मिक सेवा यही राज्यबाट शुरु हुनेछ र त्यसका लागि हेलिकप्टर परिचालन गर्ने र त्यसको प्रमाणीकरण गर्ने काम भइरहेको छ,’ मन्त्री ज्योतिरादित्य सिन्धियाले उल्लेख गरे। सिन्धियाका अनुसार, ऋषिकेशको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा हेलिकप्टर राखिनेछ र यसले १५० किलोमिटर आसपासका जनतालाई आवश्यक सेवा पुर्याउने छ। यस सेवाले टाढाका मानिसहरूलाई पनि ट्रमा केयर सेवाहरू प्रदान गर्न हेलिकप्टरहरू प्रयोग…

विस्तृतमा...

काठमाडौं, ३ फागुन । राजधानीको बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पतालले भारतको साइनोडेन्ट नामक संस्थासँग मिलेर दशौं अन्तर्राष्ट्रिय दन्त सम्मेलनको आयोजना गर्न लागेको छ । शुक्रवार र शनिवार दुई दिन राजधानीमा चल्ने सम्मेलनमा नेपाल र भारतका विभिन्न विशेषज्ञ र दन्तचिकित्साका विद्यार्थी सहभागी हुनेछन् । सम्मेलनमा दुई दिनमा गरेर वैज्ञानिक छलफलका सत्रहरु सञ्चालन हुनेछ । कान्तिपुर डेन्टल कलेज बसुन्धारामा हुने पहिलोदिनको सम्मेलनमा डेन्टल इम्प्लान्ट र दन्त उपचारमा लेजर प्रविधिका बारेमा विशेषज्ञहरुले कक्षा लिनेछन् । सम्मेलनको दोश्रो दिन एल्लो पेगोडा होटलमा हुने सम्मेलनमा देश र विदेशका विशेषज्ञहरुको लेक्चरका साथै दाँतका विभिन्न विधामा स्नातक र स्नातकोत्तर पढिरहेका विद्यार्थीहरुको पेपर र पोस्टर प्रदर्शनी…

विस्तृतमा...

काठमाडौं : यौन व्यवसायमा संलग्न महिलालाई विभिन्न प्रकारका यौन रोगको लक्षण देखिएको अध्ययनमा पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको ‘महिला यौनकर्मीबीच एकीकृत जैविक र व्यावहारिक निगरानी सर्वेक्षण’ मा गरिएको अध्ययनमा ४२ प्रतिशतमा यौन रोगको लक्षण देखिएको पाइएको हो । अध्ययनमा सहभागी अनुसन्धानकर्ता प्रतिमा दवाडीले एचआइभी/एड्स, हेपाटाइटिस ‘बी’, हेपाटाइटिस ‘सी’ र भिरङ्गीजस्ता रोग ती महिलामा देखिएको बताए । उनका अनुसार एचआइभी तथा एड्स चार जनामा, हेपाटाइटिस ‘बी’ चार जनामा, हेपाटाइटिस ‘सी’ छ जनामा र भिरङ्गी ५४ जनामा देखिएको देखिएको थियोे । अध्ययनमा यौन रोग लागेका ३४ प्रतिशतले मात्र औषधि सेवन गरिरहेको पाइएको छ । यौन व्यवसायमा लागेका ५५…

विस्तृतमा...

काठमाडौं : लुम्बिनी प्रादेशिक अस्पतालमा मुटुरोग सम्बन्धी उपचारका लागि आवश्यक पर्ने क्याथ ल्याब सेवा सुरु भएको छ । वरिष्ट मुटु रोग विशेषज्ञ डा. अर्जुन बुढाथोकीको नेतृत्वमा बिहीवार क्याथ ल्याबअन्तर्गतको एनजीओग्राम (मुटुको धमनीमा कति ब्लकएज छ भनेर हेर्ने जाँच) सेवा सुरु भएको हो । ‘यो अस्पताल लुम्बिनी प्रदेशको धरोहर हो । हामीले क्याथ ल्याबमा पहिलो पाइला चालेका छौं । निकट भविष्यमा नै अन्य सेवाहरू पनि शुरु गर्नेछौं । एनजीओप्लास्टी (मुटुको धमनीमा जाली हाल्ने काम), पेसमेकर (मुटुको चाल कम हुँदा हालिने मेसिन सहितको ब्याट्री)को सेवा पनि शुरु गर्नेछौं,’ डा. बुढाथोकीले भने, ‘यी सबैखाले सेवा शुरु भएपछि यस क्षेत्रका बिरामीलाई काठमाडौं जानुपर्ने बाध्यात्मक…

विस्तृतमा...

बारा : प्रदेशिक अस्पताल कलैयामा मिर्गाैलको बिरामीलाई उपचार गर्न ‘डायलाइसिस’ र नवजात शिशु विशेष उपचार कक्ष ‘एसएनसियू’ सेवा सुरुआत गरिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार ती दुवै सेवाको शुभारम्भ गर्दै सरकारी अस्पतालको सेवालाई अझ प्रभावकारी बनाउन आग्रह गरे । आगामी दिनमा अस्पताललाई प्रदेशकै नमूना अस्पतालका रुपमा विकास गर्ने सोच प्रदेश सरकारको रहेको उनले जानकारी दिए । अस्पताल विकास समितिका अध्यक्ष प्रकाश चौगाईले अस्पतालमा स्वास्थ्यकर्मीको अभाव रहेको बताए । अस्पतालका प्रमुख डाक्टर अजय गुप्ताले अस्पतालको सेवालाई विस्तार गर्दै जाने नीति रहेको जानकारी दिए ।

विस्तृतमा...

काठमाडौं : सरकारले नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा मनोनीत गरेको चार जना सदस्यलाई उच्च अदालत पाटनले गैरकानुनी ठहर गरेको छ। यससँगै चार जना पदमुक्त हुने भएका छन्। परिषद ऐन अनुसार निर्वाचनबाट चुनिएर आउनु पर्ने पदमा स्वास्थ्य मन्त्रालयले चार जनालाई मनोनीत गरेको थियो। मन्त्रालयको उक्त निर्णयविरुद्ध बल बहादुर सिंजालीले उच्च अदालतमा रिट दायर गरेका थिए । सिंजाली रिटको सुनुवाइ गर्दै उच्चले उनीहरूको मनोनयन गैरकानुनी ठहर गरेको हो ।​ न्यायाधीशहरू रमेश ढकाल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उक्त फैसला गरेको हो । फैसालसँगै परिषदमा सदस्य मनोनीत भएका तोपबहादुर थापा, माइकल देवकोटा, शालिक राम धिताल र राम विनोद महतो पदमुक्त हुने भएका छन् ।…

विस्तृतमा...

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा औषधि व्यवस्था विभागका अधिकारीहरु समेतकाे निरीक्षणपछि कानून विपरित महंगोमा औषधि विक्रिवितरण गरिरहेका वीर अस्पताल छेउकै दुई वटा फार्मेसी बन्द गराइएको छ । वीर अस्पतालको नयाँ भवन (सर्जिकल) को छेउमै गुठीको जग्गामा निजीस्तरमा सञ्चालन गरिएका उपकार फर्मा र सत्यम फर्माले दर्ता नभएका, म्याद गुज्रिएका र मूल्य नै नतोकिएका औषधि महंगोमा विरामीलाई बिक्रि वितरण गरिरहेको फेला परेपछि दुई वटै फार्मेसी बन्द गरिएको हो । बिरामीलाई आवश्यक पर्ने औषधि वीर अस्पताल भित्रका फार्मेसीमा नपाउने र वीरका निर्देशकले मिलेमतोमा विरामीलाई बाहिरका फार्मेसीबाट महंगो औषधि किनाउने गरेको गुनासो आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले औषधि व्यवस्था…

विस्तृतमा...

नारायणगढ : विगत केही दिनदेखि चितवनको भरतपुर अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या २० प्रतिशतले बढेको छ । मौसमी ‘फ्लू’का कारण बिरामीको सङ्ख्या बढ्दै गएको हो । अस्पतालका चिकित्सकका अनुसार पछिल्लो समय बहिरङ्ग विभागमा रुघा, खोकी, ज्वरो भएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको हो । अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा.प्रमोद पौडेलका अनुसार मौसममा आएको परिवर्तनसँगै भाइरसका कारण लाग्ने इन्फ्लूएन्जाका बिरामीको सङ्ख्या बढेको हो । अहिले दैनिक तीनदेखि चार सय हाराहारी बिरामीलाई हेर्दा त्यसको २० प्रतिशतमा भाइरलको समस्या देखिएको हो । विगत महिनाको तुलनामा अहिले फ्लूका बिरामीको सङ्ख्या बढिरहेको उनले बताए । फ्लू लागेका बिरामीमा रुघा लाग्ने, टाउको दुख्ने, शरिर दुख्ने…

विस्तृतमा...