डडेल्धुरा: डडेल्धुराका चार ठाउँमा निःशुल्क परिवार नियोजन शिविर आयोजना हुने भएको छ। स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजना तथा सुनौलो परिवार नेपालको सहकार्य र पालिकाहरूको समन्वयमा उक्त शिविर आयोजना गरिन लागिएको हो । अनुभवी डाक्टरद्वारा परिवार नियोजनसम्बन्धी महिलाहरूका लागि स्थायी बन्ध्याकरण (मिनिल्याप) र पुरुषहरूका लागि स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) निःशुल्क शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । कार्यालयले एक सूचना जारी गर्दै सन्तानको रहर पुगिसकेका महिला तथा पुरुषहरूले उक्त शिविरमा आएर सेवा लिन अनुरोधसमेत गरेको छ । नवदुर्गा स्वास्थय चौकी डाँडावनमा यही चैत ८ गते तथा नेपाल रेडक्रस भवन, तुफानडाँडामा चैत ९ र १० गते निःशुल्क परिवार नियोजन शिविर आयोजना हुनेछ…
Aricle Tech
महोत्तरी : महोत्तरीको ग्रामीण भेगका धेरै महिला पाठेघरको समस्याबाट पीडित भएको पाइएको छ । उनीहरूको स्वास्थ्य परीक्षण गर्दा पाठेघरको समस्या अत्यासलाग्दो पाइएको हो । लायन्स क्लब अफ बर्दिबास समाजले बर्दिबासमा आयोजना गरेको दुईदिने महिलाका लागि प्रजनन स्वास्थ्य शिविरबाट यो पुष्टि भएको हो । समाजले सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा आइतबार र सोमबार सञ्चालन गरेको शिविरमा परीक्षण गरिएका आठ सय ५९ मध्ये दुई सय दुईजनाको पाठेघरमा गम्भीर समस्या पाइएको छ । शिविरमा परीक्षण गरिएकामध्ये ३३ जनामा क्यान्सर र ४२ जनामा आङ खस्ने समस्या पाइएको शिविरको प्राविधिक टोलीका वरिष्ठ निरीक्षक हरिहर उप्रेतीले जानकारी दिए । शिविरमा तीन सय ५० जनाको दोस्रो…
काठमाडौं : काठमाडौंको बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज अस्पतालले विश्व मुख स्वास्थ्य दिवस बनाएको छ । ‘अ ह्याप्पी माउथ इज अ ह्याप्पी बडी’ अर्थात् ‘खुसी मुख खुसी शरीर’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाएको अस्पतालका अध्यक्ष डा. वुद्धिमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार कजेजले मुख स्वास्थ्यबारे सचेतना जगाउन र्याली आयोजना गरेको थियो । यस्तै कलेजका विद्यार्थीबीचमा चित्रकला प्रतियोगिता, निबन्ध प्रतियोगितासमेत आयोजना गरिएको उनले बताए ।
काठमाडौँ : ‘अ ह्याप्पी माउथ इज अ ह्याप्पी बडी’ अर्थात् मुख स्वस्थ भए शरीर पनि चङ्गा हुन्छ । यो यस वर्षको विश्व मुख स्वास्थ्य दिवसको नारा हो । स्वस्थ मुख उचित पाचनका लागी आवश्यक छ, सर्वोत्कृष्ट पोषणका लागी यसले खानालाई मिहिन बनाउनमात्र सघाउँदै अपितु स्वस्थ मुस्कान र आत्मसम्मान जोगाउन मद्दत गर्छ । यो नाराले प्रवाह गर्ने सन्देश यही हो भन्छन् दन्तचिकित्सकहरू । मुख स्वस्थ भयो भने सम्पूर्ण शरीर नै नीरोगी रहन्छ । मुख अस्वस्थ नहुँदा नै हामी बोल्न, चपाउन र मुस्कुराउन सक्छौँ । आज मार्च २०, संसारभर विविध चेतनामूलक कार्यक्रमका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइँदै छ । दाँत, गिजा…
काठमाडौं : बुढानीलकण्ठ नगरपालिकाले नगर अस्पतालका लागि कर्मचारी माग गरेको छ । नगरपालिकाले रिक्त पदपूर्तिका लागि पाँचौं तहअन्तर्गत करारमा कर्मचारी माग गरेको हो । नगर अस्पतालका लागि एक जना रेडियोग्राफर र एक जना फार्मेसी सहायक आवश्यक परेको नगरपालिकाले जनाएको छ ।
काठमाडाैं– विभिन्न ठाउँका अस्पतालहरुमा कार्यरत नर्सहरुमाथि श्रम शोषण गर्नहरुलाई कारबाही गर्न नेपाल नर्सिङ संघले आग्रह गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै संघले नर्सहरुलाई नियूक्ति पत्र नदिएरै काममा लगाएको, तलब भत्ता समयमा नदिएको, विना सूचना जागिरबाट निकालेको पाइएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ । ‘नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक समेत नदिइएको र श्रम शोषण गरेको भनि यस संघमा निवेदन पर्न आएकोमा संघको गम्भिर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘नर्स जस्तो दक्ष जनशक्ति र नर्सिङ पेशाको अवमुल्यन गर्ने, उचित पारिश्रमिक नदिई शोषण गर्ने अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई अविलम्व कारवाहीको दायरामा ल्याउन…
काठमाडाैं : हाम्रो शरीरको महत्वपूर्ण अंगमध्ये दाँत एक हो । समयमै दाँतको स्याहार भएन भने विभिन्न समस्या देखिन सक्छ । दाँतको दुखाइ, गिजामा दुखाइ, दाँत झर्ने, दाँत पहेँलो हुने र मुख दुर्गन्धित हुनेलगायत समस्या देखिन्छन् । दाँत मुख स्वास्थ्य अन्तर्गत पर्छ । मुख र दाँतसँगका सम्वन्धित अंग तथा भागको हेरचाह यो स्वास्थ्यमा पर्छन् । सामान्यतया दाँत सफा राखे मुख स्वथ्य रहने कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरका अध्यक्ष डा. वुद्धिमान श्रेष्ठ बताउँछन् । ‘सबैभन्दा ठुलो कुरा जनचेतना हो तर जनचेतनाले मात्रै हुँदैन । सन २००४ नेपाल सरकारले मुख स्वास्थ्य नीती र त्यसैलाई २०१४ मा परिमार्जन गरिएको थियो । त्यसमा अलि…
हैदराबाद : हैदराबादस्थित इन्डियन इम्युनोलोजिकल लिमिटेड (आईआईएल) ले डेंगु रोकथामका लागि खोप तयार गरेको दाबी गरेको छ । आईआईएलका प्रबन्ध निर्देशक डा. के आनन्द कुमारले यो खोप सबै परीक्षणहरू पूरा भएपछि करिब दुई वर्षमा (२०२६ को मध्य) मा मानिसहरूलाई दिइने दाबी गरेका हुन् । यस खोपको पहिलो चरणको परीक्षण सकिएको र दोस्रो र तेस्रो चरणको परीक्षण चाँडै सुरु हुने डा। कुमारले बताए । डेंगु बाहेक, आईआईएल हाल जिका भाइरस र क्यासनुर फरेस्ट डिजिज (केएफडी) विरुद्धको खोपको विकासमा पनि संलग्न छ । इन्डियन इम्युनोलोजिकल लिमिटेड केन्द्रीय मत्स्यपालन, पशुपालन र डेयरी मन्त्रालय अन्तर्गत राष्ट्रिय डेयरी विकास बोर्ड (एनडीडीबी) को पूर्ण स्वामित्वमा रहेको…
दमौली : तनहुँको व्यास नगरपालिकाले डेङ्गुबारेमा स्थानीयलाई सचेत तुल्याउँदै लागि ‘खोज र नष्ट गर’ अभियान थालनी गर्न लागेको छ । गर्मी याम सुरु भएसँगै डेङ्गुको फैलने भएकाले नगरपालिकाले खोज र नष्ट गर अभियान सुरु गर्न लागेको हो । नगरपालिकाको स्वास्थ्य शाखाले १४ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालय, टोल विकास संस्थालाई परिपत्र गर्दै अभियान सञ्चालनका लागि निर्देशन दिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए। गत वर्ष नगरभित्रका सबै वडाका क्षेत्रमा डेङ्गु ज्वरोको सङ्क्रमण फैली जनस्वास्थ्य समस्याको रूपमा रहेको विदितै रहेकाले यस वर्ष पूर्वतयारी अपनाउन आवश्यक रहेको सोतीले बताए । वर्षायाम सुरु हुनु अगावै सजगता अपनाउनुपर्ने भएकाले…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानका रूपमा घोषणा गर्ने गृहकार्य भइरहेको बताए ।प्रतिनिधिसभाका सांसदहरूले सोध्नुभएको प्रश्नहरूको आज जवाफ दिँदै स्वास्थ्य बीमा परिचयपत्र अनिवार्य गर्ने, वैदेशिक रोजगारीमा जानेहरूको परिवारको अनिवार्य बीमा, आम्दानीअनुसारको प्रिमियमको आधारमा सबै कर्मचारी, शिक्षक, जनप्रतिनिधिको अनिवार्य बीमा गर्ने लगायतका कार्यक्रम अगाडि बढाइने बताए ।’सबै प्रकारका स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई स्वास्थ्य बीमामार्फत एकीकृत गर्ने र स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको अभियानको रूपमा घोषणा गर्ने लगायतका विषयमा सरकारले गृहकार्य गरिरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

