काठमाडौँ : मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा पदमा प्राडा. अंकुर साह नियुक्त भएका छन् । मधेश प्रदेश स्वास्थ्य मन्त्रालयको सिफारिसमा प्राडा साहलाई प्रतिष्ठानका कुलपति समेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवले बिहिबार उपकुलपति पदमा नियुक्त गरेका हुन् ।
प्रतिष्ठानका शिक्षाध्यक्ष रहेका डा साहले पछिल्लो समय प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी समेत सम्हालेका थिए । गत २५ जेठमा प्रतिष्ठानका उपकुलपति डा। रामकेवल साहको निधन भएपछि उनले निमित्तको उपकुलपतिको जिम्मेवारी सम्हालेका हुन् ।