काठमाडौं, १२ फागनु । प्राकृतिक चिकित्सा क्षेत्रको अग्रणी अस्पताल स्पार्क हेल्थ होमले स्थापनाको ३२ औं वार्षिकोत्सव मनाएको छ ।
स्थापना दिवसको अवसरमा अस्पतालले शुक्रवार निःशुल्क परीक्षण, रक्तदान, पत्रकार अन्तरक्रिया लगायतको कार्यक्रम गरेको छ । स्थापना दिवसको अवसरमा अस्पतालका प्रबन्ध निर्देशक हरिशरण रिजालले योग केन्द्रबाट सुरु भएको अस्पताल प्राकृतिक उपचारको हब बनेकोमा गौरव व्यक्त गरे ।
अस्पतालमा हाल २५ बेडको सुविधासहित अन्तरंग सेवा समेत सञ्चालित छ । अस्पतालमा आउने सेवाग्राहीको सन्तुष्टिले नै अस्पतालको वृद्धिविकास भएको रिजालले बताए । उनका अनुसार अस्पतालमा हाल दैनिक करिब ५ सय जनाले अन्तरंग र बहिरंग सेवा लिइरहेका छन् । अस्पताल नेचुरोपेथी, योग र फिजियोथेरापीबाट गरिने उपचारका लागि प्रसिद्ध रहेको छ ।
अस्पतालका प्राकृतिक चिकित्सक डा. सुनील पौडेलले आफ्नो बुबा डा. टीएन पथिकले सानो योग केन्द्रका रुपमा सुरु गरेको अस्पताल हाल प्राकृतिक उपचारको ठूलो केन्द्र बनेकोमा खुशी व्यक्त गरे । प्राकृतिक चिकित्सकलाई तीनमहिने डाक्टर भनेर उपेक्षा गर्ने र प्राकृतिक उपचारमा विश्वास नगर्ने समयामा स्पार्कले सेवा सुरु गरेपछि हाल एलोपेथीका चिकित्सकले पनि बिरामी प्राकृतिक चिकित्सालयमा बिरामी रेफर गर्ने गरेको अनुभव सुनाए ।
ढाड दुख्ने, नशा च्यापिने, गर्दन र शरीरका अंग दुख्ने, प्यारालाइसिस, नशा च्यापिएका लगायत ज्वरो नआउने र हरेक नसर्ने रोगको उपचार प्राकृतिक पद्धतिबाट सम्भव भएको डा. पौडेलले बताए ।
हेरौं भिडियो सामग्री