काठमाडौं : काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)ले विभिन्न पदमा २० जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।
वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइराला नेतृत्वमा रहेको उक्त अस्पतालले परियोजना संयोजक २ जना, रिसर्च असिस्टेन्ट १६ जना, कार्यक्रम अधिकृत एक जना र मेडिकल अफिसर एक जना मागेको हो ।
अन्तर्वार्ताबाट छनोट हुने ती पदमा आवेदन दिन इच्छुकले किओचको कार्यालय बुढानिलकण्ठ वा hr@kioch.org.np मा इमेलमार्फत दरखास्त पेश गर्न सक्नेछन् ।