काठमाडौं : धुम्रपान गर्ने बानी स्वास्थ्यका लागि राम्रो मानिँदैन अर्थात यो स्वास्थ्यका लागि अत्यन्त हानिकारक छ ।
धुम्रपान गर्नाले विभिन्न स्वास्थ्य समस्या हुन्छ, जसले शरीरका विभिन्न अंग जस्तै मुटु, हार्मोन, मेटाबोलिज्मदेखि हाम्रो दिमागलाई समेत प्रभावित गर्छ ।
धुम्रपान फोक्सोको क्यान्सर हुने सबैभन्दा ठूलो कारण पनि हो, जसले गर्दा हरेक वर्ष लाखौँ मानिसको अकालमै मृत्यु हुन्छ ।
वर्तमान समयमा सूर्तिजन्य पदार्थको सेवनका कारण प्रत्येक वर्ष असी लाखभन्दा बढी मानिसले ज्यान गुमाउँछन् भन्ने कुरा विश्व स्वास्थ्य संगठनको अनुमान छ ।
यो तथ्यांकमा करिव १३ लाख धुम्रपान नगर्ने तर धुवाँको सम्पर्कमा रहने व्यक्ति पनि समावेश छन् ।
यदि कुनै व्यक्तिले धुम्रपान छाड्न चाहन्छ, तर छाड्न सकिरहेका छैनन् भने उनीहरुका लागि के छ त उपाय ?
भिटामिन सी
सुन्तला र स्ट्रबेरी जस्ता भिटामिन सी पर्याप्त मात्रामा हुने खाद्य पदार्थले धुम्रपानको लत छुटाउन सहयोग गर्छ । भिटामिन सीमा शरीरको नीकोटिन अवशोषित गर्ने र यसलाई सिस्टमबाट बाहिर निकाल्ने किसिमको गुण हुन्छ । यसबाहेक भिटामिन डी र भिटामिन बी १२ पर्याप्त भएका खाद्य पदार्थ पनि धुम्रपान गर्नेहरुका लागि राम्रो मानिन्छ ।
डेयरी प्रोडक्ट
दुध, दही, पनिर, क्रीमजस्ता डेयरी उत्पादनमा क्यासिइन नामक एउटा यौगिक हुन्छ, जसले निकोटीनको तल–तललाई कम गर्नका लागि सहयोग पुर्याउँछ । स्वास्थ्य विशेषज्ञका अनुसार दूध र डेयरी उत्पादन धुम्रपानको स्वाद परिवर्तनका लागि परिचित छ । यस्तो अवस्थामा डेयरी उत्पादनको नियमित सेवनले धुम्रपानको लत हटाउन सकिन्छ ।
ग्रीन टी प्रभावकारी
धूम्रपानबाट बच्नका लागि ग्रीन टी सबैभन्दा प्रभावकारी पेय पदार्थ मध्येको एक हो । ग्रीन टी एन्टीअक्सीडेन्टले भरिपूर्ण हुन्छ र यसमा एपिगेलोकेटेचिन ग्यालेट नामक एउटा यौगिक हुन्छ । जसले धूम्रपानको तल–तल, छटपट, सुत्नमा समस्या जस्ता लक्ष्ँणलाई कम गर्नमा सहयोग पुर्याउँछ ।
तरकारी अनि फलफूल
फलफूल र तरकारीमा भिटामिन, खनिज र फाइबर समावेश हुन्छ । यसले धूम्रपानसंग सम्बन्धित मौखिक उत्तेजनालाई सन्तुष्ट गर्नका लागि विशेष रुपले सहायक हुन्छ । यसबाहेक फलफूलले धुम्रपानमा पाइने हानिकारक तत्व बिना नै प्राकृतिक मिठास प्रदान गर्छ । जसले धुम्रपानको तल –ललाई मेटाउनका लागि एउटा स्वस्थ विकल्प बन्छ ।
च्युइङगम
च्युइङगममा निकोटिनको निर्धारित मात्रा रहेको हुन्छ, जसले सूतिजन्य पदार्थ सेवन गर्नेहरुको तल–तल पनि शान्त हुन्छ भने विस्तारै उनीहरु धुम्रपानबाट टाढा हुन थाल्छन् । च्यूइङग गम चपाउने प्रक्रियामा र्याल उत्पादनलाई पनि उत्तेजित गर्छ, जसले शरीरबाट विषाक्त पदार्थलाई बाहिर निकाल्न र धुम्रपान गर्ने इच्छा कम गर्न सहयोग पुग्छ ।
काठमाडौं : धुम्रपानले शरीरका विभिन्न अंग जस्तै मुटु, हार्मोन, मेटाबोलिज्मदेखि हाम्रो दिमागलाई समेत प्रभावित गर्छ । धुम्रपान फोक्सोको क्यान्सर हुने सबैभन्दा ठूलो कारण पनि हो । वर्तमान समयमा सूर्तिजन्य पदार्थको सेवनका कारण प्रत्येक वर्ष ८० लाखभन्दा बढी मानिसले ज्यान गुमाउँछन् भन्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ ।
धुम्रपान छाड्ने उपाय
भिटामिन सी
सुन्तला र स्ट्रबेरी जस्ता भिटामिन सी पर्याप्त मात्रामा हुने खाद्य पदार्थले धुम्रपानको लत छुटाउन सहयोग गर्छ । भिटामिन सीमा शरीरको नीकोटिन अवशोषित गर्ने र यसलाई सिस्टमबाट बाहिर निकाल्ने किसिमको गुण हुन्छ । यसबाहेक भिटामिन डी र भिटामिन बी १२ पर्याप्त भएका खाद्य पदार्थ पनि धुम्रपान गर्नेहरुका लागि राम्रो मानिन्छ ।
डेयरी प्रोडक्ट
दुध, दही, पनिर, क्रीमजस्ता डेयरी उत्पादनमा क्यासिइन नामक एउटा यौगिक हुन्छ, जसले निकोटीनको तल–तललाई कम गर्नका लागि सहयोग पुर्याउँछ । स्वास्थ्य विशेषज्ञका अनुसार दूध र डेयरी उत्पादन धुम्रपानको स्वाद परिवर्तनका लागि परिचित छ । यस्तो अवस्थामा डेयरी उत्पादनको नियमित सेवनले धुम्रपानको लत हटाउन सकिन्छ ।
ग्रीन टी
धूम्रपानबाट बच्नका लागि ग्रीन टी सबैभन्दा प्रभावकारी पेय पदार्थ मध्येको एक हो । ग्रीन टी एन्टीअक्सीडेन्टले भरिपूर्ण हुन्छ र यसमा एपिगेलोकेटेचिन ग्यालेट नामक एउटा यौगिक हुन्छ । जसले धूम्रपानको तल–तल, छटपट, सुत्नमा समस्या जस्ता लक्ष्ँणलाई कम गर्नमा सहयोग पुर्याउँछ ।
तरकारी र फलफूल